pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

भारतसँग हार्दा पनी नेपालको प्रशंसा

Untitled-1-Recovered-1693882891.jpg

काठमाडौँ, भदौ १९ गते । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व व्रिmकेटमा आफ्नो छवि उच्च पारेको छ ।

भारतीय कप्तान रोहित शर्माले टस जितेपछि आफ्ना बलरहरूलाई अभ्यास हुने भन्दै नेपाललाई ब्याटिङका लागि निमन्त्रणा दिनुभयो । नेपालले पहिले ब्याटिङ गरेर ४८.१ ओभरमा २३० रन बनायो । जुन श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा चुनौतीपूर्ण लक्ष्य थियो । भारतले जवाफमा २.१ ओभरमा बिना विकेटको क्षतिमा १७ रन बनाउँदा वर्षाले खेल रोकियो । त्यसपछि भारतले डकवर्थ लुइसको नियम अनुसार २३ ओभरमा १४५ रन बनाउनुपर्ने संशोधित लक्ष्य पाएको थियो । भारतले २०.१ ओभरमा बिना विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल ग-यो ।

यस नतिजाले भारतलाई समूह ए उपविजेताको हैसियतमा सुपर फोरमा पु-यायो भने नेपाल घर फर्कने भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । भारत र पाकिस्तान बिचको खेल पनि वर्षाले रद्द भएपछि दुवै टिमले अङ्क बाँडेका थिए ।

भारतीय कप्तान रोहितले ५९ बलमा छ चौका र पाँच छक्कासहित अविजत ७४ रन बनाउनुभयो । गिल पनि ६२ बलमा ६७ रन बनाएर आउट हुनुभएन । उहाँको पालिमा आठ चौका र एक छक्का सामेल थियो । पानीले भिजेको मैदानमा बललाई ‘ग्रिप’ गर्न गाह्रो हुने भएकाले पनि नेपाली बलरहरूलाई बेफाइदा भएको थियो । जसको फाइदा रोहित र गिलले उठाउनुभएको हो ।

नेपालको उल्लेखनीय ब्याटिङ

पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आव्रmमणमा धराशायी हुने संशय थियो । तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आव्रmमणमा प्रशंसालायक ब्याटिङ गरे ।

पहिलो पावर प्लेमा भारतविरुद्ध नेपाल नै हाबी थियो । नेपालले दस ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएर पहिलो पावर प्ले सकायो । पहिलो पावर प्लेको अन्तिम ओभरमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल शार्दूल ठाकुरको बलिङमा विकेटकिपर इशान किशनद्वारा क्याच आउट हुनुभयो । यद्यपि भुर्तेलले आउट हुनुअघि २५ बलमा ३८ रनको विस्फोटक पालि खेलेर सबैको मन जित्नुभयो । उहाँको पालिमा तीन चौका र दुई छक्का सामेल थियो ।

यस पालिको दौरान भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय व्रिmकेटमा एक हजार रन पूरा गर्नुभएको छ । भुर्तेलको एकदिवसीय अन्तर्राष्ट्रिय रन १०३२ मा पुगेको छ । नेपालका लागि एक हजार रनको कोसेढुङ्गामा छुने भुर्तेल रोहित पौडेल र आसिफ सेखपछि तेस्रो ब्याट्सम्यान हुनुहुन्छ ।

अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखको ब्याटिङ पनि उत्तिकै सम्झन लायक रह्यो । आसिफ ९७ बल खेलेर आठ चौकासहित सर्वाधिक ५८ रन बनाएपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट हुनुभयो । यद्यपि भारतविरुद्ध बनाएको रन आसिफको अन्तर्राष्ट्रिय एकदिवसीय व्रिmकेटमा दशौँ अर्धशतक भएको छ । 

यसअघि कोहलीले नै आसिफलाई एक रनमा जीवनदान दिनुभएको थियो । सो बेला अभाग्यशाली बलर सिराज नै हुनुहुन्थ्यो ।

आसिफ मात्र होइन भुर्तेलले पनि भारतीय टिमको खराब फिल्डिङको भरपुर फाइदा उठाउनुभएको हो । मोहम्मद सामीको पहिलो ओभरमा अन्तिम बलमा भुर्तेलको क्याच पहिलो स्लिपमा श्रेयर एयरले छोड्नुभएको थियो । दोस्रो ओभरको पहिलो बलमा आसिफ सेखलाई विराट कोहलीले जीवनदान दिनुभयो । सो समय मोहम्मद सिराज अभागी बलर हुनुहुन्थ्यो । यसै गरी पाँचौँ ओभरमा भुर्तेललाई भारतीय विकेटकिपर इशान किशनले जीवनदान दिनुभएको थियो ।

आसिफ आउट हुनुअघि नेपालले भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई फटाफट गुमाएको थियो । स्पिनर रवीन्द्र जडेजाले सङ्कटमा रहेको भारतलाई खेलमा फर्काउनुभएको थियो । जडेजाले भीम (७ रन), रोहित (५) र कुशल (२) लाई आउट गरेर नेपालको मध्यक्रम धराशायी पार्नुभएको हो । तर नेपाली ब्याट्सम्यानले पाकिस्तानविरुद्धको खेलमा जस्तो हिम्मत हारेनन् । नेपाली ब्याट्सम्यानको मनोवृत्ति सुरुदेखि अन्तसम्म निकै सकारात्मक रह्यो । विकेट लगातार निस्किए पनि सट खेल्न छोडेनन् । अलराउन्डरहरू सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले १४४ रनमै छ विकेट गुमाएको नेपालको पालिलाई सम्मानजनक स्कोरसम्म पु¥याउनुभयो । सोमपाल दुई रनले अर्धशतक बनाउनबाट चुक्नुभयो । सोमपाल ४८ रनमा छँदा तेज बलर मोहम्मद सामीको सिकार बन्नुभयो । उहाँको पालिमा एक चौका र दुई छक्का सामेल थियो ।

दीपेन्द्रले भारतका उपकप्तान हार्दिक पान्ड्याको बलिङमा एलबिडब्ल्यू आउट हुनुअघि २५ बलमा तीन चौकासहित २९ रनको महìवपूर्ण पालि खेल्नुभयो । १७ वर्षीय गुल्सनले पनि २३ रनको उपयोगी पालि खेल्नुभयो ।गोरखापत्र अनलाइन बाट

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...