pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

भारतसँग हार्दा पनी नेपालको प्रशंसा

Untitled-1-Recovered-1693882891.jpg

काठमाडौँ, भदौ १९ गते । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व व्रिmकेटमा आफ्नो छवि उच्च पारेको छ ।

भारतीय कप्तान रोहित शर्माले टस जितेपछि आफ्ना बलरहरूलाई अभ्यास हुने भन्दै नेपाललाई ब्याटिङका लागि निमन्त्रणा दिनुभयो । नेपालले पहिले ब्याटिङ गरेर ४८.१ ओभरमा २३० रन बनायो । जुन श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा चुनौतीपूर्ण लक्ष्य थियो । भारतले जवाफमा २.१ ओभरमा बिना विकेटको क्षतिमा १७ रन बनाउँदा वर्षाले खेल रोकियो । त्यसपछि भारतले डकवर्थ लुइसको नियम अनुसार २३ ओभरमा १४५ रन बनाउनुपर्ने संशोधित लक्ष्य पाएको थियो । भारतले २०.१ ओभरमा बिना विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल ग-यो ।

यस नतिजाले भारतलाई समूह ए उपविजेताको हैसियतमा सुपर फोरमा पु-यायो भने नेपाल घर फर्कने भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । भारत र पाकिस्तान बिचको खेल पनि वर्षाले रद्द भएपछि दुवै टिमले अङ्क बाँडेका थिए ।

भारतीय कप्तान रोहितले ५९ बलमा छ चौका र पाँच छक्कासहित अविजत ७४ रन बनाउनुभयो । गिल पनि ६२ बलमा ६७ रन बनाएर आउट हुनुभएन । उहाँको पालिमा आठ चौका र एक छक्का सामेल थियो । पानीले भिजेको मैदानमा बललाई ‘ग्रिप’ गर्न गाह्रो हुने भएकाले पनि नेपाली बलरहरूलाई बेफाइदा भएको थियो । जसको फाइदा रोहित र गिलले उठाउनुभएको हो ।

नेपालको उल्लेखनीय ब्याटिङ

पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आव्रmमणमा धराशायी हुने संशय थियो । तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आव्रmमणमा प्रशंसालायक ब्याटिङ गरे ।

पहिलो पावर प्लेमा भारतविरुद्ध नेपाल नै हाबी थियो । नेपालले दस ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएर पहिलो पावर प्ले सकायो । पहिलो पावर प्लेको अन्तिम ओभरमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल शार्दूल ठाकुरको बलिङमा विकेटकिपर इशान किशनद्वारा क्याच आउट हुनुभयो । यद्यपि भुर्तेलले आउट हुनुअघि २५ बलमा ३८ रनको विस्फोटक पालि खेलेर सबैको मन जित्नुभयो । उहाँको पालिमा तीन चौका र दुई छक्का सामेल थियो ।

यस पालिको दौरान भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय व्रिmकेटमा एक हजार रन पूरा गर्नुभएको छ । भुर्तेलको एकदिवसीय अन्तर्राष्ट्रिय रन १०३२ मा पुगेको छ । नेपालका लागि एक हजार रनको कोसेढुङ्गामा छुने भुर्तेल रोहित पौडेल र आसिफ सेखपछि तेस्रो ब्याट्सम्यान हुनुहुन्छ ।

अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखको ब्याटिङ पनि उत्तिकै सम्झन लायक रह्यो । आसिफ ९७ बल खेलेर आठ चौकासहित सर्वाधिक ५८ रन बनाएपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट हुनुभयो । यद्यपि भारतविरुद्ध बनाएको रन आसिफको अन्तर्राष्ट्रिय एकदिवसीय व्रिmकेटमा दशौँ अर्धशतक भएको छ । 

यसअघि कोहलीले नै आसिफलाई एक रनमा जीवनदान दिनुभएको थियो । सो बेला अभाग्यशाली बलर सिराज नै हुनुहुन्थ्यो ।

आसिफ मात्र होइन भुर्तेलले पनि भारतीय टिमको खराब फिल्डिङको भरपुर फाइदा उठाउनुभएको हो । मोहम्मद सामीको पहिलो ओभरमा अन्तिम बलमा भुर्तेलको क्याच पहिलो स्लिपमा श्रेयर एयरले छोड्नुभएको थियो । दोस्रो ओभरको पहिलो बलमा आसिफ सेखलाई विराट कोहलीले जीवनदान दिनुभयो । सो समय मोहम्मद सिराज अभागी बलर हुनुहुन्थ्यो । यसै गरी पाँचौँ ओभरमा भुर्तेललाई भारतीय विकेटकिपर इशान किशनले जीवनदान दिनुभएको थियो ।

आसिफ आउट हुनुअघि नेपालले भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई फटाफट गुमाएको थियो । स्पिनर रवीन्द्र जडेजाले सङ्कटमा रहेको भारतलाई खेलमा फर्काउनुभएको थियो । जडेजाले भीम (७ रन), रोहित (५) र कुशल (२) लाई आउट गरेर नेपालको मध्यक्रम धराशायी पार्नुभएको हो । तर नेपाली ब्याट्सम्यानले पाकिस्तानविरुद्धको खेलमा जस्तो हिम्मत हारेनन् । नेपाली ब्याट्सम्यानको मनोवृत्ति सुरुदेखि अन्तसम्म निकै सकारात्मक रह्यो । विकेट लगातार निस्किए पनि सट खेल्न छोडेनन् । अलराउन्डरहरू सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले १४४ रनमै छ विकेट गुमाएको नेपालको पालिलाई सम्मानजनक स्कोरसम्म पु¥याउनुभयो । सोमपाल दुई रनले अर्धशतक बनाउनबाट चुक्नुभयो । सोमपाल ४८ रनमा छँदा तेज बलर मोहम्मद सामीको सिकार बन्नुभयो । उहाँको पालिमा एक चौका र दुई छक्का सामेल थियो ।

दीपेन्द्रले भारतका उपकप्तान हार्दिक पान्ड्याको बलिङमा एलबिडब्ल्यू आउट हुनुअघि २५ बलमा तीन चौकासहित २९ रनको महìवपूर्ण पालि खेल्नुभयो । १७ वर्षीय गुल्सनले पनि २३ रनको उपयोगी पालि खेल्नुभयो ।गोरखापत्र अनलाइन बाट

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg