pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

विनयबाबु बस्नेत स्मृति भलिबल आजबाट सुरु १२ टिमको सहभागिता
प्रदेश सभा सभासद विरोध खतिवडावाट उद्घाटन

01-1541405798.jpg

कार्तिक १९, २०७५

मकवानपुर थाहा नगरपालिकामा आज बिहानबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

     विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा फाँटवजारमा सुरु खेलको मकवानपुर प्रदेश २ का सभासद विरोध खतिवडावाट उद्घाटन गरिएको हो । पानसमा द्विपप्रज्वलन सहित रेफ्रिलाई बल हस्तान्तरण गरि भएको उद्घाटन कार्यक्रममा सभासद खतिवडाले खेलको माध्यमले देशलाई चिनाउने खेलाडीलाई राष्ट्रले समानरुपमा चिन्न नसकेकोले अबको सरकारले खेल र खेलाडीलाई उचित व्यवस्था गर्ने बताउनु भयो । नेपाल क्रिकेट खेलमा सफल हुँदै गइरहेको प्रसंशा गर्दै अहिले विश्वलाई खेलको माध्यमले चिनाउने तथा खेलवाटै समृद्घ भएका थुप्रै देशहरु भएकोले खेल महत्वपूर्ण अङ्ग भएको वताउनु भयो ।

     कार्यक्रममा खेलको पूर्ण सफलताको शुभकामना तथा सहयोग रहने बताउँदै बिशिष्ट अतिथि थाहा नगरप्रमुख लबशेर बिष्टले समृद्घको यो यात्रामा खेल जगतलाई छुटाएर समृद्घी आउन नसक्ने भएकोले केही बर्ष भित्र खेलको माध्यमवाटै खेलाडी बाँच्न सक्ने गरी व्यवस्था गरिने वताउनु भयो । प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि उपप्रमुख खडगबहादुर गोपालीले खेलको माध्यमले स्वस्थ युवा जनशक्ति उत्पादन भई देशको बिकासमा सहयोग पुग्ने बताउनु भयो ।

     थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् थाहा नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष राजेश केसी.ले कुनै पनि खेलहरुको आयोजनाले यसनगरको प्रवर्धनमा सहयोग पुग्नुका साथै राम्रा राम्रा खेलाडी पहिचान हुने वताउँदै नगर खेलकुद विकास समिति यस्ता कार्यक्रम गर्नका लागि सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रम आयोजना निरन्तरताको लागि संस्थाले अक्षयकोषको व्यवस्था गर्नु पर्ने वताउँदै खेलाडीहरुलाई अनुशासित भई खेल सम्पन्न गर्न अनुरोध गर्नु भयो ।

     शेखर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा नबराज बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा अध्यक्ष गुप्त बहादुर कार्कीले सहयोगको प्रतिवद्घता सहित शुभकामना ब्यक्त गर्नु भएको थियो । उद्घाटन समारोहमा नेकपा नेता, राजु नापित, अरुण रायमाझी, लक्ष्मण बिष्ट, अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष महेश वर्तौला, जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । 

    कार्यक्रममा प्रतिष्ठानका संरक्षक स्वर्गिय अर्जुन बहादुर कार्की र विनय बाबु बस्नेतको तस्विरमा माल्यार्पण सहित मौन धारण गरिएको थियो । जिल्ला भरिवाट १२ वटा टिम सहभागि खेलमा उद्घाटन खेल गतवषर््को विजेता थाहा १ प्रतिनिधि समुह र हटिया स्पोर्ट एकेडेमी हटिया विच भएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

     सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक कार्कीले जानकारी दिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । गतवर्ष नगद ४० हजार रहेकोमा यसवर्ष पुरस्कारको राशी थप भएको हो । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा प्रतिष्ठानले उत्कृष्ट स्वयंसेवक छनोट गरी सम्मान गर्ने निर्णय भएको छ भने सामाजिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको छ ।

02-1541405799.jpg
03-1541405867.jpg
20181105_103137-1541405869.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg