Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

राष्ट्रपती रनिङ शिल्ड इन्द्रसरोवरको उपाधी कालिका मा.वि.को पोल्टामा

 इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको उपाधी कालिका माद्यामिक विद्यालय फाखेलले हात पारेको छ । गाउँपालिकाको आयोजना यहि फाल्गुन २० गते देखि २२ गतेसम्म गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा सञ्चालन भएको प्रतियोगिताको विभिन्न विद्यामा जित हाँसिल गर्दै कालिकाले उक्त उपाधी हाँसिल गर्न सफल भएको हो । प्रतियोगितामा मार्चपास, छात्रछात्रा भलिबल, १०० मिटर र २०० मिटर दौड लगायत एथलेटिक्स तर्फका खेलहरु सञ्चालन भएका थिए । गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतियोगिता भएको थियो । छात्र तर्फको भलिबल खेलमा कालिका मा.वि.ले प्रथम स्थान हाँसिल गरेको छ भने पञ्चकन्या मा.वि. कुलेखानी दोस्रो र सरस्वती मा.वि. मार्खु तेस्रो भएका छन् । यस्तै छात्रा तर्फको भलिबल खेलमा पनि कालिका प्रथम, कालिदेवी द्वितीय र सरस्वती तृतिय भएका छन् । यस्तै एथलेटिक्स तर्फ १०० मिटर दौडमा छात्रमा कालिकाका छात्र रुपेश बल प्रथम, महाचुनीका सागर बलामी द्वितीय र कालिदेवीका विजय रुम्बा तृतिय भएका छन् भने छात्रा तर्फ बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, सरस्वतीका कृतिका गिरी द्वितीय र पञ्चकन्याका रुपा थापा मगर तृतिय भएकी छिन् । त्यस्तै २०० मिटर दौडमा छात्र तर्फ पञ्चकन्याका शुकलाल वाईवा प्रथम, सरस्वतीका विशाल छुमी द्वितीय र कालिकाका प्रविण लामा तृतिय भएका छन् भने छात्रा तर्फ बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, महाचुनीका आकृति बलामी द्वितीय र कालिकाका रन्जिता तितुङ तृतिय भएका छन् । सटपुट तर्फ छात्रामा बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, कालीदेवीका शान्ती लामा द्वितीय र महाचुनीका अञ्जली थिङ तृतिय भएकी छिन् भने छात्र तर्फ पञ्चकन्याका नविन थिङ प्रथम, बत्सलादेवीका धनराज वाईवा द्वितीय र कालीदेवीका आइते लामा तृतिय भएका छन् । लङजम्प तर्फ छात्रामा महाचुनीका आकृति बलामी प्रथम, बत्सलाका भावना अधिकारी द्वितीय र पञ्चकन्याका रुपा थापा नगर तृतिय भएकी छिन् भने छात्र तर्फ पञ्चकन्याका शुकलाल वाईवा प्रथम, कालिकाका मणिरत्न लामा द्वितीय र महाचुनीका सागर बलामी तृतिय भएका छन् । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष जीवन लामाले गाउँपालिका संग समय, बजेट कम हुँद हुँदै पनि हामीसँग दम भएका कारण प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएकोे बताए । उनले आगामी दिनमा पनि वार्षिक रुपमा प्रतियोगिता हुने भएकाले स्थानीय तह, जिल्ला, प्रदेश र संघमा समेत जान सक्ने क्षमता विकास गर्न सबै खेलाडीहरुलाई अनुरोध गरे । गाउँपालिकाका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा नं २ का अध्यक्ष राजुमान महर्जन, वडा नं ३ का अध्यक्ष चिरञ्जीवी पौडेल, वडा नं.४ का वडाध्यक्ष धनविर स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायतको आतिथ्यता रहेको थियो ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png