Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

लेनिनसित कुराकानी-मारिया एस्सेन

LeninClara-Zetkin-and-N.K-1698464903.jpg

 प्राय गरेर घुमघामको समय या बेलुका चिया समयमा लेनिन पुस्तकहरुको बारेमा कुराकानी गर्न मन पराउनुहुन्थ्यो । उहाँको प्रिय लेखक थिए श्चेद्रिन, नेक्रासोभ, चेर्निशेव्स्की , विशेषरुपमा चेर्निशेव्स्की । लेनिन चेर्निशेव्स्कीलाई असाधारण क्रान्तिकारी, महान विद्धान तथा अग्रणी चिन्तक मात्र मान्दैनथिए, उहाँ उनलाई एक यस्तो महान कलाकार पनि मान्नु हुन्थ्यो जस्ले वास्तविक क्रान्तिकारीहरु राख्मेतोव किसिमको साहसी, निर्भिक योद्धाहरुको अप्रितम छविहरुको रचना गरेका थिए ।
उनको कृतिको विषयमा उनी भन्थेः “यो असल साहित्य हो जसले शिक्षा दिन्छ, नेतृत्व गर्दछ, प्रेरणा दिन्छ । मैले “के गर्ने” उपन्यासलाई एक पटक गर्मी याममा पाँच पटक पढेको थिएँ र हरेक पटक मलाई त्यसमा केही न केही नयाँ, उत्साह प्रदान गर्ने कुरा पाएँ ।”
लेनिन विशेषरुपले कलाको कृतिहरुमा अन्तरनिहित कुनै विचारप्रति समर्पण भावनालाई निक्कै मूल्यवान मान्नु हुन्थ्यो । यही कारणले हो कि उनी नेक्रासोवको यति प्रशंसा गर्थे, उनलाई यति मन पराउँथे । उनको प्रायः सबै कविताहरु उहाँलाई कण्ठस्थ थियो । एक पटक उहाँले मलाई सोध्नुु भयो, के मलाई उनको “रुसी नारीहरु” कविता कण्ठस्थ आउँछ । मैले उत्तर दिएः “हजुर, तर मैले कहिल्यै जोडले पाठ गर्न पाइन, गला भरिएर आउछ ।”
“यही हो वास्तकविक कलाको अर्थ । जसले सिधै मनलाई छुन्छ,” लेनिनले भन्नुभयो ।
कहिले कहीं सांगितिक सन्ध्या समयको उपरान्त हामी आप्mनो पाहुनहरुलाई (त्यो बेला म लेनिनको परिवारको साथमा बस्थें) विदा गर्न बाहिर जान्थ्यौं, र आफ्नो फ्लैटतर्फ चुुपचाप, थकित भएर केही उदास भएर फर्किन्थ्यौं । गीतले हाम्रो हृदयको कुनै भागलाई उद्धेलित गरिरहेको हुन्थ्यो, त्यतिबेला बातचित गर्ने मन हुँदैन थियो । सबै आफ्नो विचारमा मग्न हुन्थे ।

मारिया एस्सेन, मारिया मोइसेयेव्नाः

क्रान्तिकारी आन्दोलनकी सक्रिय कार्यकर्ता, सन १८९७ बाट पेशेवर क्रान्तिकारी, सन १८९७ बा मजदुर वर्गको मुक्तिको खातिर संघर्ष गर्ने संगठनको किएभ शाखाको सदस्य थिइन । गिरफ्तार भईन् र सन १८९९ मा निर्वासित, उनलाई यानकुतियामा पठाइएको थियो । सन १९०२ भागेर जेनेभा पुगिन, जहाँ उनी इस्क्राको सम्पर्कमा पुगिन् । त्यही वर्ष रुसी सामाजिक जनवादी मजदुर पार्टीको केन्द्रिय भइन । सन १९०५ बाट पिटर्सवर्ग पार्टी समितिको सदस्यकोरुपमा मजदुरहरुको सशस्त्र दस्ताको गठन गरिन् र उनी पटक पटक गिरफ्तार भैरहिन् । पैतिक्रियावादको समयमा उनी मजदुर आन्दोलनबाट टाढै बसिन् र सन् १९०७ तथा १९१७ को वीच उनले कुुनै पार्टी काम गरिनन् । सन १९१८ मा उनी अन्तर्राष्ट्रियतावादको तिफलिस मण्डलीमा सामेल भइन र सन १९२० मा रुसी कम्युनिष्ट पार्टी बोल्शेभिकमा सामेल भइन् । सन १९२१ देखी १९२५ सम्म जर्जियामा पार्टीको काममा सामेल भैरहिन् । सन १९२५ देखी १९२७ सम्म मास्कोमा राजकीय प्रकाशन गृहमा काम गरिन् । सन १९२७ देखी केन्द्रिय तथा लेनिन संस्थान मातहत पार्टीको इतिहास विभागमा काम गरिन् । सन १९३३ देखी सन १९५६ सम्म साहित्यिक काममा जुटिरहिन् ।

वोस्पोमिनानिया ओ भ्लादिमिर इल्यिच लेनिने
भ्लादिमिर इल्यिच लेनिन के बारे मे संस्मरण भाग १, पृष्ठ २५१
लेनिन पुस्तक और संस्मरण पेज १९५
भाषान्तर तथा प्रस्तुतिः जय कार्की

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg