Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई

FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि एफ सि मनहरी ७ ले जितेको छ ।
शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा एफ सि मनहरी ७ ले वडा नम्बर ७ कै चुरियामाई युवा क्लब रमौलीलाई ३–१ गोल अन्तरले पराजित गरी उपाधि जितेको हो
एफ सि मनहरी ७ नम्बरको जितमा कपिल मुक्तान, समिर स्याङ्तान र आन्द्रेस स्याङ्तानले १÷१ गोल गरे । बिजेता रमौलीको तर्फबाट किरण राउतले १ गोल गरे । बिजेता एफ सि मनहरी ७ ले नगद ५० हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजेता रमौलीले नगद २५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा एफ सि मनहरी ७ का मनिष पौडेलले उत्कृष्ट खेलाडीसंगै सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले प्रतियोगिता अवधिभर ७ गोल गरेका थिए ।
त्यस्तै उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकमा एफ सि मनहरी ७  मिलन स्याङ्तान र अनुप तितुङ भए ।
साथै उत्कृष्ट डिफेण्डरमा रमौलीका अभिशेक सुवेदी घोषित भए ।
वडा खेलकुद विकास समिति मनहरी गाउँपालिका २ को आयोजनामा पौष २६ गतेदेखि सुरु भएको प्रतियोगितामा मनहरी गउँपालिकाको बिभिन्न वडाका १६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई बागमती प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुरस्कार, मेडल तथा ट्रफी हस्तान्तरण गरिन् ।
पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख अतिथि सामेत रहेकी बागमती प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राष्ट्रिय रुपमा आफ्नो स्थानको पहिचान गराउन खेलकुद महत्वपूर्ण बन्दै गएको बताईन् । मोक्तानले राज्यले खेलकुद जगतमा विशेष ध्यान बताउँदै खेलाडीहरुमा लगनशीलता र अनुशासन अपरिहार्य भएको बताईन् ।
तत्कालिन माओवादी जनयुद्धको क्रममा २०६० साल माघ २२ गते सरकार पक्षको आक्रमणमा परी मनहरी २ भिमानमा २ जना स्थानीय सहित १९ जनाको मृत्यु भएको घटनाको स्मृतिमा वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको आयोजना गरिएको वडा खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष सुकराम मुक्तानले बताए ।
पुरस्कार वितरण तथा समापन समारेह कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव वीरबहादुर घलान ‘ज्वाला’, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर ४का अध्यक्ष प्रकाश थापा, वडा नम्बर ५ का अध्यक्ष दीपेन्द्र अधिकारी, वडा नम्बर ७ का अध्यक्ष ठाकुर राम तितुङ, नेकपा मकवानपुर जिल्ला ईन्चार्ज वाटर सि, मनहरी खेलकुद बिकास समिती अध्यक्ष बिरु लामा लगायतको आतिथ्यता रहेको थियो ।
पुरस्कार वितरण तथा समापन समारेहमा मनहरी गाउँपालिकाबाट खेलकुदमा राष्ट्रिय स्तरमा पालिकाको पहिचान दिलाउन सफल फुटबल खेलाडि क्रिशल मोक्तान र सन्तोष गोङ्बालाई नगदसहित सम्मान गरिएको थियो । 
यसैगरी मकवानपुरको खेलकुद जगतलाई माथि उकास्न योगदान पु¥याएको भन्दै भिम लामा र सञ्चारमार्फत योदान पु¥याए बापत कालीपोखरी डटकमका प्रवन्धक÷सम्पादक उमेश राईलाई नगद सहित कदर पत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा वडा खेलकुद बिकास समिति मनहरी २ को आयोजना तथा मनहरी गाउँपालिका २ नम्बर वडाको आर्थिक सहयोग रहेको थियो ।
त्रिरत्न आधारभुत बिधालय मनहरी २ दोभानको खेल मैदानमा सम्पन्न प्रतियोगिता वडा खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष सुकराम मुक्तानको अध्यक्षतामा भएको थियो ।

FB_IMG_1737289792746-1737289810.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg