pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको दाबी

bagmati_LL67lokyN9-1672490188.jpg

 

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बागमतीमा सरकार गठनका लागि नयाँ विकल्प देखिएका छन् । बागमती प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ ।

 

 

 

हालको अवस्थामा यस प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ । सोहीअनुसार बागमती प्रदेश सरकारको नेतृत्वमा राप्रपाले दाबी गरेको छ । प्रदेश संरचना खारेजीको विषयलाई राप्रपाले आफ्नो चुनावी एजेन्डामा समेत समावेश गरे पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।

पछिल्लो समय केन्द्रीयस्तरमा सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा सरकार गठनमा राप्रपा निर्णायक शक्ति बनेको हो । प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएकाले पनि सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए ।

 

‘राप्रपा सत्ता गठनको लागि निर्णायक शक्ति हो । त्यसैले प्रदेश सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी रहन्छ,’ उनले भने, ‘हामी केन्द्रीय सरकारमा सहभागी हुने भनेका छौं । केन्द्रमा भागबन्डा अनुसारको पदहरुमा लिएर सरकारमा जान्छौं । सोहीअनुसार प्रदेशमा पनि हुन्छौं । तर, मुख्यमन्त्री हाम्रो हुनुपर्छ ।’

थापाका अनुसार सरकारको नेतृत्व गर्ने विषयमा केन्द्रदेखि प्रदेश तहसम्म गठबन्धनमा छलफल भइरहेको छ । अन्य प्रदेशमध्ये बागमतीमा सांसदको संख्या बढी भएका कारण आफ्नो पार्टीले नेतृत्व लिने सम्भावना प्रवल रहेको उनको भनाइ छ ।

‘केन्द्रीयस्तरमा हुने भागबण्डा अनुसार प्रदेशमा पनि हैसियत अनुसारको भाग हामी लिन्छौं । सात प्रदेशमध्ये एउटा प्रदेशमा हामीले नेतृत्व गर्नेछौं । हाम्रो माग र दाबी अनुसार नै पार्टीका शीर्ष नेतृत्वले यस विषय छिट्टै टुंग्याउने हाम्रो विश्वास छ,’ उनले भने ।

राप्रपाले सरकारको नेतृत्वको अवसर पाएका उनै थापा प्रदेशको मुख्यमन्त्री चुनिनेछन् । यद्यपि सत्ता गठबन्धनको भागबन्डा टुंगिन अझै केही दिन लाग्ने देखिन्छ ।

यस्तो छ राप्रपासँगको तालमेलमा सम्भावित सत्ता समीकरण

बागमती प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ३७ जना सांसद छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ । सांसद संख्याको आधारमा सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ ।

बागमती प्रदेशमा नयाँ सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । सत्ता गठबन्धन दलहरूमा एमाले २७, माओवादी केन्द्र २१ र राप्रपाको १३ सांसद छन् । उनीहरू बीच नै सत्ता साझेदारी हुँदा सहजै सरकार गठन हुन सक्छ ।

यता राप्रपासँगको तालमेलमा सरकार निर्माणको दोस्रो विकल्पमा कांग्रेस र एकीकृत समाजवादी मिलेर पनि आवश्यक बहुमत पुग्न सक्छ । सरकार निर्माणका लागि आवश्यक ५६ जनामध्ये कांग्रेससँग ३७ सांसद छन् । कांग्रेसलाई अन्य १९ जना सांसदको समर्थन आवश्यक हुन्छ । यी तीन दल मिल्दा सांसदको संख्या ५७ हुन्छ ratopati  bata 

,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg