Saturday, 27 Apr, 2024
मनाेरञ्जन

माघ २७ गते जनकल्याणमा ल्होछार सांस्कृतिक मेला हुने।

1706362075582-1706362187.jpg

मकवानपुरको थाहा नगरपालिकामा  ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक/ मु पुखी  (गरुड वर्ग) को अवसरमा यही माघ २७ गते शनिबार थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको चौरमा  ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

नेपाल तामाङ घेदुङ थाहा  नगरको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक अभियानको  लागि ल्होछारका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ थाहा नगरका अध्यक्ष दिपक थिङले जानकारी दिनुभयो।

ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा ,गरगहना,बाजाका साथै  विभिन्न खानाको स्टलहरु,झाकी राखिने र थप मनोरञ्जनका लागि भने चर्चित गायक/गायिकाहरु,मिङ्स लामा,सुजना रुम्बा,अमिर भोम्जन,रजनी लामा,उत्सव सुब्बा लामा,धिरेन लामा का साथै चर्चित गायिका आशा लामा सहित मकवानपुर आइडल,थाहा आइडल र हेटौंडा आइडलको समेत बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

ल्होछार मेलाको सांस्कृतिक कार्यक्रम जनकल्याण माध्यामिक विद्यालयको प्रागणमा २७ गते बिहान १० बजेबाट सुरु हुनेछ उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन र भरपुर मनोरञ्जन लिनका लागि सम्पूर्ण ल्होछार प्रेमी दर्शक महानुभावहरुलाई आयोजकको तर्फबाट निमन्त्रणा गरिएको छ ।


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...