pani-1786865868.jpg
Wednesday, 28 Oct, 2026
worldlink1-1789963258.gif

खेल

राष्ट्रपती रनिङ शिल्ड इन्द्रसरोवरको उपाधी कालिका मा.वि.को पोल्टामा

 इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको उपाधी कालिका माद्यामिक विद्यालय फाखेलले हात पारेको छ । गाउँपालिकाको आयोजना यहि फाल्गुन २० गते देखि २२ गतेसम्म गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा सञ्चालन भएको प्रतियोगिताको विभिन्न विद्यामा जित हाँसिल गर्दै कालिकाले उक्त उपाधी हाँसिल गर्न सफल भएको हो । प्रतियोगितामा मार्चपास, छात्रछात्रा भलिबल, १०० मिटर र २०० मिटर दौड लगायत एथलेटिक्स तर्फका खेलहरु सञ्चालन भएका थिए । गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतियोगिता भएको थियो । छात्र तर्फको भलिबल खेलमा कालिका मा.वि.ले प्रथम स्थान हाँसिल गरेको छ भने पञ्चकन्या मा.वि. कुलेखानी दोस्रो र सरस्वती मा.वि. मार्खु तेस्रो भएका छन् । यस्तै छात्रा तर्फको भलिबल खेलमा पनि कालिका प्रथम, कालिदेवी द्वितीय र सरस्वती तृतिय भएका छन् । यस्तै एथलेटिक्स तर्फ १०० मिटर दौडमा छात्रमा कालिकाका छात्र रुपेश बल प्रथम, महाचुनीका सागर बलामी द्वितीय र कालिदेवीका विजय रुम्बा तृतिय भएका छन् भने छात्रा तर्फ बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, सरस्वतीका कृतिका गिरी द्वितीय र पञ्चकन्याका रुपा थापा मगर तृतिय भएकी छिन् । त्यस्तै २०० मिटर दौडमा छात्र तर्फ पञ्चकन्याका शुकलाल वाईवा प्रथम, सरस्वतीका विशाल छुमी द्वितीय र कालिकाका प्रविण लामा तृतिय भएका छन् भने छात्रा तर्फ बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, महाचुनीका आकृति बलामी द्वितीय र कालिकाका रन्जिता तितुङ तृतिय भएका छन् । सटपुट तर्फ छात्रामा बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, कालीदेवीका शान्ती लामा द्वितीय र महाचुनीका अञ्जली थिङ तृतिय भएकी छिन् भने छात्र तर्फ पञ्चकन्याका नविन थिङ प्रथम, बत्सलादेवीका धनराज वाईवा द्वितीय र कालीदेवीका आइते लामा तृतिय भएका छन् । लङजम्प तर्फ छात्रामा महाचुनीका आकृति बलामी प्रथम, बत्सलाका भावना अधिकारी द्वितीय र पञ्चकन्याका रुपा थापा नगर तृतिय भएकी छिन् भने छात्र तर्फ पञ्चकन्याका शुकलाल वाईवा प्रथम, कालिकाका मणिरत्न लामा द्वितीय र महाचुनीका सागर बलामी तृतिय भएका छन् । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष जीवन लामाले गाउँपालिका संग समय, बजेट कम हुँद हुँदै पनि हामीसँग दम भएका कारण प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएकोे बताए । उनले आगामी दिनमा पनि वार्षिक रुपमा प्रतियोगिता हुने भएकाले स्थानीय तह, जिल्ला, प्रदेश र संघमा समेत जान सक्ने क्षमता विकास गर्न सबै खेलाडीहरुलाई अनुरोध गरे । गाउँपालिकाका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा नं २ का अध्यक्ष राजुमान महर्जन, वडा नं ३ का अध्यक्ष चिरञ्जीवी पौडेल, वडा नं.४ का वडाध्यक्ष धनविर स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायतको आतिथ्यता रहेको थियो ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg