himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

मृत्यु मार्ग बन्दै चित्लाङ-चन्द्रागीरी सडक !

1705544536419-1705664586.jpg

२३ सय वर्ष इतिहास बोकेको चन्द्रागिरि चित्लांग सडक खण्ड हाल सम्म पनि उस्तै छ । यो सडक यमलोकमार्ग भएको छ ।

यो सडकमा धेरैको दुर्घटनाबाट ज्यान गइसकेको छ । हालै मात्र पनि थानकोट चन्द्रागिरि अन्तर्गत पर्ने सेतो पहरामा भएको दुर्घटनामा एकै परिवारका ५ जनाको ज्यान गएको थियो ।

त्यो भन्दा अगाडि पनि २०७७ सालमा दुर्घटना भएको थियो । यो भन्दा पहिला पनि यो सडकमा धेरैले ज्यान गुमाई सकेका छन्।

यस्तो मान्छेको ज्यानै जाने सडक हालसम्म पनि दुर्घटना न्यूनिकरणको सानो प्रयाससम्म पनि न स्थानीय सरकारले गरेको छ, न त केन्दीय सरकारको नै ध्यान गएको छ । प्रदेश राजधानी हेटौडा जाने आउने सबैभन्दा छोटो सडक भएपनि यसको स्तरोन्नतिमा किन समस्या रहँदै आयो ? रहस्यको विषय बनेको !

पूर्व अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमाभइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने प्रतिबद्धताअनुसार अर्थ मन्त्रालयले चित्लाङ चन्द्रागिरि थानकोट सडक स्तरोन्नतिको लागि भन्दै १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । यसले स्थानीयवासीमा केही राहतको सास फेरेका थिए । तर पछि सरकार परिवर्तनपछि बिनियोजित १५ करोड रुपैयाँ फिर्ता लगियो ।

थानकोट चित्लाङ सडक स्तरोन्नतिको लागि सम्बन्धित सबै नगरका नगर प्रमुख, बुद्धिजिविहरु, समाजसेवीहरु, सबै राजनीतिक दलका प्रतिनिधिहरु मिलेर एकै स्वरमा सडक बनाउन पहल गर्नुपर्ने बेला भइसकेको स्थानीयवासीहरु बताउँछन् । मकवानपुरका प्रतिनिधि सभा सांसद महेशकुमार बर्तौला चित्लाङ्ग चन्द्रागिरि सडक निर्माणमा सरकारको गैरजिम्मेवारको कारण सडक दुर्घटना भएको आरोप लगाउँछन् ।

चित्लाङ्ग, चन्दनागिरि (चन्द्रागिरि बाटो सम्बन्धी २३ सय वर्ष पुरानो रोचक तथ्य :

हिमवत् खण्ड अन्तर्गत पर्ने चन्दनागिरि पर्वत शृङ्खला (थानकोट – चित्लाङ्ग,  गणेशमान सिंह राजमार्ग)  नेपालको प्राचीन मार्ग मध्येको एक प्रमुख मार्ग हो ! ऐतिहासिक, पुरातात्त्विक , साँस्कृतिक महत्व बोकेको चित्लाङ्गलाई जोड्ने भीमफेदी–कुलेखानी–चित्लाङ– थानकोट मार्गको स्तरोन्नति अहिलेसम्म भएको छैन ।

त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ्ग – चन्द्रागिरि मार्ग काठमाडौं उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको थियो । साविकको चित्लाङ्ग गाउँ हाल थाहा नगरपालिका–९ र १० मा परिणत भएको छ । संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको चित्लाङ्गको नाम पहिले चित्रापुर थियो । पछि चैत्य जाने बाटो भएकाले यसको नाम चैत्य लँ: रहन गएको र पछि अपभ्रंश भएर चित्लाङ्ग रहन गएको स्थानीयवासी बताउँछन् ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरुको भनाइ छ ।

अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि ती क्षेत्रमा रहेका छन् ।

भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङ्गको चित्रापुर नगरको चित्लाङ्गमा चैत्य निर्माण गरेका थिए भन्ने भनाई भएपनी (सम्राट अशोक आफै नभई उनकी छोरी चारुमती) बौद्ध दर्शनको प्रचार गर्दै आएकी थिइन् र तिनले चाबहिलको चैत्य समेत निर्माण गरेको इतिहास छ !

त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ्ग सुनसान बनेको थियो । यसले गर्दा बाउ आमा मरेको अनाथ जस्तो यो बाटो अपहेलित र तिरस्कृत भइ रह्यो !

नेपालको इतिहासमा विभिन्न वंश र ऋषिमुनिहरुले देशभरको यात्रा गर्नुपर्दा थानकोट चित्लाङ्ग (हाल थाहा नगरपालिका ९ र १० मा पर्ने गणेशमान सिंह राजमार्गको प्रयोग गरेको इतिहास रहेको पाइन्छ ।

चित्लाङ्गको ऐतिहासिक साँस्कृतिक साथै अर्थ सामाजिक पक्ष र त्यहाँको जनजीवन, उत्पादन समेतलाई हेरेर राज्यले यथाशीघ्र सो ऐतिहासिक चन्दनागिरी – चन्द्रागिरि बाटोबारे गम्भीरता पूर्वक निति निर्माण र बजेट व्यवस्थापन गर्नु जरुरी छ !

कुनैबेला भारतबाट भीमफेदी कुलेखानी, मार्खु, चित्लाङ्ग हुँदै यही चन्द्रागिरि (हालको गणेशमान सिंह मार्ग) बाट उपत्यका (नेपालमा) गाडी भित्रीन्थ्यो ! बिडम्बना ! लगभग २३ सय वर्षको इतिहास बोकेको चन्द्रागिरि सडक खण्ड हाल सम्म पनि उस्तै अवस्थामा रहेको छ ! शोणितपुर खवर बाट 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg