Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

रूपचन्द्र विष्टबारे १७ तथ्य

रुपचन्द्र विष्ट ‘रुदाने’ (रूप दामन नेपाल) परिवर्तनकारी, दार्शनिक र राजनीतिज्ञ थिए । सबैले बिर्सिसकेको यो नाम मृत्युको १७ वर्षसम्म पनि उस्तै रहस्यमय थियो । ‘थाहा अभियान’ सुरु गर्ने तिनै विष्टबारे अहिले चलचित्र ‘रुदाने’ बनिरहेको छ । यहाँ उनीबारे केही तथ्य प्रस्तुत गरिएको छ:

१) रुपचन्द्र विष्ट विसं. १९९० पुस २६ गते मकवानपुर जिल्लामा जन्मेका थिए । न्वारनको नाम केदारबहादुर थियो । बुवाको नाम पदमबहादुर र आमाको नाम चित्रकुमारी थियो ।

२) सम्पन्न परिवारमा जन्मेर पनि उनले त्यसको उपयोग गरेनन् । १० वर्षको उमेरमै घरपरिवार त्यागेर काठमाडौं आए । घरेलु कामदारको रूपमा काम गरी आफैं कमाउन थाले ।

३) १९ वर्षको उमेरमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिए । सरकारको विरुद्धमा बोलेका कारण उनी जेलमा पनि परे । जेलबाट छुटेपछि विश्वास अभाव भन्दै उनले कम्युनिस्ट पार्टी छोडे । त्यसपछि उनी समाजसेवामा लागे । उनले २०१५ को स्थानिय चुनावका लागि नाम दर्ता गरे पनि जित्न भने सकेनन् ।

४) जीवनमा केही नयाँ अनुभव लिन उनी लागिपर्थे । त्यही बानीका कारण उनले खलासी भएर पनि काम गरे । त्यसपछि उनले ट्रक चलाउन सिके । ७ महिना राजमार्गमा ट्रक चलाएर बिताए ।

५) २६ वर्षको उमेरमा उनले ‘सीताराम हाइस्कुल’बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्रिचन्द्र कलेजबाट स्नातक उत्तीर्ण गरे । त्यसपछि उनी कालीमाटी गाउँ पञ्चायतमा निर्वाचित भए । तर, सरकारविरुद्ध बोलेको भन्दै प्रहरी उनको पछि परेको थियो । त्यही कारण उनी तीन वर्षसम्म भूमिगत रहे । विसं. २०२२ मा उनी फेरि दामन पालुङबाट निर्वाचित भए । यसपटक त्यहाँका स्थानीयको धेरै सर्मथन भएको हुँदा प्रहरीले पक्राउ गर्न सकेन ।

६) प्रधानपञ्च भएर उनले समुदायका लागि केही प्रगतिशील काम गरे । हरेक महिना एकदिन प्रत्येक घरबाट एकजना (१६ देखि ६० वर्षसम्मका) व्यक्ति सामुदायिक कार्यका लागि अनिवार्य जानुपर्ने नियम बनाए । उनले स्वास्थ्य संस्था र विद्यालय बनाउन पनि सहयोग गरे । उनले ‘जनशक्ति जनहितमा जारी’ भन्ने अभियान सुरु गरे ।

७) उनले उमा शाहसँग विवाह गरे, जसबाट दुई सन्तान भए । उनले विवाहको लगन नै नहुने महिना पुसमा विवाह गरेका थिए । विवाहमा उनले कुनै भोज भतेरको आयोजना गरेका थिएनन् । त्यो कुनै भोजबिनाको सानो जमघटमात्रै थियो । विवाह गरेको केही वर्षपछि उनीहरु छुट्टिए । त्यसको केही समयपछि उनीहरूको सम्बन्धबिच्छेद भयो ।

८) रूपचन्द्र त्यति नम्र स्वभावका थिएनन् । उनी प्रायःलाई ‘तँ’ भनेर सम्बोधन गर्थे । एकदमै कम व्यक्तिलाई ‘तिमी’ भन्थे । औंलामा गन्न सकिने पनि थिएनन् होला, जसलाई उनी ‘तपाईं’ भनेर सम्बोधन गर्थे । उनले बहुसंख्यक नेपालीहरूको प्रवृत्तिलाई घृणा गरेर भन्थे, “भाते नेपालीहरूलाई भात खान पाएपछि केही चाहिँदैन ।” उनको अर्थ यो थियो कि हामी नेपालीहरू केही कुरामा पनि सजग छैनौं, हामीलाई बाँच्नका लागि खान पाएमात्रै पुग्छ । हामीले थाहा पाउनुपर्छ भन्ने कुरामा उनले सधैं जोड दिए । ‘थाहा पाइराख् भाते’ भन्ने उनको मनपर्ने वाक्य थियो ।

९) उनी एकदम अग्ला र बलिया थिए । मानिसहरू भन्छन्, “उनी हेर्दा धेरै राम्रो देखिए पनि आफूले लगाउने लुगामा खासै ध्यान दिँदैनथे । झुत्रे भएर हिँड्थे ।”

१०) विसं. २०२८ सालमा उनी नातेदार भेट्न नारायणगढ गए । केहीबेरको कुराकानीपछि उनी अचानक देउघाट गएर नारायणी नदीमा नांगै हाम फाले । उनको केही खबर नआएपछि सबैले उनी मरेको आशंका गरे । केही वर्षपछि उनी फेरि लामो दाह्री लिएर देखा परे । त्यसपछि उनी पालुङ फर्केर गए र समुदाय/विद्यालयका लागि काम गर्न थाले । मानिसहरूले उनलाई ‘बहुलाएको मान्छे’ भन्थे ।

११) उनले फेरि सबैथोक छोडेर सिमभन्ज्याङ मकवानपुरमा बाख्रापालन सुरु गरे । त्यसपछि उनले जंगलबाट ल्याएका सबै बोटविरुवाबाट जडिबुटी निकालेर परीक्षण गर्न थाले । पछि उनले दामनमा होटेल र रेस्टुराँ खोले ।

१२) त्यसपछि उनले ‘थाहा अभियान’ सुरु गरे ।

१३) सन् २०१३ मा नेपाल सरकारले उनको फोटो राखेर हुलाक टिकट जारी गर्‍यो, जसमा उनलाई ‘नेता’ भनेर सम्बोधन गरिएको थियो ।

१४) थाहा नगरपालिका उनको योगदानस्वरूप उनैलाई समर्पण गरिएको हो । यो मकवानपुरमा छ । त्यहाँ उनको मूर्ति पनि छ । थाहा नाममा एफएम र अनलाइन पनि छन् ।

१५) २०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनापछि उनी कुनै राजनीतिक दलमा सामेल भएनन् तर राजनीतिप्रतिको इच्छा पनि त्यागेनन् । २०४८ को चुनावमा उनी मकवानपुरबाट स्वतन्त्र उम्मेदवारमा उठे । २०५१ सालमा मकवानपुर र काठमाडौंबाट उम्मेदवारी दिए । तर, उनले दुबै स्थानबाट हारे ।

१६) उनी धेरै राम्रो कवि पनि थिए । उनले समाजलाई जागरुक बनउने खालका कविताहरू लेखेका थिए । जस्तै:
चार माना माटोसँग तेरो नाता पर्‍यो भनेर
माटोको भाँडाले तँसित दोस्ती गर्‍यो भनेर
बसिस् कैद गमालामा सारा पृथ्वी छोडेर

१७) उनको जीवनीमा आधारित रहेर चलचित्र पनि बनेको छ, जसको नाम ‘रुदाने: विद्रोहको नेपाली नाम’ राखिएको छ । यसलाई जागृत रायमाझी, विकास ढकाल र अमितकिशोर सुवेदीले बनाउँदै छन् । रूपचन्द्र विष्टको भूमिका दिव्य देवले निर्वाह गर्नेछन् । 

रूपचन्द्रको मृत्यु २०५६ सालमा भएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg