pani-1786865868.jpg
Wednesday, 28 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन

FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल समारोह समिति गठन गरिएको छ ।
आईतबार हेटौंडामा सम्पन्न सहकारी संघ संस्थाहरुको भेलाले बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको हो ।
सहकारी दिवश मनाउनको लागि मूल समारोह समितिको प्रमुख सल्लाहकारमा बागमति प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोबिन्द रिजाल, सल्लाहकारमा बागमती प्रदेश सहकारी माहाशाखाका सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली रहनेगरी गठन भएको समितिको सह–संयोजकमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी माहाशाखाका अधिकृत रोहित पोखरेल रहेका छन् ।
मूल समारोह समितिका सदस्यहरुमा राष्ट्रिय सहकारी माहासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रिय विषयगत सहकारी संघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष, सम्पूर्ण सञ्चालकहरु, लेखा समिति सदस्यहरु, बागमती प्रदेशका बिषयगत सहकारी संघ लि. का अध्यक्ष र सम्पूर्ण सञ्चालकहरु एवं बागमती प्रदेशको १२ वटै जिल्लाका जिल्ला सहकारी संघका अध्यक्ष, संचालक, लेखा समिति सदस्यहरु र पूर्व अध्यक्षहरु, बागमती प्रदेशको १३ वटै जिल्लाका विषयगत सहकारी संघका अध्यक्ष, सबै सञ्चालक, लेखा समिति सदस्य तथा ब्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा, नेप्mस्कुन फिल्ड कार्यालय हेटौंडा मूल कार्यक्रममा सहभागी हुने मकवानपुर जिल्लाका स्थानीय पालिका भित्रका प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, पालिका स्तरिय समन्वय समितिका संयोजकहरु रहने कार्यालय सचिव गोबिन्द दाहालले बताउनुभयो । 
भेलाले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई ब्यवस्थित बनाउन समन्वय गर्नका लागि सचिवालय समेत गठन गरेको छ ।
सचिवालयमा मूल आयोजक समिति संयोजक देवकोटा, सह–संयोजक बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरे, सदस्य सचिवमा प्रदेश सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघको बागमती प्रदेश संयोजक  डि.बि. वस्नेत, राष्ट्रिय सहकारी माहासंघका पुर्व सञ्चालक एवं मकवानपुर जिल्ला सहकारी संघ लि. का निबर्तमान अध्यक्ष बद्रि प्रसाद लम्साल, केन्द्रिय दुग्ध सहकारी संघ लि.का सञ्चालक बिदुर हुमागाई, बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यालय प्रमुख पुरुषोत्तम मिश्र, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल,  राष्ट्रिय सहकारी बैकंको बागमती प्रदेश संयोजक रामहरी बजगाई, नेप्mस्कुनको बागमती प्रदेश प्रतिनिधि जिवस राज खड्का, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उद्धब सापकोटा, बागमती प्रदेश कृषि सहकारी संघ लि. का उपाध्यक्ष बिमला कार्की, मकवानपुर जिल्ला बहुद्देश्यिय सहकारी संघ लि. का अध्यक्ष रामहरी न्यौपाने, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का अध्यक्ष हरी प्रसाद कडेंल, जिल्ला कृषि सहकारी संघ लि. का उपाध्यक्ष रेखा खतिवडा लगायत रहेका छन् ।
६६ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा चैत्र महिनाभर प्रदेशभरका सहकारी संघ संस्थाहरुले विविध कार्यक्रम सहित मनाउने र चैत्र १८ गते बिहान ७:०० बजे हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम, १९ गते फलफूल बितरण, २० गते बिहान भुटनदेबी माबि हेटौंडाको चौरबाट प्रभातफेरी र्‍याली गरी प्रवचन सहित सभामा परिणत गरि साँझ दिपावली गरी समापन गरिने संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभयो ।
यस बर्ष “सहकारीको दिगोपना, स्वनियमन र सुशासन” मूल नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवश मनाउन लागिएको हो ।
नेपालको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन हरेक बर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवश  विविध कार्यक्रम सहित मनाउँदै आईएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg