pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

माओवादी मकवानपुरको संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सुरु,

maubadi-kendra-1677669859.jpg

संगठन तथा जनसम्बन्ध सुदृढ अभियानको सुरुवात गर्नुहुँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जमकट्टेल ।

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० माओवादी केन्द्र मकवानपुरले दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सुरु गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले अभियानको सुरुवात गर्नुभएको हो ।

जमकट्टेलले हालसम्मको राजनीतिक उपलब्धी माओवादी केन्द्रको आन्दोलनको कारण भएकोले यसलाई संस्थागत विकास गर्नका लागि क्रियाशील हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारलाई नमूना योग्य बनाउन विशेष योजना तयार गरी सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पार्टीको सम्बन्धलाई जनस्तरमा सुदृढ गरी विकेन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले जनताको सल्लाह, सुझाव र चाहना अनुसार पार्टीको गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

अभियानका क्रममा जिल्लाको संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई कमाण्डर तोकिएको केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताउनुभयो । लामिछानेले अभियानका क्रममा शहीद परिवार, घाईते, बेपत्ता योद्धा परिवार, पूर्व जनमुक्ति सेना भेटघाट, पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गरिनुका साथै नागरिकहरुलाई आत्मनिर्भर बनाउन उत्पादन योजना निर्माण गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टीलाई विकसित नयाँ प्रविधि अनुरुप अगाडि बढाउने समेत बताउनुभयो ।

पार्टीको दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियानका क्रममा पार्टीका सबै संगठनहरुलाई क्रियाशील बनाई नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पार्टी जिल्ला समन्वय समितिका सचिव भीम पाख्रिनले बताउनुभयो । पार्टी जिल्ला समन्वय समिति संयोजक सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु सन्तोष बिष्ट, मान कुमारी पाख्रिन, पार्टी बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिका पदाधिकारीहरु लगायत पालिका कमिटी अध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो । थाहापाटी,

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...