pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

मकवानपुरमा पहिलोपटक भेन्ट्रान्स भलिबल हुँदै

1726328136497-1726328152.jpg

केशवलाल श्रेष्ठको स्मृतिमा मकवानपुर जिल्लामा पहिलोपटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । संविधान दिवसको अवसर पारेर असोज ३, ४ र ५ गते हुप्राचौरमा रहेको भलिवल कोर्टमा प्रतियोगिता आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ ।
मकवानपुर जिल्लामा भलिवल खेलको गतिविधि बढाउन, भलिवल खेलको विकास गर्न तथा मकवानपुरलाई भलिवल खेल मार्फत् चिनाउन अमूल्य योगदान पुराएका भलिवलका हस्ति एक जुट गराई पुर्नमिलन एवं पूर्नताजगी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समिति सदस्य मनोज लामा स्याङ्नातले बताउनुभयो । प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका सुरक्षा निकायमा कार्यरत बाहेक १ वर्षदेखि मकवानपुरमा रही कार्य गर्दै आएका बाहिरी जिल्लाका कर्मचारी समेत सहभागि हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० वटा टिम सहभागि हुने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क दुई हजार तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद तिस हजार, दोस्रो हुनेले पन्ध्र हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
दैनिक एकजना उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजकका तर्फबाट पुरस्कारको व्यवस्था रहेको नारायणी कलेज एवं तुलसी मेहर आवासीय माध्यामिक विद्यालयका प्राचार्य रघुनाथ खरालले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि करिब १ लाख ५० हजार लाग्ने आयोजकको अनुमान छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg