pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन

icc-12-1700446240.jpg

 घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो । 

यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको थियो । तर त्यसपछि भारत विश्वकपमा सँधै निराश मात्र बन्दैआएको छ । यसपालि भारत सबै दस खेल जितेर फाइनलमा पुगे पनि अन्तिम बाधाको रुपमा रहेको अस्ट्रेलियालाई हराउन नसक्दा च्याम्पियन बन्न सकेन । विश्वकप क्रिकेट फाइनल हेर्न कीर्तिमान दर्शकबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसको पनि उपस्थिति रहेको थियो । 

अस्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गरेको भारतलाई २४० रनमा अलआउट गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान ट्भिस हेडले १३७ रनको शतकीय पालि खेलेपछि अस्ट्रेलियाले सात ओभर बाँकी छँदै चार विकेटको क्षतिमा २४१ रन बनाएर लक्ष्य हासिल गर्न सफल भयो । मार्नस लाबुस्चेले पनि अविजित ५८ रन बनाएर अस्ट्रेलियालाई विश्व विजेता बनाउन महत्वपूर्णं भूमिका खेल्नुभयो । हेड र लाबुस्चेबीच चौथो विकेटका लागि १९२ रनको साझेदारी बनेको थियो ।

यसअघि, लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सात ओभरमा ४७ रन बन्दा तीन विकेट गुमाएपछि भारत खेलमा फर्किने सम्भावना देखिएको थियो । पछिल्लो विश्वकपको फाइनलमा पनि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २४१ रन बनाएको थियो । इङगल्यान्डले जवाफमा २४१ रन नै बनायो । त्यसपछि इङ्गल्यान्ड सुपर ओभरमा खेल जितेर च्याम्पियन बनेको थियो । तर कमजोर बलिङका कारण भारतले पछिल्लो फाइनलको रोमाञ्च  दोहर्याउन सकेन । भारत यस प्रतियोगितामा लगातार दस खेल जितेर फाइनलमा पुगेको थियो । त्यसैले भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । तर भारतले तेस्रो पटक विश्वकप उपाधि जित्न सकेन । 

यसअघि अनुशासित बलिङको सामना भारतले उचित तरिकाले गर्न सकेन । भारतका कप्तान रोहित शर्माले ४७ रनको तेज पालि खेलेर घरेलु टिमलाई तेज सुरुआत दिलाउनुभएको थियो । उहाँले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गर्दे ४७ रन बनाउनुभयो । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल भने चार रनमै आउट हुनुभएको थियो । रोहित आउट भएपछि भारतको ब्याटिङले सङ्घर्ष गरेको थियो । सुस्त पिचमा टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य भारतले ११ औँ ओभरमा ८१ रन बन्दा तीन विकेट गुमाएको थियो । भारतले अन्तिम पाँच विकेट पनि ८।३ ओभरमा मात्र ३७ रनमा गुमायो । 

विराट कोहली र लोकेश राहुलले अर्धशतकीय पालि खेलेर भारतलाई सम्माजनक स्कोरसम्म पुगाउनुभएको हो । कोहलीले (५४) यस विश्वकपमा अर्को अर्धशतकीय पालि खेल्नुभयो । भारतका लागि सर्वाधिक रन लोकेश राहुलले बनाउनुभयो । उहाँको ब्याट्बाट ६६ रन आएको थियो । 

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले यस प्रतियोगितामा सर्वाधिक रन बनाउने कोहलीका साथै र लयमा रहेका श्रेयर एयरलाई आउट गर्नुभयो । अर्का तेज बलर मिचेल स्टार्कले तीन ब्याट्सम्यानलाई आउट गर्नुभयो । तेज बलर जोस हेजलउडले पनि पुछारका दुई ब्याट्सम्यानलाई पवेलियन फर्काएर भारतको पालि समाप्त गर्नुभयो ।

कोहली ११ खेलमा ७६५ रन बनाएर एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्नुभयो । उहाँले सचित तेन्दुलकरको कीर्तिमान भङ्ग गर्नुभएको हो । तेन्दुलकरले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ११ खेलमै ६७३ रन बनाउनुभएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg