Wednesday, 08 May, 2024
बागमती प्रदेश

बागमती प्रदेशमा बन्ला नयाँ सत्ता समीकरण ?

Mantri_SRJ4140ul2-1672904802.jpg

हेटौंडा : नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ। 

केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ। यसअघि कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवादी सत्ताको खेलबाट आउट भएका छन्। केन्द्रमा बनेको नयाँ समीकरणअनुसार प्रदेशमा पनि नेकपा एमाले,माओवादी र राप्रपाको संयुक्त सरकार बन्ने स्थिति देखिएको छ। तर,केन्द्रसँगै ७ वटै प्रदेशमा सत्ता गुमाएको कांग्रेस र समाजवादीले राप्रपालाई फकाएर बागमती प्रदेशमा सरकार गठनको लागि पहल गरिरहेको छ।११० सदस्यीय बागमती प्रदेशसभामा कुनैपनि दलको एकल बहुमत छैन। त्यसैले प्रदेशमा सरकार गठनको लागि दलहरुबीच समीकरण गर्नु बाध्यता छ। यसअघि एउटै गठबन्धनमा रहेर सरकार बनाएको कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन फुटिसकेको छ।केन्द्रमा बनेको तालमेलअनुसार प्रदेशमा सरकार गठनको लागि एमाले,माओवादी र राप्रपासँग पर्याप्त मत छ। तर,सत्ता गठबन्धनमा रहेको ३ वटै दलले प्रदेश सरकारको नेतृत्वमा दावी गर्दा सरकार गठनमा सकस परिरहेको छ। प्रदेशमा ३ वटै दलले सरकारको नेतृत्वमा दावी गरिरहेको भएपनि केन्द्रमा बागमती सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने भागबण्डा टुंगिएको छैन।

प्रदेशमा रहेका ३ वटै दलले आफूले सरकारको नेतृत्व पाउनुपर्ने अडान लिएपछि गठबन्धनबाहिर रहेको कांग्रेस र समाजवादीले पनि सरकार गठनको लागि कसरत थालेको हो। बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ र समाजवादीसँग ७ सांसद छन्। १३ सिट रहेको राप्रपाको समर्थन पाउदा बागमती प्रदेशमा नयाँ समीकरणअनुसार सहजै सरकार बन्न सक्ने स्थिती छ। यी ३ दल मिल्दा ५७ हुन्छ। सरकार गठनको लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।

राप्रपाले समर्थन गर्दा सरकार गठनको लागि आवह्यक मत पुग्ने हुँदा कांग्रेस र समाजवादीले राप्रपालाई मुख्यमन्त्री दिने भन्दै सरकार गठनको लागि नयाँ समीकरण बनाउन लविङ गरिरहेको स्रोतको दावी छ। 

संघीयता खारेजीको माग गर्दै आएको राप्रपा नयाँ समीकरणअनुसार बागमती प्रदेशमा सरकार गठनको लागि निर्णायाक बनेको छ। सत्ता गठबन्धन र गठबन्धनबाहिर रहेको दुवैतिर सरकार गठनको लागि आफू निर्णायक बनेपछि प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दावी गरिरहेको छ। 
नयाँ गठबन्धनमा सरकार गठनको लागि राप्रपा ४ वटा प्रदेशमा निर्णायक रहेको भन्दै बागमतीमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने उसको दावी छ। प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपालाई सरकारको नेतृत्व गर्न दिने पक्षमा एमाले र माओवादी छैन। प्रदेश सरकारको नेतृत्व गरेर पाँच वर्षमा प्रदेश संरचना नै खारेज गर्ने बताइरहेको राप्रपालाई सरकारको नेतृत्व सुम्पिन नहुने एमाले र माओवादीको अडान छ। तर,४ वटा प्रदेशमा आफूहरु निर्णायक रहेकोले बागमतीको नेतृत्व गर्न पाउनुपर्ने राप्रपाको माग छ। 

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्वव थापा प्रदेशसभामा आफूहरुको उपस्थितीलाई जसले महशुस गर्छ उसैलाई समर्थन गर्ने बताउँछन्। सरकारको नेतृत्व नदिए समर्थन नै नगर्नेसम्मको अभिव्यक्ति दिइरहेको राप्रपालाई मुख्यमन्त्री दिएर सत्तामा जान कांग्रेस र समाजवादीले कसरत सुरु गरेका छन्। कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले राप्रपा महामन्त्री कुन्ति शाहिलाई सो प्रस्ताव गरिसकेको राप्रपाका एक प्रदेश सांसद बताउँछन्।

‘कांग्रेस समहमहामन्त्री डिनाले हाम्रो महामन्त्रीसँग कुरा गरेर बागमतीमा राप्रपालाई मुख्यमन्त्री बनाएर सरकार गठन गर्न प्रस्ताव गरेकी छन्। हाम्रो अध्यक्षसँग पनि यस विषयमा कुरा भएको थियो। उहाँले अहिले तत्काल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिरहेको हुँदा अर्को समीकरण बनाउन चासो दिनुभएको छैन’, उनले भने। 

राप्रपा संसदीय दलका नेता थापा कांग्रेस प्रवक्ता प्रकाशरण महत र कांग्रेस नेता मोहन बस्नेतसँग आफ्नो कुरा भएको बताउँछन्। महत र बस्नेतले राप्रपाको नेतृत्वमा बागमती प्रदेशमा सरकार गठन गर्न आफूलाई प्रस्ताव गरेको उनको दावी छ। 

थापाले नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका बागमतीको काम चलाउ सरकारको मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि राप्रपाको नेतृत्वमा कांग्रेस र समाजवादी मिलेर सरकार बनाउन प्रस्ताव गरेको बताए। 

‘प्रदेशको साढे दुई वर्षको पहिलो आधा कार्यकाल राप्रपा र बाँकीको आधा कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गर्नेगरि उहाँहरुले प्रस्ताव गर्नुभएको छ’, थापाले भने ‘उहाँहरुले हाम्रो १३ जना सांसदलाई नै सेटल गरौला भन्नु भएको छ। तर, हामी पार्टी केन्द्र निर्णयबिना प्रदेशमा छुट्टै समीकरण बनाउन नसक्ने भएकोले माथिको ग्रिन सिग्नल कुरिरहेका छौ।’ 

थापाले केन्द्रमा राप्रपाले अर्कै संयत्रमा बनेको सरकारलाई समर्थनको वाचा दिएकोले प्रदेशमा आफूहरुले आफै निर्णय गर्न नसक्ने बताए। उनले एमालेको नेतृत्वमा रहेको गठबन्धनबाट बागमती प्रदेशको नेतृत्व आफूहरुले पाए पुरा कार्यकालको लागि पाउनुपर्ने समेत बताए। 

७ प्रदेशमध्ये ४ वटामा आफूहरु निर्णायक रहेकोले बागमती प्रदेशको पूरा कार्यकाल राप्रपाले नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ छ। एमालेको गठबन्धनबाहिर रहेको कांग्रेस र समाजवादीसँग मिलेर सरकार बनाएमा सुरुको आधा कार्यकाल नेतृत्व गर्ने सहमती गरेर सरकार बनाउन सक्ने उनको भनाई छ। 

‘हामी प्रदेशमा आफ्नो नेतृत्व स्विकार्ने दलहरुसँग समीकरण गर्न तयार छौ। तर,केन्द्रबाट पार्टीले हामिलाई त्यसको लागि अनुमति दिनुपर्छ। हामि आफै निर्णय गरेर भने नयाँ समीकरण बनाउन सक्दैनौ’,थापाले भने। 

कांग्रेसको घमण्ड र माओवादीको धोकाको कारण सत्ताबाहिर बस्नु परेको समाजवादीले राप्रपालाई मुख्यमन्त्री दिएरै भएपनि प्रदेशमा सरकार बनाउन चाहेको स्रोतको दावी छ। समाजवादीको एक प्रदेश सांसदको अनुसार प्रदेशमा राप्रपालाई मुख्यमन्त्री दिएर सत्ता गठबन्धनको विरुद्वमा प्रदेशमा नयाँ समीकरण बनाउने प्रयास भइरहेको छ। 

तर, राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको साथ छोड्न चाहदैनन। जसले गर्दा प्रदेशमा छुट्टै समीकरण बनाउने प्रयास भएपनि सहज नभएको उनको भनाई छ। नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य प्रभात तामाङ भने राप्रपालाई मुख्यमन्त्री दिएर सरकार बनाउन कांग्रेसले कुनै प्रस्ताव गरेको छैन। 

प्रदेश संसदीय दलमा राप्रपाको नेतृत्वमा सरकार बनाउने विषयमा कुनै छलफल नभएको उनी बताउँछन्। ‘हामीले अहिलेसम्म प्रदेशबाट यस्तो कुनै प्रस्ताव गरेको छैन। केन्द्रले के गर्यो थाहा छैन’, तामाङले भने ‘एमाले र माओवादीसँग बार्गेनिङ गर्न पनि राप्रपाले यस्तो हल्ला फैलाएको हुनसक्छ।’ उनले केन्द्रबाट भएको भनिएको छलफलबारे भने आफू जानकार नभएको बताए। थाहा खवर 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...