Saturday, 04 May, 2024
पर्यटन

राज्यको न्यून उपस्थिति,जीर्ण सडक र अनियमित विद्युत थाहाको पर्यटन प्रबर्धनका चुनौती हुन् ।

khatri-1646050533.jpg

थाहा नगरपालिका क्षेत्र भित्र रहेका होटल हरुको छाता संगठन थाहा होटल एसोसियसन सँग आवद्ध होटलहरुको संख्या १ सय ४७ छ । कृषी र पर्यटनलाई थाहा नगरको समृद्धीका रुपमा लिईन्छ । देशको राजधानी काठमाडौ सँगको नजिक भएको तराईबाट छिटो र सहजै पुग्न सकिने उत्तरी मकवानपुर देशकै पर्यटकिय गन्तब्य हो । यहाँको पर्यटन प्रबद्र्धनमा थाहा नगरमा रहेका होटलहरुको योगदान प्रशंसनिय छ । थाहा नगरको पर्यटन प्रवद्र्धन र होटल व्यावसायका बारेमा थाहा होटल एसोसियसनका अध्यक्ष शिव कुमार खत्री सँग थाहा पाटीले गरेको कुराकानी । 

थाहा नगर प्राकिृत सुन्दरता सँगै ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिर,चैत्य गुम्बा,  विभिन्न जात–जातीको पहिचान, वन वनस्पतीको अध्ययन केन्द्र हित जल जमिन र पहाड हिमालमा सम्भव हुने खेल क्रिडा सँगै रक क्लाईम्बिङ्ग, बन्जी र पाराग्लाईडिङ्गको  सम्भावना रहेको ठाँउ हो ।

 

थाहामा अहिले होटल व्यवसायको अवस्था कस्तो छ ? 
थाहा नगर पर्यटकिय क्षेत्र भएको हामी सबैलाई थाहा छ । होटल विना पर्यटन प्रवद्र्धनको सम्भावना हुन्न पनि । पछिल्लो समय कोरोना महामारी पछि होटल व्यवसायमा हुन्यता आएको छ । बाह्य पर्यटक बन्छ हुनु र आन्तिरिक पर्यटकहरुमा महामारीको त्रासका कारण होटल व्यवसाय थलिएको छ । यो पिडा देशै भर छ र थाहा नगरका होटल पनि यही समस्याका कारण पिडित छन् । तथापी पिडा लुकाउदै नगरको पर्यटन प्रबद्र्धनमा व्यवसायिक इमान्दारिता देखाउदै सेवा प्रदान गरिरहेका छौं । 

राज्यको निकायले ध्यान दियोस सहयोग गरोस दामन दार्जेलिङ्ग बन्छ, दार्जेलिङ्ग घुम्न दामन आउछन, चित्लाङ्ग चिनारी बन्छ, टिस्टुङ्गको ईतिहास पढिन्छ आग्रा पहिचान बन्छ । अनि कसल रोक्न सक्छ थाहा नगरको समृद्धी । 

 

थाहा होटल एसोयिसन कस्तो संस्था हो ? 
नामबाटै प्रष्ट छ , यो होटल व्यवायीहरुको छाता संगठन हो । थाहा नगर भित्र रहेका ठुला–साना १ सय ४७ होटल आवद्ध छन् । राज्यको नारा पर्यटन प्रमुख रुपमा छ तर पुर्वाधार र त्यसको व्यस्थापन राज्यको प्राथमिकतामा छैन । पर्यटनका कुरा हुन्छ तर काम नहुँदा पर्यटन क्षेत्रमा सोचेजस्तो प्रगति नहुने भएकाले होटल व्यवसायीहरुको छाता संगन बनाई थाहा नगरमा आउने पर्यटकका लागि उचित,व्यवस्थित र सुरक्षित खानपान र बास बाट मनोरञ्जन प्रदान गर्ने उत्साहबाट यो संस्थ बनोको हो । व्यवसायलाई सुरक्षित र मर्यादित बनाउदै गुण्स्तिरिय सेवा प्रदान गर्ने हाम्रो उदेश्य प्राप्तीकालागि यो संस्था क्रियाशिल छ । 

राज्य व्यावसायी सँग छलफल गरेर पर्यटनका योजना बनाउन र अगाडी बढ्न तयार नभए सम्म पर्यटनमा देखिने सुधार हुन्न । थाहामा पनि यस्तै समस्या छन् । अपार  स्रोतको धनी थाहामा पर्यटनका क्षेत्रमा योजनाबद्ध काम नहुँदा यो क्षेत्र अलमलिएको छ । थाहाको अहिलेको पर्यटन होटल व्यावसायीले मात्र धानेको अवस्था छ । राज्यको उपस्थिति कमजोर छ ।

 

थाहामा पर्यटनको सम्भावान कस्तो देख्नु भएको छ ? 
हाम्रो देशको पर्यटन विकास हुन नसकेको मुख्य विषय यहि प्रश्नको उत्तरमा छ । जसरी शिक्षकले विद्यार्थी सँगको अन्तरसम्बादबाट उसको सिकाईको अवस्था पहिचान गरि विद्यार्थीको क्षमता बढाउछ त्यसै गरि होटल व्यावसायी पर्यटकसँगको घुलमिलबाट उनिहरुको रुची बुझ्न सक्छन र रुची अनुसार खुसी बनाउने उपाय सोच्छदन । तर यो कुरा होटलको गाँस बास सँग मात्र सिमित हुन्छ । तर  आनन्दित हुन हिडेको पर्यटकको ईच्छा आंकाक्षा धेरै हुन्छन । जुन पुरा गर्न गर्नु पर्ने कुरा राज्यको निकाय सँग अधिकार हुन्छ तर व्यावसायीलाई थाहा हुन्छ । राज्य व्यावसायी सँग छलफल गरेर पर्यटनका योजना बनाउन र अगाडी बढ्न तयार नभए सम्म पर्यटनमा देखिने सुधार हुन्न । थाहामा पनि यस्तै समस्या छन् । अपार  स्रोतको धनी थाहामा पर्यटनका क्षेत्रमा योजनाबद्ध काम नहुँदा यो क्षेत्र अलमलिएको छ । थाहाको अहिलेको पर्यटन होटल व्यावसायीले मात्र धानेको अवस्था छ । राज्यको उपस्थिति कमजोर छ । केहि भौतिक निर्माणमा बजेट खर्च देखाएरमात्र पर्यटनको विकास हुँदैन । थाहा नगर प्राकिृत सुन्दरता सँगै ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिर,चैत्य गुम्बा,  विभिन्न जात–जातीको पहिचान, वन वनस्पतीको अध्ययन केन्द्र हित जल जमिन र पहाड हिमालमा सम्भव हुने खेल क्रिडा सँगै रक क्लाईम्बिङ्ग, बन्जी र पाराग्लाईडिङ्गको  सम्भावना रहेको ठाँउ हो । यी सबै यहाँ हुँदा यता लाग्न हामी नसक्नु हाम्रो कमजोरी हो । सम्भावान अथाहा छ तर चिन्न जान्न बुझ्न र उपयोग गर्न ढिला भयो । पहिचान हामीले गरेका छौं । राज्यको निकायले ध्यान दियोस सहयोग गरोस दामन दार्जेलिङ्ग बन्छ, दार्जेलिङ्ग घुम्न दामन आउछन, चित्लाङ्ग चिनारी बन्छ, टिस्टुङ्गको ईतिहास पढिन्छ आग्रा पहिचान बन्छ । अनि कसल रोक्न सक्छ थाहा नगरको समृद्धी । 

थाहाका धार्मिक स्थालको संरक्षण र प्रचार प्रसार गरे मात्र पुग्छ । कुन्छाल,बज्रबाराही चित्लाङ्गको ऐतिहाँसिकता मौलिकताको जगेर्ना गरे मात्र पुग्छ । दामनको वनस्पती उद्यान र वागमानी केन्द्रलाई बहुउपयोगी बनाउन सके मात्र वन वनस्पतीको विश्व अध्ययन केन्द्र बन्छ । टिस्टुङ्ग र आग्रामा रक क्लाईम्बिङ्ग,पाराग्लाईडीङ्ग र बञ्जी केन्द्र बनाउन सके मान्छे आईरिन्छन् ।

 


राज्यले पर्यटनलाई प्राथमिकतामा राखेको छ तर तपाई राज्यको उपस्थिती भएन भन्नु हुन्छ ? के गर्नु प¥यो र ? 
राज्यको नारामा र भाषणमा भएको पर्यटन व्यवहारमा आए विश्व नेपाल घुम्न आउथ्यो । यो मैले किन भने अचम्म लाग्ला तर मैले हाम्रो अनुभवले पाएको हिम्मतलाई विश्वासमा बदली भनेको हो । सन् २०१८ मा पर्यटन दिवस मनाउदै गर्दा राज्यले ठमेल,पोखरा,सौराहा र दामनलाई  पर्यटकिय गन्तब्यका रुपमा विकास गर्ने भनियो तर  त्यो नारामै सिमित भयो । एउटा ठाँउ एउटा पहाड राता रात पुर्वाधारले दार्जेलिङ्ग बनाईयो हामी घुम्न जान्छौ तर हजारौ ठाँउ र सयौ पहाड भएका हामी दार्जेलिङ्ग हेरेर बस्छौ । बुझ्नुस हाम्रो अवस्था । 

के कस्तो पुर्वाधारको विकास हुनु प¥यो र ? 
पुर्वाधार भनेको हामीलाई घर बनाईदेउ भनेको होईन । थाहा नगरको पर्यटन कति चुनौति छ  छर्लङ्ग छ । काठमाडौ र तराई बाट नजिक भएको पर्यटकिय क्षेत्र तर पुग्ने बाटो सधैं जिर्ण हुन्छ । ६५ कि.मी. को यात्रा ४/५ घण्टा लाग्छ घुम्न आएका मान्छे टाउको समाउदै हिड्नु पर्ने बाध्यता छ ।  काठमाडौबाट नगर आउन छोटो बाटो चित्लाङ चन्द्रगिरी सडक भनिय पनि राज्यको प्राथमिकतामा नपर्दा व्यावसायी र स्थानिय मिली खबरदारी गरि बनाईहेको अवस्था छ । बाटो बनाउन हामी लाग्नु पर्ने अवस्थाले के चित्रण गर्छ सजिर्लै बुझ्न सकिन्छ । नगरमा बिजुली नियमित छ । २/४ पटक झ्याप्प झ्याप्प नगएको दिन हुन्न कहिले त लगातार २/४ दिन आउदैन । नगरका ग्रामिण सडक हिलाम्मे र धुलाम्मे हुन्छन् । यी पुर्वाधार राज्यको दायित्व हुन् भनेको मैले । 

थाहामा तत्काल गर्न सक्ने सम्भाव्यता पहिचान गर्नु भएको छ ? 
अगाडी पनि धेरै कुरा आईसके । शब्दमा हैन थाहाको सम्भाव्यता अथाहा छ जुन पहिचान गर्ने हैन पहिल्याउने हो । दामन सिमभन्ज्याङ्ग क्षेत्रमा जग्गाको समस्या टुङ्ग्याई व्यावसायको सुनिश्चितता भए काया पलट हुन्छ । थाहाका धार्मिक स्थालको संरक्षण र प्रचार प्रसार गरे मात्र पुग्छ । कुन्छाल,बज्रबाराही चित्लाङ्गको ऐतिहाँसिकता मौलिकताको जगेर्ना गरे मात्र पुग्छ । दामनको वनस्पती उद्यान र वागमानी केन्द्रलाई बहुउपयोगी बनाउन सके मात्र वन वनस्पतीको विश्व अध्ययन केन्द्र बन्छ । टिस्टुङ्ग र आग्रामा रक क्लाईम्बिङ्ग,पाराग्लाईडीङ्ग र बञ्जी केन्द्र बनाउन सके मान्छे आईरिन्छन् । स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकार लागे यी असम्भब हुन र ? 

तत्काल देखिने गरि पर्यटन प्रवद्र्धनमा गर्न सक्ने काम के छन त ? 
पर्यटनका सम्भावना व्यवसायीले चिनेको हुन्छ ? हामी होटल व्यवसायी पर्यटन प्रवद्र्धक हौ । राज्यले हामी सँग समन्वय गरे हालेमालो गर्न तयार छौं । थाहामा पर्यटनका लागि छुट्टिएको बजेट पर्यटनकै उपलब्धीमुलक काममा खर्च गरौं । नगरले हामी सँग समन्वय गरे हरकदम सहयोग गर्न तयार छौं । हामी सँग अनुभव छ योजना छ नगरको स्रोत त्यसमा मिलाएर अगाडी बढे हामी पनि हौसिन्छौ ।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...