Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

मेयर पकेट कार्यक्रम अन्तर्गत थाहा २ मा कृषि सामाग्री वितरण

FB_IMG_1705657266724-1705657423.jpg

आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न २  मा कृषि सामाग्री वितरण गरिएको छ।
  अघिल्लो वर्षको पकेट कार्यक्रम निरन्तरताको लागि प्राप्त संघीय सशर्त तर्फको रु.पाच लाख बजेट (५०% अनुदानमा) श्री जनता कृषक समूह, थाहा-२ द्वारा कृषकहरुमा २२ वटा मिनिटिलर ७ एच पि( पेट्रोल )र एउटा पानी तान्ने पम्प वितरण गरिएको कृषि शाखा प्रमुख सन्जय तिवारीले जानकारी दिए।
साथै वडा न २ को यसै आर्थिक बर्षको बजेट बाट ५० वटा स्प्रे पम्प समेत वितरण गरिएको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, उनले भने "किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार रहेको बताए "।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,२ न वडा अध्यक्ष बम बहादुर सिङ्तान,कृषि विकास अधिकृत बिकाश विक,कृषि शाखाका सहायक राजकुमार श्रेष्ठ ,वडा कृषि प्राविधिक,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।
यस कार्यक्रमको लागि पालिकाले ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने २० लाखको कार्यक्रम वडा न ९ मा भएको थियो।

स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले १ भाद्रमा सूचना प्रकाशन गरी किसानहरुबाट प्रस्ताव माग गरेको थियो । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले संचालन गरिने कृषि शाखा प्रमुख सन्जय तिवारीले बताउनुभयो।

FB_IMG_1705657244118-1705657423.jpg
FB_IMG_1705643021986-1705657444.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg