Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

बाइरोडले चुम्यो अष्टमान फुटबल कपको उपाधि

ftbl-copy-1605498787.jpg

गत कात्तिक २१ गतेदेखि मकवानपुरको टिस्टुङमा जारी प्रथम अष्टमान बल स्मृति फुटबल कप–२०७७को उपाधि धादिङको बाइरोड युवा क्लबले जितेको छ । हिजो आइतबार दिउँसो भएको फाइनल खेलमा मकवानपुरकोे डाँडाबास युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै धादिङको बाइरोड युवा क्लबले उपाधि हात पारेको हो । थाहा नगरपालिका–११ खुकुरी खेल मैदानमा भएको प्रतियोगितामा थाहा नगरपालिका चल्तीको चन्द्रसूर्य युवा क्लब तेस्रो भयो । 

सेमीफाइनल खेलमा डाँडाबास युवा क्लब चन्द्रसूर्य युवा क्लबलाई ४–० र बाइरोड युवा क्लब राम्चे युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेका थिए । 

एक कार्यक्रमका बीच प्रतियोगिताको समापन गरी विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विजेता बाइरोड युवा क्लबले रु. ४० हजार नगदसहित, मेडल र सिल्ड प्राप्त ग¥यो भने दोस्रो हुने डाँडाबास  युवा क्लबले रु. २५ हजार नगद, मेडल र सिल्ड प्राप्त गरेको आयोजक सिर्जनशील टोल विकास संस्थाले जनाएको छ । त्यसैगरी तेस्रो हुने क्लबलाई नगद रु. १५ हजार प्रदान गरिएको छ ।

समापन कार्यक्रममा उत्कृष्ट खेलाडी बिवेक लामा, उत्कृष्ट गोल रक्षक महेन्द्र तामाङ, उत्कृष्ट डिफेण्डर दिपेश थिङ र सर्वाधिक गोलकर्ता साइराम गिरीलाई उत्कृष्ट कप प्रदान गरिएको थियो । 

कार्यक्रममा थाहा–११ का वडा अध्यक्ष किरणमान बल, १२ का वडा अध्यक्ष मानबहादुर स्याङ्तान, १ का वडा अध्यक्ष हेरमान गोपाली, ५का वडा अध्यक्ष बिष्णुबहादुर गुरुङ लगायतले शुभ दिपावलीको शुभकामनासहित मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png