Monday, 29 Apr, 2024
खेल

भोलिदेखि जिरी च्याम्पियनसिप हुने,थाहाले भलिबलमा भाग लिदै

thahakhel-1698746890.jpg

दोलखाको जिरीमा भोलिदेखि जिरी च्याम्पियनसिप सुरु हुनेभएको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुने  भएको हो ।

दोलखाको पर्यटकीय नगरी जिरीस्थित लिङ्कन बजारमा खेलकुद महोत्सवकै रूपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको युवा सञ्जाल जिरीले जनाएको छ । 

जिरी नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको च्याम्पियनसिपमा सर्वाधिक पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता, जिरी भ्याली माउण्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस लगायतका विभिन्न खेलहरू सञ्चालन हुनेछन् । 

भलिबल खेलतर्फ प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपियाँ रहेको छ भने द्वितीय १ लाख १ हजार, तृतीय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ । 

त्यस्तै, अल्ट्रा म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १० हजार, ७ हजार र ५ हजार रहेको छ । स्लो बाइक रेसतर्फ प्रथम पुरस्कार ७ हजार, द्वितीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार ३ हजार नगद रहेको छ । खेलकुदको माध्यमबाट जिरीको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको जिरी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको सञ्जालका अध्यक्ष जगदीश खड्काले जानकारी दिनुभयो । 

कुल खर्च १६ लाख ५३ हजार हुने प्रारम्भिक अनुमान गरिएको प्रतियोगिताको उद्घाटन जिरी च्याम्पियनसिपको बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले गर्नुहुने आयोजकले जनाएको छ । 


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...