Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

खेल

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थाहा ८ स्वर्ण सहित दोस्रो स्थानमा,कराँतेमा सहभागी सबैले जिते पदक

FB_IMG_1740927680694-1740928055.jpg

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज आइतबारबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। हेटौंडा–४, हुप्रचौरमा १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । 
आज भएको प्रतियोगितामा थाहा नगरपालिका बाट सहभागी १० जना कराते खेलाडिले सबैले पदक जित्न सफल भएका छन।कराते प्रशिक्षक रोशन बलामीले दिएको जानकारी अनुसार आज थाहाले करातेमा ४ स्वर्ण,३ रजत र ४ कास्य सहित ११ वटा पदक प्राप्त गरेको हो।

आज भएको खेलमा थाहा नगरपालिका ८ स्वर्ण सहित दोस्रो स्थानमा रहेको थाहा नगर शिक्षा शाखाका देवेन्द्र कार्कीले जानकारी दिनुभयो।

प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभएको छ। 
प्रतियोगितामा मकवानपुरको विभिन्न पालिकामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु सहभागी भएको प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स, कबड्डी, भलिबल, कराँते, उसु, तेक्वान्दोका खेलहरु सञ्चालन हुने उहाँले बताउनुभयो ।

कराँते, उसु, तेक्वान्दो हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने उहाँले बताउनुभयो । एथ्लेटिक्स हुप्रचौरमा र भलिबल हुप्रचौरको भलिबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले बन्द प्रशिक्षणमा राखेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट भलिबल र कबड्डीतर्फ उत्कृष्ट प्रदर्शनी गर्ने छात्र तथा छात्रा छनोट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभएको छ । तेक्वान्दो, उसु, कराँते, एथ्लेटिक्सका खेलहरुमा प्रथम हुने खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो ।

१४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको थियो । हेटौंडाले २० वटा स्वर्ण, ७ वटा रजत र १९ वटा काँस्य पदक प्राप्त गर्दै उपाधि जितेको थियो । बकैया गाउँपालिकाले १२ वटा स्वर्ण, १० रजत र ८ वटा काँस्य पदक प्राप्त गर्दै द्वितीय र थाहा नगरपालिकाले ७ वटा स्वर्ण, ८ वटा रजत र १३ वटा काँस्य पदक प्राप्त गरेर तृतीय भएको थियो ।

प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, उसु, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन हुनेछ । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी भएको छैन । प्रतियोगिताको उद्घाटन तेक्वान्दोको काता प्रदर्शनी, मार्चपास र टिससहित गरिएको थियो ।

FB_IMG_1740927683263-1740928055.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...