pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

खेल

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल आजबाट सुरु 

thahahaha-1559020999.jpg


थाहा नगरपालिकाको आयोजनामा आजदेखि हुने राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयरकप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले बताएको छ । हिजो थाहा नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । आयोजकका अनुसार आज विहान ११ बजे मार्चपाससहित प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम छ । इन्द्रायणी चौर र जन कल्याण माविको खेल मैदानमा हुने प्रतियोगितामा भलिवल र एथलेटिक्सतर्फका खेलहरु समावेश गरिएका छन् । थाहा नगरका ४ संस्थागतसहित १५ वटा माविका कक्षा १० सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता हुनेछ । 
थाहानगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, छात्र छात्रा रिले दौड १०० मिटर, ४०० मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट तथा मार्चपास रहेका छन् । 
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरि मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत प्रथम हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि कार्यक्रमको विजेता घोषणा गरिनेछ ।
३ दिनसम्म संचालन हुने प्रतियागिता संचालनको लागि शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
प्रतियोगितामा करिब ४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।कार्यक्रम थाहानगरपालिकाको कार्यालयले ११ औ गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको बताएको छ । कार्यक्रम थाहानगरपालिका कार्यालयको शभाहलमा सम्पन्न भएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg