pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन

icc-12-1700446240.jpg

 घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो । 

यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको थियो । तर त्यसपछि भारत विश्वकपमा सँधै निराश मात्र बन्दैआएको छ । यसपालि भारत सबै दस खेल जितेर फाइनलमा पुगे पनि अन्तिम बाधाको रुपमा रहेको अस्ट्रेलियालाई हराउन नसक्दा च्याम्पियन बन्न सकेन । विश्वकप क्रिकेट फाइनल हेर्न कीर्तिमान दर्शकबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसको पनि उपस्थिति रहेको थियो । 

अस्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गरेको भारतलाई २४० रनमा अलआउट गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान ट्भिस हेडले १३७ रनको शतकीय पालि खेलेपछि अस्ट्रेलियाले सात ओभर बाँकी छँदै चार विकेटको क्षतिमा २४१ रन बनाएर लक्ष्य हासिल गर्न सफल भयो । मार्नस लाबुस्चेले पनि अविजित ५८ रन बनाएर अस्ट्रेलियालाई विश्व विजेता बनाउन महत्वपूर्णं भूमिका खेल्नुभयो । हेड र लाबुस्चेबीच चौथो विकेटका लागि १९२ रनको साझेदारी बनेको थियो ।

यसअघि, लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सात ओभरमा ४७ रन बन्दा तीन विकेट गुमाएपछि भारत खेलमा फर्किने सम्भावना देखिएको थियो । पछिल्लो विश्वकपको फाइनलमा पनि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २४१ रन बनाएको थियो । इङगल्यान्डले जवाफमा २४१ रन नै बनायो । त्यसपछि इङ्गल्यान्ड सुपर ओभरमा खेल जितेर च्याम्पियन बनेको थियो । तर कमजोर बलिङका कारण भारतले पछिल्लो फाइनलको रोमाञ्च  दोहर्याउन सकेन । भारत यस प्रतियोगितामा लगातार दस खेल जितेर फाइनलमा पुगेको थियो । त्यसैले भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । तर भारतले तेस्रो पटक विश्वकप उपाधि जित्न सकेन । 

यसअघि अनुशासित बलिङको सामना भारतले उचित तरिकाले गर्न सकेन । भारतका कप्तान रोहित शर्माले ४७ रनको तेज पालि खेलेर घरेलु टिमलाई तेज सुरुआत दिलाउनुभएको थियो । उहाँले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गर्दे ४७ रन बनाउनुभयो । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल भने चार रनमै आउट हुनुभएको थियो । रोहित आउट भएपछि भारतको ब्याटिङले सङ्घर्ष गरेको थियो । सुस्त पिचमा टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य भारतले ११ औँ ओभरमा ८१ रन बन्दा तीन विकेट गुमाएको थियो । भारतले अन्तिम पाँच विकेट पनि ८।३ ओभरमा मात्र ३७ रनमा गुमायो । 

विराट कोहली र लोकेश राहुलले अर्धशतकीय पालि खेलेर भारतलाई सम्माजनक स्कोरसम्म पुगाउनुभएको हो । कोहलीले (५४) यस विश्वकपमा अर्को अर्धशतकीय पालि खेल्नुभयो । भारतका लागि सर्वाधिक रन लोकेश राहुलले बनाउनुभयो । उहाँको ब्याट्बाट ६६ रन आएको थियो । 

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले यस प्रतियोगितामा सर्वाधिक रन बनाउने कोहलीका साथै र लयमा रहेका श्रेयर एयरलाई आउट गर्नुभयो । अर्का तेज बलर मिचेल स्टार्कले तीन ब्याट्सम्यानलाई आउट गर्नुभयो । तेज बलर जोस हेजलउडले पनि पुछारका दुई ब्याट्सम्यानलाई पवेलियन फर्काएर भारतको पालि समाप्त गर्नुभयो ।

कोहली ११ खेलमा ७६५ रन बनाएर एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्नुभयो । उहाँले सचित तेन्दुलकरको कीर्तिमान भङ्ग गर्नुभएको हो । तेन्दुलकरले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ११ खेलमै ६७३ रन बनाउनुभएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...