pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

भारतमा फेरि बढ्दै कोरोना संक्रमण, नेपाल कति जोखिममा?

coronavirus1608954256-1654501314.jpg

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। आइतबार मात्र २ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

त्यही दिन २१४ जनाको मृत्यु समेत भयो। यो संख्या शनिबारको तुलनामा ८९ दशमलव ८ प्रतिशतले बढी हो। शनिबार भारतमा १ हजार १५० जनामा संक्रमण पुष्टि भएको थियो। 

नेपालमा भने हाल कोरोना संक्रमणको अवस्था सामान्य छ। गत २४ घण्टामा ४ हजार ६८१ जनाको परीक्षण हुँदा १० जनामा संक्रमण पुष्टि भयो। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या मात्र ३५० छ। 

नेपालमा कोरोना संक्रमणदर शून्य दशमलव २१ प्रतिशत मात्र छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ।

भारतमा मात्र नभई चीनमा पनि पुनः कोरोना संक्रमण बढ्न थालेको छ। भारत र चीनमा संक्रमण फेरि पनि बढ्न थाल्नु नेपालको लागि चिन्ताको विषय भएको विज्ञहरु बताउँछन्। तर भारतमा पुनः कोरोना बढ्नुको यकिन कारण हालसम्म थाहा नभएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। कुन भेरियन्ट यसको जिम्मेवार छ भन्ने कुरा अहिले नै भन्न नसकिने उनले बताए। 

उनले भने, ‘भारसले पुनः संक्रमण गर्ने अवस्था त रहन्छ। यसमा दुई मत रहेन। तर दोस्रो लहरको जस्तो अवस्था आउने संभावना म देख्दिन।’

डा पुन धेरै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएको र अधिकांश संक्रमित भइसकेकाले पनि पुनः भयावह स्थिति आउने संभावना कम देख्छन्। तर ओमिक्रोन भेरियन्टले निम्त्याएको तेस्रो लहरको जस्तो अवस्था भने आउन सक्ने उनको अनुमान छ। तेस्रो लहरमा धेरै व्यक्ति संक्रमित भएपनि अस्पताल भर्ना हुने र मृत्युदर हुने दर कम देखिएको थियो। 

‘यदी संक्रमण नयाँ तरिकाले नयाँ स्वरुपमा देखिए पनि तेस्रो लहरको मोडलमा जाला भन्ने मेरो अनुमान हो।’ उनले भने, ‘दोस्रो लहर र अहिलेको समयमा धेरै परिवर्तन आइसक्यो। दोस्रो लहरसम्म धेरैले खोप लगाउन पाएका थिएनन्। तर अहिले धेरैले खोप लगाइसकेका छन्। धेरै व्यक्ति संक्रमित भइसकेका छन्।’

वैशाख ३० गते हुन लागेको चुनावले पनि संक्रमणको जोखिमलाई बढाउन सक्ने डा पुन बताउँछन्। ज्येष्ठ नागरिक, खोप नलगाएका व्यक्ति र दीर्घ रोगीहरु कोरोनाको सधै जोखिममा रहने उनले बताए। खोप लगाउन छुटेका लक्षित वर्गहरुलाई सरकारले खोजी गरेर भएपनि खोप लगाउनुपर्ने उनको सुझाव छ। 

खोप अभियान सुरु भएदेखि अहिलेसम्म ४ करोड ६ लाख ५१ हजार १८८ मात्रा खोप लगाइएको छ। कुल जनसंख्याको १ करोड ९३ लाख ८२ हजार १७६ (६६.४ प्रतिशत) ले पूर्ण मात्रा र २ करोड २१ लाख ५६ हजार १३१ (७५.९ प्रतिशत) ले कम्तीमा एक मात्रा खोप लगाएका छन्। 

भारतमा कोरोना संक्रमण बढ्न थाल्नु नेपालको लागि चिन्ताको विषय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्। 

‘भारतमा संक्रमण बढेपछि नेपाल जोखिममा पर्छ नै। पहिलो, दोस्रो र तेस्रो लहरको अनुभव पनि यही नै छ। भारतमा संक्रमण बढ्ने बित्तिकै केही समयमा नेपालमा पनि बढ्न सक्छ।’ उनले भने। 

नेपालमा कोरोना संक्रमण बढ्न नदिन निगरानी तथा खोपको पहुँच बढाउने कामलाई नै तिव्रता दिइने उनले बताए। खोप लगाउन छुटेकाले तत्काल खोप लगाउन उनको आग्रह छ। साथै जोखिम सधै हुने भएकाले मास्कको प्रयोग, सामाजिक दूरी कायम जस्ता जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयको अपिल छ। 

उनले भने, ‘अहिले पनि सावधानी त अपनाउनु नै पर्छ। खोप लगाउन छुट्नु भएको छ भने खोप लगाउन हामी आग्रह गर्छौ। मास्क लगाउने गरौँ, भीडभाडमा जाने काम नगरौँ।’

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg