Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

भान्सामै छ कोरोनासँग लड्ने ‘अचूक औषधि’

jadibuti1-1600499924.jpg

 आम नेपालीले भान्छामै प्रयोग गर्ने विभिन्न खाले मसलाहरूले कोरोनासँग लड्ने अचुक औषधिका रूपमा काम गर्न सक्ने डा। रामआधार यादवले बताएका छन्।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा‍‍. यादवले हामीले भान्छामा प्रयोग गर्दै आएका सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायतको नियमित सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुर्‍याउने उनले बताए।

क्रियाशील पत्रकार महिला ९डब्लुडब्लुजे०ले बेलायतको बर्नमाउथ विश्वविद्यालयको सहयोगमा आयोजना गरेको कार्यक्रममा डा। यादवले जडिबुटीका प्रयोगले कसरी कोरोनाबाट बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराए।

विशेषगरी उमेर पुगेका पाका ब्यक्ति र दिर्घ रोगीहरूलाई कोरोनाको जोखिम बढी हुने भएकाले गुर्जोको सेवन अमृतसमान हुने पनि उनले जानकारी दिए।

गुर्जो तीतो हुने हुँदा यसलाई सेवन गर्दा रक्तचाप घट्छ भन्ने आम धारणा गलत रहेको पनि उनले औंल्याए। त्यसैगरी कोरोना लाग्दा श्वासप्रश्वासमा अप्ठेरो पर्ने भएकाले यस्तो समस्या हुनै नदिन असुरोको पातको काँडा बनाएर सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्ने उनको भनाइ छ।

कोरोना पोजेटिभ देखिएका बिरामीहरूसँग भौतिक दुरी कायम राखे पनि भावनात्मक दुरी भने कायम राख्न नहुने उनको धारणा छ । डा। यादवले भने, ‘उनीहरूलाई ढाडस र शाहस प्रदान गरेर विरामीको सँधै मनोबल उच्च राख्नुपर्छ।’

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम भएको बताउँदै सकेसम्म फ्रिजमा राखेको खानेकुरा नखाने, सकेसम्म ताजा बनाएर खाने बानी बसाल्ने, भान्छा प्रयोग हुने ७० प्रतिसतभन्दा बढी मसलामा औषधिजन्य गुण हुने भएकाले त्यसको प्रयोग गर्नेआदि गर्नुपर्ने उनको सुझाव छ।

उनले भने ‘कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग ब्यापक बनेको छ। तर घर र कार्यालय जहाँ साबुन पानी पाइन्छ, त्यस्ता ठाउँमा स्यानिटाइजर प्रयोग गर्नुभन्दा सकेसम्म साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ।’

कार्यक्रममा संस्थाकी उपाध्यक्ष निर्मला आचार्यको जिज्ञासामा डा। यादवले हालसम्म कीर्तिपुर अस्पतालमा २९६ जना बिरामी आएकामा २०९ जनाको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको बताए।

पोजेटिभ देखिएका बिरामीलाई पुन एक सातापछि अर्को परीक्षण गराउने गरिएको पनि उनले जानकारी दिए । हालसम्म कोरोना निको भइ नेगेटिभ देखिएर १८४ जना घर फर्किसकेका पनि उनले बताए।

कार्यक्रममा‍ पत्रकार लीला शाहले आफ्नै घर आगँनमा पाइने र पैसा पनि नपर्ने जडिबुटीले पनि कोरोनालाई परै राख्न सहयोग पुर्याउने ज्ञान डा।यादवमार्फत पाएको प्रतिक्रिया दिइन्।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...