pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

मुख्यमन्त्री बन्ने बानियाँ र लामाको सपना,सपनामै

indra-bahadur_jaX2msTgcp-1672120063.jpg

बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल रहेर पनि नेपाली कांग्रेस अब सत्ता बाहिर रहनुपर्ने भएको छ । ३७ सांसदसहित प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको कांग्रेसले केन्द्रमा बनेको नयाँ समीकरण अनुसार अब प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने भएको हो । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायतका दल मिलेर सरकार गठन गरेसँगै प्रदेशहरूमा पनि सोही अनुसारको समीकरण बन्ने भएको हो ।

प्रदेशसभामा एमाले–माओवादीसहितका दल सम्मिलित नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने भएपछि कांग्रेसबाट मुख्यमन्त्री पदमा दाबी गर्दै आएका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाको सपनामा ब्रेक लागेको छ । संसदीय दलको नेताको रेसमा रहेका ती दुई नेता मुख्यमन्त्री बन्ने दाउमा थिए ।

प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको कांग्रेसको २५ प्रत्यक्ष र १२ समानुपातिकमा गरी ३७ प्रदेशसभा सदस्य छन् । संसदीय दलको नेताको रेसमा रहेका दुवै नेताहरू कांग्रेस संस्थापन पक्षका हुन् ।

संसदीय दलको नेता बन्ने कसरतमा रहेका लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए । निर्वाचनको टिकट वितरणको समयमा लामा प्रतिनिधिसभा सदस्य पदका लागि दाबी गरिरहेका थिए । नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य पदमा दाबी गर्दै आएका उनलाई कांग्रेसको आन्तरिक विवाद समाधान गर्न मुख्यमन्त्रीको अफरसहित प्रदेशसभा सदस्य पदमा प्रतिस्पर्धा गराइएको थियो ।

यता प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्री बन्ने उनको पटक पटकको प्रयास असफल भएको थियो ।

केही समय अघि मात्र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकारमा उनी मुख्यमन्त्री पदका मुख्य दाबेदार थिए । सो समयमा पहिलो चरणमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई सघाउने र दोस्रो चरणमा कांग्रेसबाट बानियाँ मुख्यमन्त्री बन्ने लिखित सहमति समेत भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदा उनी मुख्यमन्त्री बन्न सकेनन् ।

बागमती प्रदेशसभामा एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ७ सिट गरी २१ जना सांसद पाएको छ भने एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद पाएको छ । राप्रपाले १३ जना सांसद पाएको छ भने नेमकिपाले ३ जना सांसद पाउँदा हाम्रो नेपाली पार्टीले २ जना सांसद पाएको छ ।

सरकार गठनका लागि ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिलेर सरकार गठन गर्न सक्ने अवस्था छ ।

बागमती प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार पुस १४ गते प्रदेशसभाका सदस्यहरूको शपथ हुने छ । पुस १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । ज्येष्ठ सदस्यको रूपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले १३ गते दिउँसो २ बजे प्रदेश प्रमुखबाट शपथ लिनेछन् ।रातोपाटी बाट 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg