Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

नेपाल गोजोरियो करातको उद्घाटन, ७५ जनाको ग्रेडिङ  

karate-1568452040.jpg


मकवानपुर, नेपाल गोजोरियो कराते दो संघ शाखा दोजो थाहा नगरको उद्घाटन गरिएको छ । आज  शनिबार एक कार्यक्रमको बिच उद्घाटन साथै  ग्रेडिङ समेत गरिएको हो । 
थाहा नगरपालिका ३ स्थित जेसीज हलमा भएको कार्यक्रममा दोजो थाहा नगरको प्रशिक्षक मानसिंङ दोङको सभाध्यक्षता रहेको  थियो भने कार्यक्रममा थाहा नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता  रहेको थियो । सो अवसरमा एक सय वीस जना प्रशिक्षार्थीहरुमध्य ७५ जनाको ग्रेडिङ गरिएको प्रशिक्षक मानसिंङ दोङले जानकारी दिएका छन् ।
कार्यक्रमको विशेष अतिथि समेत रहेका नेपाल गोजोरियो कराते दो संघका केन्द्रीय सचिव सानोबाबु गिरी र सदस्य विजय अधिकारीले २५ जना महिला र ५० जना पुरुष  प्रशिक्षार्थीहरुलाई ग्रेडिङ परीक्ष मार्पmत दोस्रो तहमा सिफारिस गरेका  थिए ।
थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा विगत ३  महिना अघिदेखि प्रशिक्षण शुरु भएको थियोे । प्रशिक्षणमा ४० महिलासहित ८०  जना प्रशिक्षार्थीहरु रहेकाछन् । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मानसिंह दोङले प्रशिक्षण दिइरहेका छन् । दोङ नेपाल गोजुरियो कराँतेका राष्ट्रिय रेफ्री हुन् भने मकवानपुरका प्रमुख प्रशिक्षक हुन् । प्रशिक्षणमा थाहा नगरसहित कैलाश गाउँपालिकाको दुम्सीखर्क, डाँडाखर्क,े नामटार तथा धादिङ क्षेत्रका प्रशिक्षार्थीहरु रहेका छन् । 
कार्यक्रममा प्रदेश नं ३ को कराते स्वमसेवक राजिवकुमार स्याङतान, थाहानगरपालिका नेकपाको अध्यक्ष अरुण रायमाझी, राजनीतिक सल्लाहकार विष्णु विष्ट (आर्दश), वडा नं ५ का वडा अध्यक्ष विष्णु गुरुङ, वडा नं ७ का सदस्य दिपेन्द्र कुमार थिङ, पालुङ इलाका प्रहरी कार्यलयका प्रमुख लोकबहादुर गुरुङ, वर्ष २०१९का जेसीज अध्यक्ष कुमार नेगी, थाहा कला केन्द्रको अध्यक्ष सानोबाबु मोक्तान , सुन्दरी देवी माध्यमिक विद्यालयको व्यावस्थापन समितिको अध्यक्ष विनायक गोले लगाएतको उपस्थिति रहेका थियो ।   

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...