udhog-1721203328.jpg
Friday, 19 Jul, 2024
बागमती प्रदेश

बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

FB_IMG_1679108871415-1679108904.jpg

हेटौंडा/बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो । 
अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए । ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका हौं’, उनले भने ।   
एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख महिना) भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् । एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो । समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् । बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता रहेको छ ।


world-link-1690434568.jpg
महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने
FB_IMG_1721361181590-1721361196.jpg

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप...

हेटौंडामा कोरा साइकल र्याली हुने
1721229366614-1721229644.jpg

मकवानपुर, २ साउन/मकवानपुर जिल्लाको हेटौंडामा  कोरा साईकल र्‍याली हुनेभएकोछ । बिगत ७ बर्षदेखि साईकल महोत्सव...

सनातन हिन्दु समुदायमा हरिशयनी एकादशीको महत्त्व:-नवराज नेपाली
1721199126673-1721199279.jpg

सनातन हिन्दू धर्ममा हरिशयणी एकादशीलाई अत्यन्तै पवित्र र महत्वपूर्ण मानिन्छ। यस दिन भगवान विष्णुको उपासनामा...

पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड २९ लाख
1721124430489-1721126964.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी  नाफा आर्जन गरेको छ...

इन्द्रायणी माबिमा अभिभावक भेला सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
FB_IMG_1721052212421-1721053013.jpg

थाहा नगरपालिका वडा न ८ मा रहेको एक मात्र माध्यमिक विद्यालय इन्द्रायणी माबिले आफ्नो अभिभावक भेला सम्पन्न गरेको...

थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित
451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका...

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)
1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको...

बागमती गाउँपालिकालाई बजेट ल्याउन बाटो खुल्यो
FB_IMG_1720926867017-1720927023.jpg

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उच्चअदालत पाटन, हेटौंडा ईजलासमा...

थाहा ४ जुरेथुममा विद्युत सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट
1720806132623_1-1720806191.jpg

थाह नगरपालिकामा बिद्युत लाईन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। थाहा नगरपालिका -४ जुरेथुम बस्ने ६८ वर्षीय...