pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल आजबाट सुरु 

thahahaha-1559020999.jpg


थाहा नगरपालिकाको आयोजनामा आजदेखि हुने राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयरकप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले बताएको छ । हिजो थाहा नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । आयोजकका अनुसार आज विहान ११ बजे मार्चपाससहित प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम छ । इन्द्रायणी चौर र जन कल्याण माविको खेल मैदानमा हुने प्रतियोगितामा भलिवल र एथलेटिक्सतर्फका खेलहरु समावेश गरिएका छन् । थाहा नगरका ४ संस्थागतसहित १५ वटा माविका कक्षा १० सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता हुनेछ । 
थाहानगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, छात्र छात्रा रिले दौड १०० मिटर, ४०० मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट तथा मार्चपास रहेका छन् । 
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरि मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत प्रथम हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि कार्यक्रमको विजेता घोषणा गरिनेछ ।
३ दिनसम्म संचालन हुने प्रतियागिता संचालनको लागि शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
प्रतियोगितामा करिब ४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।कार्यक्रम थाहानगरपालिकाको कार्यालयले ११ औ गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको बताएको छ । कार्यक्रम थाहानगरपालिका कार्यालयको शभाहलमा सम्पन्न भएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...