pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

मुख्यमन्त्री बन्ने बानियाँ र लामाको सपना,सपनामै

indra-bahadur_jaX2msTgcp-1672120063.jpg

बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल रहेर पनि नेपाली कांग्रेस अब सत्ता बाहिर रहनुपर्ने भएको छ । ३७ सांसदसहित प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको कांग्रेसले केन्द्रमा बनेको नयाँ समीकरण अनुसार अब प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने भएको हो । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायतका दल मिलेर सरकार गठन गरेसँगै प्रदेशहरूमा पनि सोही अनुसारको समीकरण बन्ने भएको हो ।

प्रदेशसभामा एमाले–माओवादीसहितका दल सम्मिलित नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने भएपछि कांग्रेसबाट मुख्यमन्त्री पदमा दाबी गर्दै आएका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाको सपनामा ब्रेक लागेको छ । संसदीय दलको नेताको रेसमा रहेका ती दुई नेता मुख्यमन्त्री बन्ने दाउमा थिए ।

प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको कांग्रेसको २५ प्रत्यक्ष र १२ समानुपातिकमा गरी ३७ प्रदेशसभा सदस्य छन् । संसदीय दलको नेताको रेसमा रहेका दुवै नेताहरू कांग्रेस संस्थापन पक्षका हुन् ।

संसदीय दलको नेता बन्ने कसरतमा रहेका लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए । निर्वाचनको टिकट वितरणको समयमा लामा प्रतिनिधिसभा सदस्य पदका लागि दाबी गरिरहेका थिए । नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य पदमा दाबी गर्दै आएका उनलाई कांग्रेसको आन्तरिक विवाद समाधान गर्न मुख्यमन्त्रीको अफरसहित प्रदेशसभा सदस्य पदमा प्रतिस्पर्धा गराइएको थियो ।

यता प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्री बन्ने उनको पटक पटकको प्रयास असफल भएको थियो ।

केही समय अघि मात्र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकारमा उनी मुख्यमन्त्री पदका मुख्य दाबेदार थिए । सो समयमा पहिलो चरणमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई सघाउने र दोस्रो चरणमा कांग्रेसबाट बानियाँ मुख्यमन्त्री बन्ने लिखित सहमति समेत भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदा उनी मुख्यमन्त्री बन्न सकेनन् ।

बागमती प्रदेशसभामा एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ७ सिट गरी २१ जना सांसद पाएको छ भने एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद पाएको छ । राप्रपाले १३ जना सांसद पाएको छ भने नेमकिपाले ३ जना सांसद पाउँदा हाम्रो नेपाली पार्टीले २ जना सांसद पाएको छ ।

सरकार गठनका लागि ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिलेर सरकार गठन गर्न सक्ने अवस्था छ ।

बागमती प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार पुस १४ गते प्रदेशसभाका सदस्यहरूको शपथ हुने छ । पुस १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । ज्येष्ठ सदस्यको रूपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले १३ गते दिउँसो २ बजे प्रदेश प्रमुखबाट शपथ लिनेछन् ।रातोपाटी बाट 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...