pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि। को ३५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

z-1673701367.jpg

संस्थाले आर्थिक वर्ष २०७८र०७९ मा १६ करोड ६३ लाख ७३ हजार ९६ रुपैयाँको कुल कारोबार गर्दा ३५ लाख ३८ हजार ५८८ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले १ वर्षमा दुध तथा दुग्ध पदार्थको मात्र कारोबार ९ करोड ७१ लाख ७५ हजार ३२० रुपैयाँको गरेको छ । साथै संस्थाले पशु आहार तथा खाद्यान्न , उपभोक्ता पसल , बचत तथा ऋण बाट समेत शेयर सदस्यहरुलाई सेवा दिइरहेको संस्थाकी ब्यवस्थापक शशी लम्सालले बताएकी छन् ।  साधारणसभाकै अवसर पारी संस्थाले विभिन्न ब्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । संस्थामा सबैभन्दा धेरै दुध बिक्री गर्ने ३ जनालाई पुरस्कार सहित सम्मान गरिएको छ । पुरस्कृत हुनेमा नरेन्द्र लम्साल , अर्जुन प्रसाद दाहाल र सुभद्रा बजगाई रहेका छन् । त्यसैगरी संस्थाले असली ऋणीमा भीम कुमारी न्यौपाने र पशुआहार तर्फ असली कारोबारमा मुकुन्द दाहाललाई पुरस्कार सहित सम्मान गरेको छ । 

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघको सदस्यमा नवनिर्वाचित बिदुर हुमागाई , जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद कडेल र सदस्य जनक रेग्मीलाई सम्मान गरिएको छ ।  संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षता तथा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ ९क० का माननीय सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।  सभामा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तान , राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य एवम् बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा र गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन ९नेपाली० को विशिस्ट आतिथ्यता रहेको थियो ।  सभामा संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितीका संयोजक भोलानाथ दाहालले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

विक्रम संम्वत २०४२ सालमा स्थापना भएको संस्थाले हाल दैनिक ४३ सय लिटर दुध संकलन गरिरहेकोे छ भने संस्थाले आफ्नै दुग्ध प्रशोधन तथा विविधीकरण उद्योग स्थापना गरेको छ । हाल उद्योगबाट नौनी , घ्यु , पनिर , खुवा , छुर्पी लगायत उत्पादन गरि बिक्री गरिरहेको संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।  सो कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य बिदुर हुमागाई , जिल्ला सहकारी संघ मकवानपुरका निवर्तमान अध्यक्ष एवम् संस्थाका पुर्व अध्यक्ष बद्री प्रसाद लम्साल , ३ नं वडाका वडाध्यक्ष भागवत घिमिरे , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल , बागमती प्रदेश कृषि सहकारी संघका सदस्य एवम् श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था मकवानपुरका अध्यक्ष एवम् जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणि दाहाल , संस्थाका पुर्व अध्यक्षहरु , संस्थाका निवर्तमान ब्यवस्थापक बलराम हुमागाँई लगायत विभिन्न सहकारी, संघ संस्था , पत्रकारहरुको आतिथ्यता रहेको थियो । थाहापाटी,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg