pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

बुढो बेर्ना,गाठे रोग र प्रतिकुल मौसमको कारण काउली १० दिनमै फुल्यो-कृषि प्राविधिक

FB_IMG_1686651164424-1686654316.jpg

जेष्ठ २९ गते थाहा नगरपालिका वडा नं ३ शिखरकोटकी किसान रुकु रायमाझीले लगाएको काउलिको बिरुवा  १० दिनमा काउली फुल्यो भन्ने समाचार थाहापाटिमा प्रकाशित भएपछी थाहा नगरपालिका कृषि शाखाले छानवीन नै गरेको छ।
 गुनासोको छानविन गर्न भनी थाहा नगरपालिका कृषि विकास शाखाबाट मिति  साल जेष्ठ ३० गते कृषि अधिकृत विकास वि क, प्रा.स. बालकुमारी भट्टराई, ना.प्रा.स. राजकुमार श्रेष्ठ र वडा प्राविधिकहरु रोहिणी स्याङ्गतान र विनिता विष्ट सहितको टोलिले  स्थलगत निरिक्षण गरेको कृषि शाखाले जानकारी दिएको छ । 


नगर कृषि शाखाबाट निरीक्षणको क्रममा कृषकसँग सोधपुछ गरी बुझदा कृषकले  ह्वाईट टप  (अगौटे) जातको काउली लगाएको पाइयको र त्यहाँ देखिएका केही समस्याहरुमा ६० दिने ह्वाईट टप काउलीको बेर्ना लाई १ महिना भन्दा बढी  बुढो बेर्ना सारेकोले समस्या आएको कृषि अधिकृत विकास विकले बताउनुभयो । अधिकृत विककाअनुसार  बिउ राख्ने,उमार्ने,ब्याडमानै गाँठे रोगको सँक्रमण रहेको र  केही समयदेखि लगातारको खडेरी र उच्च तापक्रमको प्रभावका कारण बिरुवा बढ्न नसकेको र अहिलेको बाली भन्दा अघि गँहु लगाएको तथा  पर्याप्त मलखाद पनि नपुगेको हुँदा यस्तो समस्या आयको बताउदै पुजा एग्रोभेटबाट खरिद गरि ल्याएको बीउमा रहेको यथार्थ संकेतपत्रअनुसार बीउ म्याद ननाघेको र उमारशक्ति पनि सहि रहेको बताए । 


कृषि अधिकृत (कृषि स्नातक) विकास वि क ले  कृषकले पनि सम्बन्धित वडा कृषि प्राविधिकमार्फत वा प्रत्यक्षरुपमा नगरको कृषि विकास शाखाबाट आफना खेतबारीमा विधमान प्राविधिक समस्याहरुबारे सल्लाह लिन आग्रह गर्दै  हाल कृषकको फिल्ड अनुगमनबाट समस्याहरु यकिन गरि सुझावहरु प्रदान गरिदै आएको कुरा जानकारी गराउनुभएको छ ।
 कृषि विकास अधिकृत सँजय तिवारीले आगामी दिनमा थाहा नगरभित्र प्राविधिक सेवा तथा अनुदानका कार्यक्रमहरुलाई सर्वहारा कृषक वर्गलाई सम्बोधन गर्ने र सहज बनाउन लागिपरिरहेको उल्लेख गर्दै  हाल विधमान सामाजिक सँजालमा थाहाको कृषि क्षेत्रमा कृषि विकास शाखाले कुनै पहल नगरेको भनि प्रोपागाण्डा जस्ता समाचारहरु फैलिएको र सत्यतथ्यरहित समाचारले खबरदारी भन्दा पनि भ्रम फैलाँउने बताए।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg