Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थाहा ८ स्वर्ण सहित दोस्रो स्थानमा,कराँतेमा सहभागी सबैले जिते पदक

FB_IMG_1740927680694-1740928055.jpg

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज आइतबारबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। हेटौंडा–४, हुप्रचौरमा १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । 
आज भएको प्रतियोगितामा थाहा नगरपालिका बाट सहभागी १० जना कराते खेलाडिले सबैले पदक जित्न सफल भएका छन।कराते प्रशिक्षक रोशन बलामीले दिएको जानकारी अनुसार आज थाहाले करातेमा ४ स्वर्ण,३ रजत र ४ कास्य सहित ११ वटा पदक प्राप्त गरेको हो।

आज भएको खेलमा थाहा नगरपालिका ८ स्वर्ण सहित दोस्रो स्थानमा रहेको थाहा नगर शिक्षा शाखाका देवेन्द्र कार्कीले जानकारी दिनुभयो।

प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभएको छ। 
प्रतियोगितामा मकवानपुरको विभिन्न पालिकामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु सहभागी भएको प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स, कबड्डी, भलिबल, कराँते, उसु, तेक्वान्दोका खेलहरु सञ्चालन हुने उहाँले बताउनुभयो ।

कराँते, उसु, तेक्वान्दो हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने उहाँले बताउनुभयो । एथ्लेटिक्स हुप्रचौरमा र भलिबल हुप्रचौरको भलिबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले बन्द प्रशिक्षणमा राखेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट भलिबल र कबड्डीतर्फ उत्कृष्ट प्रदर्शनी गर्ने छात्र तथा छात्रा छनोट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभएको छ । तेक्वान्दो, उसु, कराँते, एथ्लेटिक्सका खेलहरुमा प्रथम हुने खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो ।

१४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको थियो । हेटौंडाले २० वटा स्वर्ण, ७ वटा रजत र १९ वटा काँस्य पदक प्राप्त गर्दै उपाधि जितेको थियो । बकैया गाउँपालिकाले १२ वटा स्वर्ण, १० रजत र ८ वटा काँस्य पदक प्राप्त गर्दै द्वितीय र थाहा नगरपालिकाले ७ वटा स्वर्ण, ८ वटा रजत र १३ वटा काँस्य पदक प्राप्त गरेर तृतीय भएको थियो ।

प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, उसु, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन हुनेछ । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी भएको छैन । प्रतियोगिताको उद्घाटन तेक्वान्दोको काता प्रदर्शनी, मार्चपास र टिससहित गरिएको थियो ।

FB_IMG_1740927683263-1740928055.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...