jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

बुढो बेर्ना,गाठे रोग र प्रतिकुल मौसमको कारण काउली १० दिनमै फुल्यो-कृषि प्राविधिक

FB_IMG_1686651164424-1686654316.jpg

जेष्ठ २९ गते थाहा नगरपालिका वडा नं ३ शिखरकोटकी किसान रुकु रायमाझीले लगाएको काउलिको बिरुवा  १० दिनमा काउली फुल्यो भन्ने समाचार थाहापाटिमा प्रकाशित भएपछी थाहा नगरपालिका कृषि शाखाले छानवीन नै गरेको छ।
 गुनासोको छानविन गर्न भनी थाहा नगरपालिका कृषि विकास शाखाबाट मिति  साल जेष्ठ ३० गते कृषि अधिकृत विकास वि क, प्रा.स. बालकुमारी भट्टराई, ना.प्रा.स. राजकुमार श्रेष्ठ र वडा प्राविधिकहरु रोहिणी स्याङ्गतान र विनिता विष्ट सहितको टोलिले  स्थलगत निरिक्षण गरेको कृषि शाखाले जानकारी दिएको छ । 


नगर कृषि शाखाबाट निरीक्षणको क्रममा कृषकसँग सोधपुछ गरी बुझदा कृषकले  ह्वाईट टप  (अगौटे) जातको काउली लगाएको पाइयको र त्यहाँ देखिएका केही समस्याहरुमा ६० दिने ह्वाईट टप काउलीको बेर्ना लाई १ महिना भन्दा बढी  बुढो बेर्ना सारेकोले समस्या आएको कृषि अधिकृत विकास विकले बताउनुभयो । अधिकृत विककाअनुसार  बिउ राख्ने,उमार्ने,ब्याडमानै गाँठे रोगको सँक्रमण रहेको र  केही समयदेखि लगातारको खडेरी र उच्च तापक्रमको प्रभावका कारण बिरुवा बढ्न नसकेको र अहिलेको बाली भन्दा अघि गँहु लगाएको तथा  पर्याप्त मलखाद पनि नपुगेको हुँदा यस्तो समस्या आयको बताउदै पुजा एग्रोभेटबाट खरिद गरि ल्याएको बीउमा रहेको यथार्थ संकेतपत्रअनुसार बीउ म्याद ननाघेको र उमारशक्ति पनि सहि रहेको बताए । 


कृषि अधिकृत (कृषि स्नातक) विकास वि क ले  कृषकले पनि सम्बन्धित वडा कृषि प्राविधिकमार्फत वा प्रत्यक्षरुपमा नगरको कृषि विकास शाखाबाट आफना खेतबारीमा विधमान प्राविधिक समस्याहरुबारे सल्लाह लिन आग्रह गर्दै  हाल कृषकको फिल्ड अनुगमनबाट समस्याहरु यकिन गरि सुझावहरु प्रदान गरिदै आएको कुरा जानकारी गराउनुभएको छ ।
 कृषि विकास अधिकृत सँजय तिवारीले आगामी दिनमा थाहा नगरभित्र प्राविधिक सेवा तथा अनुदानका कार्यक्रमहरुलाई सर्वहारा कृषक वर्गलाई सम्बोधन गर्ने र सहज बनाउन लागिपरिरहेको उल्लेख गर्दै  हाल विधमान सामाजिक सँजालमा थाहाको कृषि क्षेत्रमा कृषि विकास शाखाले कुनै पहल नगरेको भनि प्रोपागाण्डा जस्ता समाचारहरु फैलिएको र सत्यतथ्यरहित समाचारले खबरदारी भन्दा पनि भ्रम फैलाँउने बताए।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...