thaha-1707703052.jpg
Friday, 23 Feb, 2024
bali-bima-ko-suchana-1701-1707230703.jpg

खेल

विश्वकप छनोट : दशरथ रङ्गशालामा आज नेपाल र यमन भिड्दै

fifa-1700531561.jpg

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । 
    खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताएका छन् ।     
उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।     
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए । 
नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।   विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । 

thekka-1707460716.jpg
bal-poshan-1706087114-(1)-1707655060.gif

world-link-1690434568.jpg
प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक
428058553_303287382762735-1708610887.jpg

गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत "जीत मान्दीन" सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको...

हिउँ परेपछिको सिमभन्ज्याङ
hiu3-1708609949.jpg

मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा हिमपात भएको छ। १० फागुनमा अपरान्ह उक्त क्षेत्रमा सडक र जंगलनै...

थाहामा हिमपात र बर्षा भएपछि किसान र पर्यटन व्यवसायी उत्साहित
FB_IMG_1708604110701-1708604949.jpg

थाहा नगरपालिका तथा आसपासका क्षेत्रमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बिहिबार यस वर्षको...

पालुङ क्याम्पसका विद्यार्थीहरुलाई जेसीजद्वारा साईबर अपराध सम्बन्धि सचेतना
FB_IMG_1708588712080-1708589425.jpg

पालुङ जेसीज वर्ष २०२४ द्वारा पालुङ क्याम्पसमा विद्यार्थी हरु संग साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न...

रेडक्रस दामन उपशाखा द्वारा आगलागी पिडितलाई राहत वितरण
1708588453809-1708588473.jpg

थाहा नगरपालिका वडा न.६ र ३ निवासी आगलागी पीडित २ परिवारलाई नेपाल रेडक्रस सोसाईटी दामन  उपशाखाले राहत उपलव्ध...

थाहा ६ का वडा अध्यक्ष श्रेष्ठ र उनका बुबा कार दुर्घटनामा,दुबै सकुशल
1708532733990-1708532752.jpg

थाहा नगरपालिका वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ सवार कार दुर्घटनामा परेको छ। आज दिउँसो करिब ४ बजे हेटौंडा बाट...

नेकपा एमाले थाहा ३ को अध्यक्षमा नवराज वर्तौला सर्वसम्मत
1708521146908-1708521172.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ३ को वडा कमिटी अध्यक्षमा नवराज बर्तौला सर्वसम्मत  निर्वाचित हुनु भएको छ...

बद्री बहादुरको प्रदर्शन मिति चैत २३ गते
FB_IMG_1708513532836-1708513778.jpg

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

कार्यसम्पादन मुल्यांकनमा थाहा दोस्रो स्थानमा
DSCN4807-1708488998.JPG

स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...