pani-1786865868.jpg
Wednesday, 28 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

प्रेस सेन्टर बागमतीले हेटौंडामा गर्यो मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

328630652_119773514451017-1675231307.jpg

माघ/प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले वागमतीका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मान गरेको छ । समितिले प्रदेश राजधानी हेटौंडामा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मानसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । समितिले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवाराज दुलाललाई सफल कार्यकालको शुुभकामनासहित सम्मान गरेको हो । सोही अवसरमा समितिले अन्तरक्रिया पनि गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले समाजको सच्चा पहरेदारको रुपमा रहेका पत्रकारहरुको क्षमता विकास र मिडिया प्रवर्द्धनमा प्रदेश सरकार र आफुहरु प्रतिवद्ध रहेको बताए । उनले सञ्चारको विकास र संरक्षणमा प्रदेश सरकार सधै तयार रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रले पनि सरकारलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुु सापकोटा (जुुगल), प्रेस सेन्टरका उपाध्यक्ष तथा वागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, मानकुमारी पाख्रिन, प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञावाली, प्रेस सेन्टरका सचिव सुनिल खड्कालगायतको आतिथ्यता रहेको थियो । प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । प्रदेश समिति महासचिव ध्रुव अधिकारीले सहजीकरण गरेको कार्यक्रममा सेन्टरका प्रदेश सचिव ध्रुवचन्द्र खड्काले स्वागत मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल वागमती प्रदेशको बैठक पनि हेटौंडामा सोमबार बसेको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको महासचिव अधिकारीले जानकारी दिए । बैठक तथा कार्यक्रममा प्रेस सेन्टर अन्तरगत बागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, प्रदेशसमितिका पदाधिकारी र केन्द्रीय नेतृत्वको सहभागिता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg