Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि। को ३५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

z-1673701367.jpg

संस्थाले आर्थिक वर्ष २०७८र०७९ मा १६ करोड ६३ लाख ७३ हजार ९६ रुपैयाँको कुल कारोबार गर्दा ३५ लाख ३८ हजार ५८८ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले १ वर्षमा दुध तथा दुग्ध पदार्थको मात्र कारोबार ९ करोड ७१ लाख ७५ हजार ३२० रुपैयाँको गरेको छ । साथै संस्थाले पशु आहार तथा खाद्यान्न , उपभोक्ता पसल , बचत तथा ऋण बाट समेत शेयर सदस्यहरुलाई सेवा दिइरहेको संस्थाकी ब्यवस्थापक शशी लम्सालले बताएकी छन् ।  साधारणसभाकै अवसर पारी संस्थाले विभिन्न ब्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । संस्थामा सबैभन्दा धेरै दुध बिक्री गर्ने ३ जनालाई पुरस्कार सहित सम्मान गरिएको छ । पुरस्कृत हुनेमा नरेन्द्र लम्साल , अर्जुन प्रसाद दाहाल र सुभद्रा बजगाई रहेका छन् । त्यसैगरी संस्थाले असली ऋणीमा भीम कुमारी न्यौपाने र पशुआहार तर्फ असली कारोबारमा मुकुन्द दाहाललाई पुरस्कार सहित सम्मान गरेको छ । 

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघको सदस्यमा नवनिर्वाचित बिदुर हुमागाई , जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद कडेल र सदस्य जनक रेग्मीलाई सम्मान गरिएको छ ।  संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षता तथा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ ९क० का माननीय सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।  सभामा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तान , राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य एवम् बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा र गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन ९नेपाली० को विशिस्ट आतिथ्यता रहेको थियो ।  सभामा संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितीका संयोजक भोलानाथ दाहालले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

विक्रम संम्वत २०४२ सालमा स्थापना भएको संस्थाले हाल दैनिक ४३ सय लिटर दुध संकलन गरिरहेकोे छ भने संस्थाले आफ्नै दुग्ध प्रशोधन तथा विविधीकरण उद्योग स्थापना गरेको छ । हाल उद्योगबाट नौनी , घ्यु , पनिर , खुवा , छुर्पी लगायत उत्पादन गरि बिक्री गरिरहेको संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।  सो कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य बिदुर हुमागाई , जिल्ला सहकारी संघ मकवानपुरका निवर्तमान अध्यक्ष एवम् संस्थाका पुर्व अध्यक्ष बद्री प्रसाद लम्साल , ३ नं वडाका वडाध्यक्ष भागवत घिमिरे , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल , बागमती प्रदेश कृषि सहकारी संघका सदस्य एवम् श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था मकवानपुरका अध्यक्ष एवम् जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणि दाहाल , संस्थाका पुर्व अध्यक्षहरु , संस्थाका निवर्तमान ब्यवस्थापक बलराम हुमागाँई लगायत विभिन्न सहकारी, संघ संस्था , पत्रकारहरुको आतिथ्यता रहेको थियो । थाहापाटी,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...