Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमती प्रदेश सभा द्वारा प्रदेश सञ्चार माध्यमसम्बन्धी विधेयक पारित

Bagamati-Pradesh-sava-Mee-1696858009.png

बागमती प्रदेश सभाले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो । 

प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश मामिला समितिको प्रतिवेदनसहित विधेयक पेस गर्नुभएको थियो । यसअघि समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले आइतबार प्रदेश सभा बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा तयार प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा पेस गर्नुभएको थियो । 

प्रदेश सभाको बैठकमा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं र नेपाली कांग्रेसका प्रदेश सभाका सदस्य मधुकुमार श्रेष्ठले विषयगत समितिको सभापतिको चयन, इजरायलमा भएको घटना, मूल्य वृद्धिलगायतका बारेमा धारणा राख्नुभएको थियो । 

प्रदेश सभाको ध्यानाकर्षण 

प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेल काठमाडौँ–नागढुङ्गा–धादिङ सुरुङमार्ग निर्माणका क्रममा उत्पन्न समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सुरुङमार्ग निर्माणका क्रममा पाँचसय परिवार प्रत्यक्ष प्रभावित भएको भन्दै प्रदेश सरकारमार्फत सङ्घीय सरकारसमक्ष ध्यानाकर्षण गराउन प्रस्ताव पेस गर्नुभएको थियो । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...