himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

भारतमा फेरि बढ्दै कोरोना संक्रमण, नेपाल कति जोखिममा?

coronavirus1608954256-1654501314.jpg

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। आइतबार मात्र २ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

त्यही दिन २१४ जनाको मृत्यु समेत भयो। यो संख्या शनिबारको तुलनामा ८९ दशमलव ८ प्रतिशतले बढी हो। शनिबार भारतमा १ हजार १५० जनामा संक्रमण पुष्टि भएको थियो। 

नेपालमा भने हाल कोरोना संक्रमणको अवस्था सामान्य छ। गत २४ घण्टामा ४ हजार ६८१ जनाको परीक्षण हुँदा १० जनामा संक्रमण पुष्टि भयो। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या मात्र ३५० छ। 

नेपालमा कोरोना संक्रमणदर शून्य दशमलव २१ प्रतिशत मात्र छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ।

भारतमा मात्र नभई चीनमा पनि पुनः कोरोना संक्रमण बढ्न थालेको छ। भारत र चीनमा संक्रमण फेरि पनि बढ्न थाल्नु नेपालको लागि चिन्ताको विषय भएको विज्ञहरु बताउँछन्। तर भारतमा पुनः कोरोना बढ्नुको यकिन कारण हालसम्म थाहा नभएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। कुन भेरियन्ट यसको जिम्मेवार छ भन्ने कुरा अहिले नै भन्न नसकिने उनले बताए। 

उनले भने, ‘भारसले पुनः संक्रमण गर्ने अवस्था त रहन्छ। यसमा दुई मत रहेन। तर दोस्रो लहरको जस्तो अवस्था आउने संभावना म देख्दिन।’

डा पुन धेरै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएको र अधिकांश संक्रमित भइसकेकाले पनि पुनः भयावह स्थिति आउने संभावना कम देख्छन्। तर ओमिक्रोन भेरियन्टले निम्त्याएको तेस्रो लहरको जस्तो अवस्था भने आउन सक्ने उनको अनुमान छ। तेस्रो लहरमा धेरै व्यक्ति संक्रमित भएपनि अस्पताल भर्ना हुने र मृत्युदर हुने दर कम देखिएको थियो। 

‘यदी संक्रमण नयाँ तरिकाले नयाँ स्वरुपमा देखिए पनि तेस्रो लहरको मोडलमा जाला भन्ने मेरो अनुमान हो।’ उनले भने, ‘दोस्रो लहर र अहिलेको समयमा धेरै परिवर्तन आइसक्यो। दोस्रो लहरसम्म धेरैले खोप लगाउन पाएका थिएनन्। तर अहिले धेरैले खोप लगाइसकेका छन्। धेरै व्यक्ति संक्रमित भइसकेका छन्।’

वैशाख ३० गते हुन लागेको चुनावले पनि संक्रमणको जोखिमलाई बढाउन सक्ने डा पुन बताउँछन्। ज्येष्ठ नागरिक, खोप नलगाएका व्यक्ति र दीर्घ रोगीहरु कोरोनाको सधै जोखिममा रहने उनले बताए। खोप लगाउन छुटेका लक्षित वर्गहरुलाई सरकारले खोजी गरेर भएपनि खोप लगाउनुपर्ने उनको सुझाव छ। 

खोप अभियान सुरु भएदेखि अहिलेसम्म ४ करोड ६ लाख ५१ हजार १८८ मात्रा खोप लगाइएको छ। कुल जनसंख्याको १ करोड ९३ लाख ८२ हजार १७६ (६६.४ प्रतिशत) ले पूर्ण मात्रा र २ करोड २१ लाख ५६ हजार १३१ (७५.९ प्रतिशत) ले कम्तीमा एक मात्रा खोप लगाएका छन्। 

भारतमा कोरोना संक्रमण बढ्न थाल्नु नेपालको लागि चिन्ताको विषय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्। 

‘भारतमा संक्रमण बढेपछि नेपाल जोखिममा पर्छ नै। पहिलो, दोस्रो र तेस्रो लहरको अनुभव पनि यही नै छ। भारतमा संक्रमण बढ्ने बित्तिकै केही समयमा नेपालमा पनि बढ्न सक्छ।’ उनले भने। 

नेपालमा कोरोना संक्रमण बढ्न नदिन निगरानी तथा खोपको पहुँच बढाउने कामलाई नै तिव्रता दिइने उनले बताए। खोप लगाउन छुटेकाले तत्काल खोप लगाउन उनको आग्रह छ। साथै जोखिम सधै हुने भएकाले मास्कको प्रयोग, सामाजिक दूरी कायम जस्ता जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयको अपिल छ। 

उनले भने, ‘अहिले पनि सावधानी त अपनाउनु नै पर्छ। खोप लगाउन छुट्नु भएको छ भने खोप लगाउन हामी आग्रह गर्छौ। मास्क लगाउने गरौँ, भीडभाडमा जाने काम नगरौँ।’

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg