Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

विषादी सप्ताह पुस २७ गतेदेखि


घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार’भन्ने नाराका साथ देशभर विषादी सप्ताह आयोजना गरिने भएको छ ।

बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सो सप्ताह आयोजना हुन लागेको हो ।

पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न जिल्लामा फरकफरक कार्यक्रम गरिने निर्देशक अच्युतप्रसाद ढकालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यसैगरी, राजधानीमा प्रभातफेरि, प्रवचन, रेडियो तथा टेलिभिजनबाट विषादी नियन्त्रण विषयक कार्यक्रम, नेपाल टेलिकमबाट एसएमएस प्रशारण, विभिन्न नाकाबाट राजधानी आयात भइरहेका तरकारीको नमूना परीक्षण, सडक नाटक, अन्तरक्रिया गोष्ठी, सार्वजनिकस्थल तथा सम्बन्धित निकायमा पर्चा, पम्पलेट, स्टिकर तथा पोष्टर वितरण गरी मनाइने भएको छ ।

विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या उब्जाएको छ । मौरीको संख्यामा कमी, जलचर एवं सरीसृप ९माछा, गोही, गडेउला, सर्प भ्यागुता० लगायतका जीवको विनासलाई रोकी वातावरण जोगाउन मद्दत पुर्याउने उद्देश्यले विषादी सप्ताह गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघले खतरनाक विषादी मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको उल्लेख गरेको छ । उसले भनेको छ– विकासोन्मुख देशमा मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीको प्रयोग बढेकाले सो देशमा सबैभन्दा धेरै महिला तथा बालबालिक पीडित बनेको जनाएको छ ।

हाल प्रयोगमा आएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नेभन्दा मानव, वन्यजन्तु, पानीका स्रोत, माटो तथा हावामा समाविष्ट भइरहेको छ ।

संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा स्वास्थ्यमा असर गरेको अनुमान छ । विश्वमा विषादीकै कारणबाट वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

नेपालले विषादी आयातको लागि गत वर्ष रु। ६४ करोड र यस वर्ष रु। ६९ करोड खर्च गरेको छ भने नेपालमा अधिकांश विषादी भारत र चीनबाट आयात हुन्छ ।

सरकारले दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधार तथा कृषिको विविधिकरण, व्यवसायीकरण र औद्योगिकीकरणका नाममा विभिन्न योजना ल्याए पनि विषादीको प्रयोगमा भने कमी देखिँदैन ।

सन् १९५२ मा मलेरिया नियन्त्रण गर्न झिकाइको बोट बिरुवामा प्रयोग हुने विषादीसमेत सोही वर्षबाट आयात भएको बताइन्छ । नेपालमा करिब एक हजार ४०० प्रकारभन्दा माथि विषादी पञ्जीकृत गरिए पनि १६ थरी क्रमशः क्लोरडेन, डिडिटि, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायलपाराथायन, मेनोक्रोटोफस र इण्डोसल्फान र फोरेटलाई भने निषेध गरिएको छ ।

नेपालमा ५७४ टन खास विष आयात भएको तथ्यांकमा उल्लेख छ, जसमा कीटनाशक १८१ टन, रोगनाशक २४८ टन, झारनासक १३४ टन र अन्य ११ टन छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg