Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमतीका मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने

shalik-ram-jamkattel_C02I-1673419056.jpg

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

 

 

२५ गते नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । उनले मुख्यमन्त्री नियुक्त भएको एक साता भित्रै संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे प्रदेशसभा सचिवालयमा समेत जानकारी गइसकेको छ ।

‘मुख्यमन्त्रीको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे संसदमा पनि जानकारी गराइसकेको छ । उहाँले आगामी माघ ३ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत लिनु हुन्छ,’ उनले भने, ‘सरकारका तर्फबाट हामीले संसदमा जानकारी गराएका छौँ । अब संसद सचिवालयले आवश्यक व्यवस्थापन मिलाएर विश्वासको मत लिने वातावरण तयार गर्छ ।’

११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन गरेका छन् । ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन दिएको छैन ।

यस अवस्थामा मुख्यमन्त्री जम्कट्टेलले सहजै विश्वासको मत पाउने देखिन्छ । प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले ५६ मत मात्र पाएको खण्डमा उनको नेतृत्वको सरकार कायम रहन्छ । मुख्यमन्त्री जम्कट्टेले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । सरकारलाई छिट्टै पूर्णता दिन पनि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेको प्रवक्ता थपलियाले बताए ।

उनले विश्वासको मत लिएपछि पार्टी केन्द्रसँगको परामर्श अनुसार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको बताए । मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा रहेको १४ वटा मन्त्रालयलाई कटौती गरी ११ वटा कायम गर्ने र ती मन्त्रालयहरूलाई दलीय हैसियतका आधारमा गठबन्धनका दलहरूबिच भागबन्डा गर्ने तयारी गरेका छन् ।

सोही अनुसार सत्ता गठबन्धन दलका नेताहरू भागबन्डाको दाबी पेस गरी रहेका छन् । प्रदेशको मन्त्रिपरिषद्का लागि एमाले ५ वटा मन्त्रालयमा दाबी गरेको छ भने माओवादीले मुख्यमन्त्रीसहित ४ वटा, राप्रपाले २, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालयको दाबी गरेको छ । मन्त्रालयको सङ्ख्या र दलहरूको दाबी अनुसार मुख्यमन्त्री जम्मकट्टेललाई भागबन्डा सहज भने देखिँदैन ।रातोपाटि बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...