pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

फुर्केमा नगर स्तरीय भलिवल सुरु,१९ टिमको सहभागिता

391578445_122112918926056-1697634959.jpg

थाहा नगरपालिका वडा न ५ फुर्केमा बिजया दशमीको अवसर पारेर थाहा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।
थाहा नगरपालिकाको आयोजना तथा थाहा ५ खेलकुद बिकास समिती फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति भलिबल प्रतियोगीताको कार्तिक १ गते थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले उद्घाटन गरेका हुन। 
प्रतियोगिता उद्घाटन गर्दै उपप्रमुख भरत गोपालीले प्रतियोगिताले खेलाडी उत्पादन गर्न जोड दिदै अनुशासित भएर प्रतियोगिता खेल्न आग्रह गर्दै खेल क्षेत्रमा बजेट अपुग भएको आफुले महसुस गरेको बताउदै आगामी दिनमा समग्र खेलकुदको बिकासमा नगरपालिकाको ध्यानाकर्षण हुने बताए।
खेलकुद विकास समिती थाहा ५ का अध्यक्ष पुरुषोत्तम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर खेलकुद विकास समिती संयोजक राजकुमार बलामी,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,वडा न ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,स्थानीय समाजसेवी ज्योती रायमाझी ,लगायतका उपस्तिथि रहेको थियो।
कार्तिक १ गते बाट फुर्के खेलमैदानमा सुरु भएको  प्रतियोगितामा कुल १९ टिमले टिम दर्ता गरेको  आयोजकले जनाएको छ।
थाहा ५ खेलकुद बिकास समितिको अनुसार प्रथम हुने टिमले नगद ५१ हजार सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने दोस्रो हुने टिमले ३० हजार नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने तेस्रो हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन।
प्रतियोगिता राष्ट्रिय रेफ्री हरिनारायण श्रेष्ठ र प्रादेशिक रेफ्री प्रमोद तिमिल्सिनाले खेलाइरहेका छन।
प्रतियोगितामा भाग लिनको लागि सम्बन्धित वडाकै खेलाडी हुनुपर्ने तथा खेलाडीको फोटो र परिचयपत्र पनि अनिवार्य गरिएको आयोजकले जानकारी दिएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...