pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि

salik_l0P0vqshmi-1673271245.jpg

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । 

 

 

मुख्यमन्त्री जम्कट्टेलले भोलि नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ । स्रोतका अनुसार प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व हुने भएको छ । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिइ सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने स्रोत बताउँछ ।

‘सुरुमा राप्रपाबाट एक र एमालेबाट एक मन्त्री बनाउने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘उनीहरुलाई दिइने जिम्मेवारी र बाँकी मन्त्री नियुक्तिको काम भने सत्तारुढ गठबन्धनबीच भागबण्डा टुंगिएपछि मात्र हुने छ ।’

एमालेले पहिलो चरणमा सरकारमा जगन्नाथ थपलियालाई पठाउने तयारी गरेको छ । यद्यपि, राप्रपाबाट भने कसलाई सामेल गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

भागबण्डामा छैन सहज

सत्तारुढ गठबन्धनबीच भागबण्डामा त्यति सहज अवस्था भने देखिएको छैन । ११ सदस्यीय मन्त्रिपरिषद कायम राख्ने तयारी भए पनि दलहरुले माग गरेको मन्त्रालयको संख्याका आधारमा भागबण्डा चुनौतीपूर्ण देखिएको हो । एमालेले पाँच मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । यस्तै, राप्रपा र नेकपा एकीकृत समाजवादीले दुई–दुई मन्त्रालयमा दाबी गरेका छन् । यस्तै, हाम्रो नेपाली पार्टीले पनि एक मन्त्रालयको दाबी गरेको छ । माओवादी केन्द्रले मुख्यमन्त्री बाहेक नै चार मन्त्रालयमा दाबी गर्दै आएको छ ।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg