Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

फाेटाे फिचर

लालीगुँरास ढकमक्क फुल्दा राताम्मे थाहाका पाखा-पखेरा

image_50461441-1647325667.JPG

उत्तरी मकवानपुरको दामन सिमन्ज्याङ्ग तथा टिस्टुङ क्षेत्र यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ । गुराँस फुल्ने मौसम भएकाले फूलसँग रमाउन नेपालका विभिन्न जिल्लामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 
 शिशिर ऋतुको अन्त्य र बसन्त ऋतुको आगमन संगै फुलेका लालीगुँरासले बन राताम्मे भएका छन् ।  । जताततै हरियाली ढकमक्क हुने गरि रंगीचंगी फुलहरु फुलेका छन् अनि माहुरी,पुतली र  भमराहरु ती सुन्दर पुष्पका आकर्षण र सुवासले मन्त्रमुग्ध भएर नाचिरहेका देखिन्छन् । चराचुरुङ्गीहरु गाउन अनि नाचिरहेका देख्दा आहा ! कसको मन रमाउदैन र ? 


बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ । अहिले यो क्षेत्रको जङ्गल गुराँसले वन नै राताम्मे छ । विभिन्न प्रजातिका गुराँसमा पर्यटक रमाउने गरेका छन् । 
लाग्छ यो क्षेत्र वास्तवमा नै हिउँ पर्दाको श्वेत स्वर्ग अनि गुराँस फुल्दाको शोर्णित(रातो) स्वर्ग हो । आजभोलि यहाँको तापक्रम दिनमा १९ डिग्री सेल्सिएस सम्म पुगेको छ । एउटा टि–सर्ट मात्र लगाएर बस्न सकिन्छ तर जब सुर्य बादलभित्र लुक्दछ तब ज्याकेट खोज्नुपर्ने यहाँको अनौठो प्राकृतिक विशेषता रहेको छ । अहिले वातावरणमा तुवाले रहेकाले हिमाल त्यति राम्ररी देखिएको छैन,तर जङ्गलनै राताम्मे हुने गरि फुलेका ती गुराँस फुलले पक्कै पनि तपाईंको मनलाई मोहित र आनन्दित पार्नेछ । 


बि.सं.२०२१ सालतिर दामनमा स्थापना भएको पर्वतीय वनस्पति उद्यान जुन एउटा वातावरणमैत्री पार्क र थाहा नगरपालिका कै पर्यटन आकर्षण बनेको छ । अहिले दामन पुग्नेले उक्त उद्यानमा फोन नखिची र टिक–टक नबनाई फर्कदैनन् । 
हाल त्यहाँ अवलोकन गर्न  जाने हो भनी सेता,राता अनि गुलाफी गुराँसको बगानमा बसि टिकटक भिडियो बनाउनको निम्ति उपयुक्त  समय रहेको छ । गुराँस बाहेक पाशणभेद,बरुवा(लोक्ता),विभिन्न जातका अर्किडहरु,लिलि र अन्य धेरै थरिका फुलहरुहरु पनि बगानमा फुलेका छन् ।


नेपालकै एकमात्र पर्वतीय वनस्पति उद्यानलाई उत्कृष्ट बगान बनाउनको निमित्त धेरै कार्यहरु भैरहेको र हाल पर्यटकको रोजाईमा पर्न लागेको भए पछि यसलाई पर्यटकको आकर्षण बमोजिम बनाउन हौसला बढेको दामनको लागि सहायक प्रमुख सागिर हुसेनले बताए ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...