pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

बागमती प्रदेश फुटबल अध्यक्षमा १३ जनाको दाबी

13-1610679316.jpg

 वाग्मती प्रदेश फुटबल संघ अध्यक्षमा १३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । देशमा संघीयता गएसँगै नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ ९एन्फा० ले पनि प्रादेशिक संरचना निर्माण गरिरहेको छ । सोही क्रममा बुधबार हेटौंडामा भएको वाग्मती प्रदेशस्तरीय भेलाबाट तदर्थ समिति गठन गर्नुपर्ने भए पनि सहमति जुटेन ।

तदर्थ समितिको प्रदेश अध्यक्षका लागि १३ जनाको उम्मेदवारी दर्ता भएसँगै सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्न केन्द्रीय प्रतिनिधिमण्डल असफल भएको हो । अध्यक्ष पदका लागि काठमाडौंका विराटजंग शाही, नुवाकोटका दीपक चित्रकार, दोलखाका गोविन्द श्रेष्ठ, कौरव पाण्डे, मकवानपुरका राजेन्द्र श्रेष्ठ, टीका लामा, भक्तपुरका राम प्रजापति, चितवनका श्रीकृष्ण कार्की, धादिङका दीपक खतिवडा, सिन्धुपाल्चोकका मनकुमार श्रेष्ठ, ललितपुरका शिशिरविक्रम हमाल र सिन्धुलीका लक्षु देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । स्रोतका अनुसार काठमाडौंका शाही र मकवानपुरका श्रेष्ठबीच अध्यक्ष पदका लागि सहमति नजुटेपछि एक दर्जनभन्दा बढीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भेलामा सहभागी आठवटा जिल्लाका प्रतिनिधिहरूले शाहीलाई अध्यक्ष पदमा नियुक्त गर्न समर्थन गर्दै निर्वाचन मण्डललाई पत्र बुझाएका थिए । उनीहरूले मतदान प्रक्रियाबाट यस विषयलाई टुंगो लगाउन आग्रह गरे पनि विधानमा तदर्थ समिति चयनका लागि सहमति हुनुपर्ने व्यवस्था भएको भन्दै निर्वाचन कमिटी पन्छिएको हो । शाही वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका होइनन् । उनी पूर्वअध्यक्ष गणेश थापानिकट हुन् ।

शाहीको समर्थनमा काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, चितवन र दोलखा जिल्ला रहेका छन् । भेलाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए पनि अध्यक्षमा सहमति नजुटेपछि अन्य पदका लागि निर्वाचन मण्डलले प्रक्रिया नै सुरु गरेन । ‘मुख्य पदमै सहमति नजुटेपछि पूर्ण कार्यसमिति चयन नगरिएको हो ।

नेतृत्वको टुंगो लागेपछि अन्य पद टुंग्याउँदा राम्रो हुने सल्लाह सहभागी प्रतिनिधिहरूबाट आए पनि यसो गरिएको हो ’, प्रमुख निर्वाचन आयुक्त तथा एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले भने । ‘सर्वसम्मत रूपमा अध्यक्ष चयन हुन सकेन । अब हामी अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकाहरूको सूची र उहाँहरूबाट प्राप्त सुझाव एन्फा केन्द्रीय नेतृत्वलाई प्रतिवेदनको रूपमा बुझाउनेछौं ’, प्रमुख निर्वाचन आयुक्त पूर्णमान चित्रकारले भने, ‘सर्वसम्मत रूपमा अध्यक्ष चयन नभएको खण्डमा केन्द्रीय समितिको बैठकबाट टुंग्याउने व्यवस्था रहेको छ ।’, उनले तदर्थ समितिलाई प्रदेशस्तरीय भेला आयोजना गरेर नयाँ कार्यसमिति चयन गर्ने अधिकार रहेको छ ।

‘प्रदेशस्तरीय भेला गरी नयाँ कार्यसमिति गठन गर्नुपर्ने भएकाले सहमति गरेर अगाडि बढ्न खोजिएको थियो । तर, त्यसो भएन ।’, उनका अनुसार एन्फाको माघ ५ गते बस्ने पूर्ण केन्द्रीय समितिको बैठकले यस विषयलाई टुंग्याउनेछ । ‘उम्मेदवारी दिएकामध्येबाट एक जना छनोट बैठकले गर्नेछ’, उनले थपे । भेलामा वाग्मती प्रदेशका ११ जिल्लाबाट ३३ जना प्रतिनिधिको सहभागिता रहेको थियो । वाग्मती प्रदेशका रसुवा र रामेछाप जिल्लामा फुटबल संघ छैन । हालसम्म ६ वटा प्रदेशमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भइसकेको छ । मकवानपुर जिल्ला फुटबल संघको आतिथ्यतामा भएको भेलाको उद्घाटन वाग्मती प्रदेश खेलकुद परिषद्का अध्यक्ष सूर्यलाल भण्डारीले गरेका थिए । इकान्तिपुरबाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...