Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

बागमती प्रदेश फुटबल अध्यक्षमा १३ जनाको दाबी

13-1610679316.jpg

 वाग्मती प्रदेश फुटबल संघ अध्यक्षमा १३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । देशमा संघीयता गएसँगै नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ ९एन्फा० ले पनि प्रादेशिक संरचना निर्माण गरिरहेको छ । सोही क्रममा बुधबार हेटौंडामा भएको वाग्मती प्रदेशस्तरीय भेलाबाट तदर्थ समिति गठन गर्नुपर्ने भए पनि सहमति जुटेन ।

तदर्थ समितिको प्रदेश अध्यक्षका लागि १३ जनाको उम्मेदवारी दर्ता भएसँगै सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्न केन्द्रीय प्रतिनिधिमण्डल असफल भएको हो । अध्यक्ष पदका लागि काठमाडौंका विराटजंग शाही, नुवाकोटका दीपक चित्रकार, दोलखाका गोविन्द श्रेष्ठ, कौरव पाण्डे, मकवानपुरका राजेन्द्र श्रेष्ठ, टीका लामा, भक्तपुरका राम प्रजापति, चितवनका श्रीकृष्ण कार्की, धादिङका दीपक खतिवडा, सिन्धुपाल्चोकका मनकुमार श्रेष्ठ, ललितपुरका शिशिरविक्रम हमाल र सिन्धुलीका लक्षु देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । स्रोतका अनुसार काठमाडौंका शाही र मकवानपुरका श्रेष्ठबीच अध्यक्ष पदका लागि सहमति नजुटेपछि एक दर्जनभन्दा बढीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भेलामा सहभागी आठवटा जिल्लाका प्रतिनिधिहरूले शाहीलाई अध्यक्ष पदमा नियुक्त गर्न समर्थन गर्दै निर्वाचन मण्डललाई पत्र बुझाएका थिए । उनीहरूले मतदान प्रक्रियाबाट यस विषयलाई टुंगो लगाउन आग्रह गरे पनि विधानमा तदर्थ समिति चयनका लागि सहमति हुनुपर्ने व्यवस्था भएको भन्दै निर्वाचन कमिटी पन्छिएको हो । शाही वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका होइनन् । उनी पूर्वअध्यक्ष गणेश थापानिकट हुन् ।

शाहीको समर्थनमा काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, चितवन र दोलखा जिल्ला रहेका छन् । भेलाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए पनि अध्यक्षमा सहमति नजुटेपछि अन्य पदका लागि निर्वाचन मण्डलले प्रक्रिया नै सुरु गरेन । ‘मुख्य पदमै सहमति नजुटेपछि पूर्ण कार्यसमिति चयन नगरिएको हो ।

नेतृत्वको टुंगो लागेपछि अन्य पद टुंग्याउँदा राम्रो हुने सल्लाह सहभागी प्रतिनिधिहरूबाट आए पनि यसो गरिएको हो ’, प्रमुख निर्वाचन आयुक्त तथा एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले भने । ‘सर्वसम्मत रूपमा अध्यक्ष चयन हुन सकेन । अब हामी अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकाहरूको सूची र उहाँहरूबाट प्राप्त सुझाव एन्फा केन्द्रीय नेतृत्वलाई प्रतिवेदनको रूपमा बुझाउनेछौं ’, प्रमुख निर्वाचन आयुक्त पूर्णमान चित्रकारले भने, ‘सर्वसम्मत रूपमा अध्यक्ष चयन नभएको खण्डमा केन्द्रीय समितिको बैठकबाट टुंग्याउने व्यवस्था रहेको छ ।’, उनले तदर्थ समितिलाई प्रदेशस्तरीय भेला आयोजना गरेर नयाँ कार्यसमिति चयन गर्ने अधिकार रहेको छ ।

‘प्रदेशस्तरीय भेला गरी नयाँ कार्यसमिति गठन गर्नुपर्ने भएकाले सहमति गरेर अगाडि बढ्न खोजिएको थियो । तर, त्यसो भएन ।’, उनका अनुसार एन्फाको माघ ५ गते बस्ने पूर्ण केन्द्रीय समितिको बैठकले यस विषयलाई टुंग्याउनेछ । ‘उम्मेदवारी दिएकामध्येबाट एक जना छनोट बैठकले गर्नेछ’, उनले थपे । भेलामा वाग्मती प्रदेशका ११ जिल्लाबाट ३३ जना प्रतिनिधिको सहभागिता रहेको थियो । वाग्मती प्रदेशका रसुवा र रामेछाप जिल्लामा फुटबल संघ छैन । हालसम्म ६ वटा प्रदेशमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भइसकेको छ । मकवानपुर जिल्ला फुटबल संघको आतिथ्यतामा भएको भेलाको उद्घाटन वाग्मती प्रदेश खेलकुद परिषद्का अध्यक्ष सूर्यलाल भण्डारीले गरेका थिए । इकान्तिपुरबाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg