jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमतीमा विपद् प्रभावित कृषकलाई राहत रकम वितरण गरिँदै

baagamati-mantraalye-1698754944.jpg

 बागमती प्रदेश सरकारले विपद्बाट क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरण गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरणका लागि निवेदन माग गर्दै सूचना जारी गरेको छ ।

 

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा क्षति व्यहोरेका कृषकलाई राहत वितरणका लागि निवेदन माग गरेको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आपतकालीन/आकस्मिक रोग/क्षति न्यूनिकरण कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरणको योजना अनुरूप मन्त्रालयले निवेदन माग गरेको हो ।

कृषि क्षेत्रमा विपदवाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० बमोजिम राहत वितरण गरिने उनले बताए । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषि तथा पशुपन्छी फर्महरूबाट आवश्यक कागजात सहित मन्त्रालय वा मातहतका कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

कार्यविधिको अनुसूची–३ अनुसारको निवेदन,  विपद्‍बाट भएको क्षति यकिन हुने स्थानीयको रोहवरमा भएको प्रहरीको घटनास्थल मुचुल्काको सक्कल वा प्रमाणित प्रतिलिपि,.  नेपाली नागरिकताको प्रतिलिपि, क्षतिको मूल्याङ्कन हुने कृषि प्राविधिकको प्रमाणित प्रतिवेदन, पीडित कृषक/संस्थाको बैंक खाता नम्बर प्रस्ट देखिने चेकको फोटोकपी सहित उक्त राहत रकम दाबी गर्न सम्बन्धित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निवेदन दर्ता गर्न मन्त्रालयले भनेको छ ।

त्यस्तै राहत रकम लिनका लागि कृषकहरूले संस्थाको हकमा दर्ता र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रतिलिपि, कृषक/संस्थाको प्यान/भ्याट नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस, कार्यालयको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, क्षति देखिने फोटो/ दृश्य/वृत्तचित्र, बिमा गरेको वा नगरेको स्थानीय तहको सिफारिस, अन्य निकायबाट राहत नलिएको स्थानीय तहको सिफारिस, बिमा गरे नगरेको र राहत नलिएको स्वघोषणा पेस गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । साथै रित नपुगी प्राप्त हुन आएका निवेदनहरू छनौटका लागि समावेश नगराइने मन्त्रालयले सूचित गरेको छ ।

कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० अनुसार माग दाबी अनुसार अधिकतम १० लाख रुपैयाँसम्म राहत रकम वितरण गरिने सूचना अधिकारी अधिकारीले बताए । उक्त कार्यक्रमका लागि मन्त्रालयले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा मन्त्रालयले १ करोड ५७ लाख रुपैयाँ राहत रकम कृषकहरूलाई उपलब्ध गराएको थियो ।

सो वर्षमा मन्त्रालयले ४१ जना कृषकहरूलाई राहत रकम उपलब्ध गराएको थियो । सो वर्षमा मन्त्रालयले प्रदेशका ११ जिल्लाका विभिन्न ४१ वटा फर्म तथा व्यक्तिहरूलाई राहत रकम किसानकै खातामा जम्मा गरिएको उनले बताए । जसमा चितवनका १२, मकवानपुरका १०, काभ्रेका आठ, नुवाकोट, ललितपुर र धादिङको २–२ तथा सिन्धुली, भक्तपुर, दोलखा र काठमाडौँका एक–एक जना कृषक तथा कृषि फर्मलाई राहत रकम वितरण गरिएको थियो ।

गत आर्थिक वर्षमा पेस भएका केही निवेदनहरू मन्त्रालयमा बाँकी नै रहेको र उक्त निवेदन माथि आवश्यक प्रक्रिया पुरा गरी राहत रकम वितरण गरिने उनले बताए ।

380375771_660343885915539_1852232658581324596_n

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...