jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

महिलाहरुका लागि बेसार कति उपयोगी

pjimage-1566544054_YsvtLY-1600499616.jpg

एजेन्सी – हरेक घरको भान्सा पाइन्छ –बेसार । योबिना खाना बनाइँदैन । खानाको स्वाद बढाउन र रङ दिन प्रयोग हुने बेसार महिलाहरुका लागि भने निकै उपयोगी मानिन्छ ।

बेसारमा एन्टी अक्सिडेन्ट, एन्टी भाइरल, एन्टी इन्फ्लामेशन, एन्टी ब्याक्टेरिया र एन्टी माइक्रोबिल जस्ता तत्वहरु पाइन्छ । यसका साथै, बीटा केरोटीन, एसकर्भिक एसिड, भिटामिन सी, क्याल्शियम, फाइबर, आइरन, पोटाशियम, जिङ्क जस्ता पदार्थहरुले भरिएको बेसार महिलाहरुको महिनावारी, इम्युन सिस्टम, गर्भावस्था, पीसीओडी जस्ता समस्याहरुमा प्रयोग गर्न सकिन्छ । पोलिसिस्टिक ओभरी डिसअर्डर महिलाहरुमा हुने समस्या हो । यो समस्या महिलाहरुको भित्रि अंगहरुमा हुने हर्मोनको असन्तुलका कारण हुन्छ । यो समस्यामा महिलाहरुको भित्रि अंगमा पुरुष हर्मोन एन्ड्रोजनको मात्रा बढ्दा देखिने लक्षण हो । यसमा समेत बेसारको प्रयोग लाभदायी मानिन्छ ।

बेसार महिलाका लागि कति फाइदाजनक ?


रोगप्रतिरोधी क्षमता बढाउन
चिया वा पेय पदार्थमा बेसार मिसाएर प्रयोग गर्नुपर्छ । प्रत्येक दिन खानामा बेसारको प्रयोग गर्ने गर्नुपर्छ । यसका साथै पेय पदार्थमा समेत बेसारको प्रयोग गरेको खण्डमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

महिनावारीको समस्या
महिनावारीसम्बन्धी कुनै पनि समस्यामा बेसारको प्रयोग गर्ने गर्नुपर्छ । यसले शरीरमा हुने दुखाई कम गर्छ भने दिमाग पनि स्वच्छ राख्छ । साथै, यसले यौनाङ्गमा हुने संक्रमणबाट समेत बचाउँछ ।

हर्मोनका लागि
महिलाहरुमा हुने हर्मोनसम्बन्धी असन्तुलनका लागि बेसार फाइदाजनक हुन्छ । बेसारले महिलाहरुमा हुने भित्रि समस्याहरुमा लाभ दिन्छ ।

कम्मर दुख्ने समस्या
कम्मर वा ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि बेसारको प्याक फाइदाजनक हुन्छ । दुखेको ठाउँमा बेसारको प्याक बनाएर लगाउँदा दुखाई कम हुन्छ ।

स्तनपान गराउने महिलालाई
स्तनपान गराइरहेकी महिलाहरुको स्तन प्रायः सुन्निने, गाँठा बस्ने तथा दूध कम आउने समस्या देखापर्छ । यस्तो अवस्थामा दूधमा बेसार मिसाएर पिउँने वा खानेकुरामा बेसार मिसाएर खाँदा समस्या कम हुन्छ ।

गर्भवती र बच्चाका लागि
गर्भावस्थाको समयमा महिलाहरुमा विभिन्न समस्याहरु देखापर्छन् । गर्भावस्थामा शिशु र आमाका लागि सन्तुलित मात्रामा बेसार खाने गर्दा दुवैको स्वास्थ्य मजबुत हुन्छ । तर, गर्भावस्थामा बेसार खानामा प्रयोग गरिने जति मात्रै सेवन गर्नुपर्छ । बेसारलाई अन्य तरिका अपनाएर खानुहुँदैन ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...