pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

राष्ट्रपति रनिङ शिल्ड:- १४ स्वर्ण सहित जनकल्याणको अग्रता

FB_IMG_1731677582857-1731677701.jpg

थाहा नगरपालिकामा आज देखि सुरु भएको सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय पदक तालिकामा अगाडि रहेको छ।
जनकल्याण १४ स्वर्ण सहित अंक तालिकामा अगाडि रहेको छ भने इअन बोर्डिङ स्कुल,बज्रबाराही माबी र सुनौला माबिले पनि एक एक  स्वर्ण प्राप्त गर्न सफल भएको छ।
आज भएको ४ सय मिटर दौड छात्र तर्फ जनकल्याणका रितेश घिसिङले स्वर्ण हात पारे भने ४ सय मिटर छात्रा तर्फ जनकल्याणको सन्ध्या गोलेले स्वर्ण हात पार्दा ८ सय मिटर दौड छात्रमा जनकल्याणकै बिजय सुनार र छात्रा तर्फ बबिता तामाङले स्वर्ण पदक जिते तेसै गरि ३ हजार मिटर छात्रमा जनकल्याणका हरीकृष्ण बलामीले स्वर्ण जित्दा छात्रा तर्फ बज्रबाराही माबिकी युनिसा लामाले स्वर्ण पदक प्राप्त गरिन तेस्तै लङ्ग जम्प छात्र तर्फ जनकल्याणका प्रविण खत्रीले स्वर्ण जिते भने छात्रा तर्फ सुनौला माबिकी आकृती गोपालीले स्वर्ण जित्न सफल रहिन।
त्रीपल जम्पमा छात्र तर्फ जनकल्याणका राम जयसवालले स्वर्ण जित्दा छात्रा तर्फ जनकल्याणकै प्रिया खत्रीले स्वर्ण जितिन।
सटफुट छात्र तर्फ जनकल्याणका मोहन बलामीले स्वर्ण हात पार्दा छात्रा तर्फ इअन इङ्लिस स्कुलका जेभिका जोशीले स्वर्ण पदक जितिन।
१००×४ छात्र दौडमा जनकल्याणका राज बलामी र छात्रा तर्फ जनकल्याणकै प्रिया खत्रीले स्वर्ण हात पारे भने ४००×४ छात्र दौडमा जनकल्याणका रितेश घिसिङले स्वर्ण प्राप्त गर्दा छात्रा तर्फ पनि जनकल्याणकै सन्ध्या गोलेले स्वर्ण हात पारिन।
अहिले सम्म जनकल्याणले १४ स्वर्ण,४ रजत र ६ कास्य पदक प्राप्त गरि अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने बज्रबाराही माबी १ स्वर्ण १ कास्य,इअन इङ्लिस स्कुल १ स्वर्ण १ कास्य,सुनौला माबी १ स्वर्ण ४ रजत २ कास्य,बागेश्वरी २ रजत ३ कास्य,झम्केश्वरी माबी ४ रजत,२ कास्य,नाट्यश्वरी माबी २ रजत १ कास्य रहेका छन।

1731677429424-1731677701.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...