pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि

salik_l0P0vqshmi-1673271245.jpg

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । 

 

 

मुख्यमन्त्री जम्कट्टेलले भोलि नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ । स्रोतका अनुसार प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व हुने भएको छ । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिइ सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने स्रोत बताउँछ ।

‘सुरुमा राप्रपाबाट एक र एमालेबाट एक मन्त्री बनाउने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘उनीहरुलाई दिइने जिम्मेवारी र बाँकी मन्त्री नियुक्तिको काम भने सत्तारुढ गठबन्धनबीच भागबण्डा टुंगिएपछि मात्र हुने छ ।’

एमालेले पहिलो चरणमा सरकारमा जगन्नाथ थपलियालाई पठाउने तयारी गरेको छ । यद्यपि, राप्रपाबाट भने कसलाई सामेल गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

भागबण्डामा छैन सहज

सत्तारुढ गठबन्धनबीच भागबण्डामा त्यति सहज अवस्था भने देखिएको छैन । ११ सदस्यीय मन्त्रिपरिषद कायम राख्ने तयारी भए पनि दलहरुले माग गरेको मन्त्रालयको संख्याका आधारमा भागबण्डा चुनौतीपूर्ण देखिएको हो । एमालेले पाँच मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । यस्तै, राप्रपा र नेकपा एकीकृत समाजवादीले दुई–दुई मन्त्रालयमा दाबी गरेका छन् । यस्तै, हाम्रो नेपाली पार्टीले पनि एक मन्त्रालयको दाबी गरेको छ । माओवादी केन्द्रले मुख्यमन्त्री बाहेक नै चार मन्त्रालयमा दाबी गर्दै आएको छ ।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...