udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

खेल

बिनयबाबु स्मृति भलिबलको उपाधी मंगलेश्वर युवा क्लवलाई

fa2-1699880992.jpg

थाहामा जारी छैटौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी मंगलेश्वर युवा क्लव थाहा २ भाङ्खोरियाले हात पारेको छ।
२७ कार्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटमा हराउदै मंगलेश्वरले उपाधी उचालेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा मंगलेश्वरले आयोजकलाई २५-१९,२५-२२ र २५ - २३ को सोझो सेटमा पराजित गर्यो।
उपाधी संगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
बिजेता खेलाडी तथा बिधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी मकवानपुर क्षेत्र न २ का संघिय सांसद महेश वर्तौला तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी ,उत्कृष्ट डिफेन्डर रोशन गोपाली,उत्कृष्ट स्पाइकर कुशल लामा र उत्कृष्ट सेटर उत्सव आले तथा उत्कृष्ट नव प्रतिभा खेलाडी सुजल कार्की हुन सफल रहे उत्कृष्ट खेलाडी हरुलाइ  नगदसहित मेडल प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी संघीय सांसद महेश वर्तौला,थाहा नगर प्रमुख बिष्णु बिष्ट,वडा न १ का अध्यक्ष हेरमान गोपाली,२ का बम बहादुर सिङतान,३ का हिरेन्द्र रायमाझी,५ का बिष्णु बहादुर गुरुङ,७ का शिवराज थिङ,नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ,माओवादी नगर सचिव लक्ष्मण बिष्ट,थाहा नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली,थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने,पालुङ जेसिजका अध्यक्ष संगम कार्की ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की ,जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठ ,प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत ,विनयबाबुका बुबा बिष्णु बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको थियो।


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...