Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज

bagmati_province_FTuanEeA-1672295436.jpg

बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ । 

 

 

आज प्रदेशसभाका बाँकी १०९ सदस्यहरूको शपथको कार्यक्रम रहेको र उनीहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचीव कृष्णहरि खड्काले जानकारी दिए । 

यसअघि बुधबार प्रदेश सभाका ज्येष्ठ सदस्य ढुंगानालाई शपथ गराइएको थियो । प्रदेश सचिवालयका सचिव खड्काका अनुसार शपथ ग्रहणका लागि आइतबार नै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरिसकेको छ । 

यस्तै बागमती प्रदेश सभाका सदस्यहरुले आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसअनुसार प्रदेश सभाले आफूले शपथ खान चाहेको भाषामा शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी सचिवालयमा बुझाउन यसअघिनै सूचित गरिसकेको थियो ।  

१५ जना सांसदले मातृभाषामा शपथ लिने
बागमती प्रदेश सभाका नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन् । प्रदेशसभाका कुल ११० सांसद मध्ये १५ जनाले मातृभाषामा शपथ लिने भएका हुन् । जसमा ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ। 

मातृभाषामा शपथ लिने प्रदेश सभा सदस्यहरूमा कांग्रेसका ३, एमालेका ४, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका १ र हाम्रो नेपाली पार्टीका २ जना रहेका छन्  । सचिवालयका अनुसार कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जनले नेवारी भाषामा शपथ लिने भएका छन् । 

यस्तै, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठले पनि नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ। यसैगरी, माओवादी केन्द्रका ५ मध्ये ३ जनाले नेवारी र २ जनाले तामाङ भाषामा शपथ लिने भएका छन् । 

माओवादीका गङ्गानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठले नेवारी तथा राधिका तामाङ र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिने सचिवालयले जनाएको छ । 

एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर तथा हाम्रो नेपाल पार्टीका २ जना सदस्यहरू शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ । 

एक ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...