Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई

FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि एफ सि मनहरी ७ ले जितेको छ ।
शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा एफ सि मनहरी ७ ले वडा नम्बर ७ कै चुरियामाई युवा क्लब रमौलीलाई ३–१ गोल अन्तरले पराजित गरी उपाधि जितेको हो
एफ सि मनहरी ७ नम्बरको जितमा कपिल मुक्तान, समिर स्याङ्तान र आन्द्रेस स्याङ्तानले १÷१ गोल गरे । बिजेता रमौलीको तर्फबाट किरण राउतले १ गोल गरे । बिजेता एफ सि मनहरी ७ ले नगद ५० हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजेता रमौलीले नगद २५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा एफ सि मनहरी ७ का मनिष पौडेलले उत्कृष्ट खेलाडीसंगै सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले प्रतियोगिता अवधिभर ७ गोल गरेका थिए ।
त्यस्तै उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकमा एफ सि मनहरी ७  मिलन स्याङ्तान र अनुप तितुङ भए ।
साथै उत्कृष्ट डिफेण्डरमा रमौलीका अभिशेक सुवेदी घोषित भए ।
वडा खेलकुद विकास समिति मनहरी गाउँपालिका २ को आयोजनामा पौष २६ गतेदेखि सुरु भएको प्रतियोगितामा मनहरी गउँपालिकाको बिभिन्न वडाका १६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई बागमती प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुरस्कार, मेडल तथा ट्रफी हस्तान्तरण गरिन् ।
पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख अतिथि सामेत रहेकी बागमती प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राष्ट्रिय रुपमा आफ्नो स्थानको पहिचान गराउन खेलकुद महत्वपूर्ण बन्दै गएको बताईन् । मोक्तानले राज्यले खेलकुद जगतमा विशेष ध्यान बताउँदै खेलाडीहरुमा लगनशीलता र अनुशासन अपरिहार्य भएको बताईन् ।
तत्कालिन माओवादी जनयुद्धको क्रममा २०६० साल माघ २२ गते सरकार पक्षको आक्रमणमा परी मनहरी २ भिमानमा २ जना स्थानीय सहित १९ जनाको मृत्यु भएको घटनाको स्मृतिमा वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको आयोजना गरिएको वडा खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष सुकराम मुक्तानले बताए ।
पुरस्कार वितरण तथा समापन समारेह कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव वीरबहादुर घलान ‘ज्वाला’, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर ४का अध्यक्ष प्रकाश थापा, वडा नम्बर ५ का अध्यक्ष दीपेन्द्र अधिकारी, वडा नम्बर ७ का अध्यक्ष ठाकुर राम तितुङ, नेकपा मकवानपुर जिल्ला ईन्चार्ज वाटर सि, मनहरी खेलकुद बिकास समिती अध्यक्ष बिरु लामा लगायतको आतिथ्यता रहेको थियो ।
पुरस्कार वितरण तथा समापन समारेहमा मनहरी गाउँपालिकाबाट खेलकुदमा राष्ट्रिय स्तरमा पालिकाको पहिचान दिलाउन सफल फुटबल खेलाडि क्रिशल मोक्तान र सन्तोष गोङ्बालाई नगदसहित सम्मान गरिएको थियो । 
यसैगरी मकवानपुरको खेलकुद जगतलाई माथि उकास्न योगदान पु¥याएको भन्दै भिम लामा र सञ्चारमार्फत योदान पु¥याए बापत कालीपोखरी डटकमका प्रवन्धक÷सम्पादक उमेश राईलाई नगद सहित कदर पत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा वडा खेलकुद बिकास समिति मनहरी २ को आयोजना तथा मनहरी गाउँपालिका २ नम्बर वडाको आर्थिक सहयोग रहेको थियो ।
त्रिरत्न आधारभुत बिधालय मनहरी २ दोभानको खेल मैदानमा सम्पन्न प्रतियोगिता वडा खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष सुकराम मुक्तानको अध्यक्षतामा भएको थियो ।

FB_IMG_1737289792746-1737289810.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...