jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

प्रेस सेन्टर बागमतीले हेटौंडामा गर्यो मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

328630652_119773514451017-1675231307.jpg

माघ/प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले वागमतीका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मान गरेको छ । समितिले प्रदेश राजधानी हेटौंडामा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मानसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । समितिले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवाराज दुलाललाई सफल कार्यकालको शुुभकामनासहित सम्मान गरेको हो । सोही अवसरमा समितिले अन्तरक्रिया पनि गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले समाजको सच्चा पहरेदारको रुपमा रहेका पत्रकारहरुको क्षमता विकास र मिडिया प्रवर्द्धनमा प्रदेश सरकार र आफुहरु प्रतिवद्ध रहेको बताए । उनले सञ्चारको विकास र संरक्षणमा प्रदेश सरकार सधै तयार रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रले पनि सरकारलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुु सापकोटा (जुुगल), प्रेस सेन्टरका उपाध्यक्ष तथा वागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, मानकुमारी पाख्रिन, प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञावाली, प्रेस सेन्टरका सचिव सुनिल खड्कालगायतको आतिथ्यता रहेको थियो । प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । प्रदेश समिति महासचिव ध्रुव अधिकारीले सहजीकरण गरेको कार्यक्रममा सेन्टरका प्रदेश सचिव ध्रुवचन्द्र खड्काले स्वागत मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल वागमती प्रदेशको बैठक पनि हेटौंडामा सोमबार बसेको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको महासचिव अधिकारीले जानकारी दिए । बैठक तथा कार्यक्रममा प्रेस सेन्टर अन्तरगत बागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, प्रदेशसमितिका पदाधिकारी र केन्द्रीय नेतृत्वको सहभागिता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...