pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन

FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल समारोह समिति गठन गरिएको छ ।
आईतबार हेटौंडामा सम्पन्न सहकारी संघ संस्थाहरुको भेलाले बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको हो ।
सहकारी दिवश मनाउनको लागि मूल समारोह समितिको प्रमुख सल्लाहकारमा बागमति प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोबिन्द रिजाल, सल्लाहकारमा बागमती प्रदेश सहकारी माहाशाखाका सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली रहनेगरी गठन भएको समितिको सह–संयोजकमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी माहाशाखाका अधिकृत रोहित पोखरेल रहेका छन् ।
मूल समारोह समितिका सदस्यहरुमा राष्ट्रिय सहकारी माहासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रिय विषयगत सहकारी संघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष, सम्पूर्ण सञ्चालकहरु, लेखा समिति सदस्यहरु, बागमती प्रदेशका बिषयगत सहकारी संघ लि. का अध्यक्ष र सम्पूर्ण सञ्चालकहरु एवं बागमती प्रदेशको १२ वटै जिल्लाका जिल्ला सहकारी संघका अध्यक्ष, संचालक, लेखा समिति सदस्यहरु र पूर्व अध्यक्षहरु, बागमती प्रदेशको १३ वटै जिल्लाका विषयगत सहकारी संघका अध्यक्ष, सबै सञ्चालक, लेखा समिति सदस्य तथा ब्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा, नेप्mस्कुन फिल्ड कार्यालय हेटौंडा मूल कार्यक्रममा सहभागी हुने मकवानपुर जिल्लाका स्थानीय पालिका भित्रका प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, पालिका स्तरिय समन्वय समितिका संयोजकहरु रहने कार्यालय सचिव गोबिन्द दाहालले बताउनुभयो । 
भेलाले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई ब्यवस्थित बनाउन समन्वय गर्नका लागि सचिवालय समेत गठन गरेको छ ।
सचिवालयमा मूल आयोजक समिति संयोजक देवकोटा, सह–संयोजक बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरे, सदस्य सचिवमा प्रदेश सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघको बागमती प्रदेश संयोजक  डि.बि. वस्नेत, राष्ट्रिय सहकारी माहासंघका पुर्व सञ्चालक एवं मकवानपुर जिल्ला सहकारी संघ लि. का निबर्तमान अध्यक्ष बद्रि प्रसाद लम्साल, केन्द्रिय दुग्ध सहकारी संघ लि.का सञ्चालक बिदुर हुमागाई, बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यालय प्रमुख पुरुषोत्तम मिश्र, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल,  राष्ट्रिय सहकारी बैकंको बागमती प्रदेश संयोजक रामहरी बजगाई, नेप्mस्कुनको बागमती प्रदेश प्रतिनिधि जिवस राज खड्का, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उद्धब सापकोटा, बागमती प्रदेश कृषि सहकारी संघ लि. का उपाध्यक्ष बिमला कार्की, मकवानपुर जिल्ला बहुद्देश्यिय सहकारी संघ लि. का अध्यक्ष रामहरी न्यौपाने, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का अध्यक्ष हरी प्रसाद कडेंल, जिल्ला कृषि सहकारी संघ लि. का उपाध्यक्ष रेखा खतिवडा लगायत रहेका छन् ।
६६ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा चैत्र महिनाभर प्रदेशभरका सहकारी संघ संस्थाहरुले विविध कार्यक्रम सहित मनाउने र चैत्र १८ गते बिहान ७:०० बजे हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम, १९ गते फलफूल बितरण, २० गते बिहान भुटनदेबी माबि हेटौंडाको चौरबाट प्रभातफेरी र्‍याली गरी प्रवचन सहित सभामा परिणत गरि साँझ दिपावली गरी समापन गरिने संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभयो ।
यस बर्ष “सहकारीको दिगोपना, स्वनियमन र सुशासन” मूल नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवश मनाउन लागिएको हो ।
नेपालको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन हरेक बर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवश  विविध कार्यक्रम सहित मनाउँदै आईएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...