pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

माओवादी मकवानपुरको संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सुरु,

maubadi-kendra-1677669859.jpg

संगठन तथा जनसम्बन्ध सुदृढ अभियानको सुरुवात गर्नुहुँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जमकट्टेल ।

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० माओवादी केन्द्र मकवानपुरले दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सुरु गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले अभियानको सुरुवात गर्नुभएको हो ।

जमकट्टेलले हालसम्मको राजनीतिक उपलब्धी माओवादी केन्द्रको आन्दोलनको कारण भएकोले यसलाई संस्थागत विकास गर्नका लागि क्रियाशील हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारलाई नमूना योग्य बनाउन विशेष योजना तयार गरी सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पार्टीको सम्बन्धलाई जनस्तरमा सुदृढ गरी विकेन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले जनताको सल्लाह, सुझाव र चाहना अनुसार पार्टीको गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

अभियानका क्रममा जिल्लाको संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई कमाण्डर तोकिएको केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताउनुभयो । लामिछानेले अभियानका क्रममा शहीद परिवार, घाईते, बेपत्ता योद्धा परिवार, पूर्व जनमुक्ति सेना भेटघाट, पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गरिनुका साथै नागरिकहरुलाई आत्मनिर्भर बनाउन उत्पादन योजना निर्माण गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टीलाई विकसित नयाँ प्रविधि अनुरुप अगाडि बढाउने समेत बताउनुभयो ।

पार्टीको दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियानका क्रममा पार्टीका सबै संगठनहरुलाई क्रियाशील बनाई नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पार्टी जिल्ला समन्वय समितिका सचिव भीम पाख्रिनले बताउनुभयो । पार्टी जिल्ला समन्वय समिति संयोजक सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु सन्तोष बिष्ट, मान कुमारी पाख्रिन, पार्टी बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिका पदाधिकारीहरु लगायत पालिका कमिटी अध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो । थाहापाटी,

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg