Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

प्रिय ! तिम्रो प्रेम कुन शब्दमा बयान गरौं ? 

Untitled-1-1707897331.jpg

प्रिय !

तिम्रो प्रेम कुन शब्दमा बयान गरौं ? 

हुन त आज माया गर्नेहरुको दिन रे ! 

प्रणय दिवसको शुभकामना ! 

हुनत मैले यो भनिराख्न पर्दैन । मेरो लागि हरेक दिन प्रणय दिवस ।

मेरो लागि तिमी अमूल्य छौ,  जसको कुनै मूल्य छैन । भावनामा बगेर होइन मनदेखि नै भन्छु म तिमिलाई साँच्चै अथाह प्रेम गर्दो रहेछु । 

यी दिनहरुमा झन् धेरै महशुस हुँदै छ, तिमी मेरो लागि सास बराबर छौ।  तिमीले दिने माया, गरेको भरोसा अनि आफ्नो परिवारको लागि गरेको त्याग  स्मृतिमा अमिट छाप बनेर बसेको छ ।

अनि जीवनमा  जतिसुकै आरोह  अवरोहहरु आउँदा पनि तिमीमा आउने त्यो आत्मबल मेरो लागि अझ बिशेष छन् । तिमीलाई जीवनसाथी पाउनु नै मेरो लागि धेरै ठुलो कुरा हो, किनकि हरेकको भागमा तिमीले माया गरे जस्तो माया गर्ने मान्छे हुन्नन् ।  मेरो गल्तिमा मलाई बाटो देखाउँदै सहि बाटोमा जान आग्रह गर्ने तिमी मेरा गल्ती अनि कमि कमजोरीलाई पनि सहर्ष स्वीकार्न सक्ने तिमी मेरोलागि धेरै प्रिय छौ । 

के भनम तिमीलाई  म मेरो सपनामा आफ्नो सपना सजाउछौ, मेरो खुसीमा आफ्नो खुसी देख्छौ हामीलाई पीडा हुन्छ भनि हरेक पटक आफ्नो पीडा लुकाउँछौ । 

मैले बुझेको छु तिम्रो विडम्वनालाई, नियालेको छु तिमी भित्रको त्यो भूमरीलाई  । तिमीभित्र पनि गुम्सिएका छन् धेरै कुराहरु उकुसमुकुस भएका छन्, शब्दका भारहरु तर तिमी प्रकट गर्न सकदैनौ, किनकि तिमी हामीलाई दु:खी देख्न र दु:खी बनाउन चाहदैनौ । 

मैले महसुस गरेको छु तिम्रो त्याग ! यहि त्यागले गर्दा नि म झन् तिमीलाई अथाह प्रेम गर्छु । जब मलाई चिन्ता लाग्छ तिमीलाई सम्झिन्छु । अनि फेरि चिन्ता भित्रको चिताको डर लाग्छ । तिमीलाई सम्झिन्छु तिमी जस्तै म पनि गल्छु थाक्छु रुन्छु कराउँछु आत्तिन्छु अनि फेरि तिमीलाई नै सम्झिन्छु । त्यसैले त मैले माग्ने सम्झने सबथोकमा तिमीलाई  सम्झिन्छु।  नजिकबाट  नियालेको छु मैले तिम्रा रहर तिम्रा इच्छा तिम्रा चाहानाहरु । तिमी भित्रको त्यो कहिले नमर्ने आशालाई हो धेरै नजिक बाट नियालेको मैले । तेहि आशाको त्यान्द्रो नै हाम्रो जीवनलाई बाध्ने मजबुत डोरी  भएको छ ।


एउटा सहयात्रीको नाताले तिमी भित्र उठेका जीवन र संघर्षका ज्वारभाटाहरुलाई मैले पनि महशुस गरेको छु ।

आग्रह छ तिम्रो आँट र हिम्मतको दियोमा मैलेपनि तेल थपिरहेको छु, निभ्न नदिनु।


म बिस्वास दिलाउछुकि तिमी कुनैपनि हालतमा हिम्मत नहार, तिमी हिम्मतको सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राख, म तिम्रो आँट भरोसाको सतिशाल हुनेछु । 

सबैभन्दा महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । आत्मविश्वासमा कहिलेपनि कमि हउन नदिनु किनभने देखेको सपना पुरा गर्न तिम्रो जीवनसाथी प्रतिबद्ध छे ।

तिम्रो हिम्मत बनेर हरेक दुख सुख अफ्ट्यारो आरोह अवरोहहरुमा म सधैं तिम्रो छाँया बनेर साथ दिईरहेको हुनेछु ।


यी दिनहरुमा हामीले धेरै कुराहरुको महसुस गर्न पाएका छौं ।

आफ्नाहरुको पराय ब्यबहार, तिरस्कार, अपहेलनालाई उर्जाको रुपमा लिनुपर्छ । उर्जा सकारात्मक नै हुन्छ ।

सकारात्मक सोच नै सफलताको कसी हो ।

सफल हुन संघर्ष गर्नैपर्छ । संघर्ष जीवनको सिक्काको एक पाटा हो । संघर्ष भएनभने जीवन  पूर्ण हुदैन पनि ।

यही संघर्षलाई सहर्ष स्वीकर गर्नै पर्छ ।

समयको चक्र र गतीलाई बदल्न हामीले सक्दैनौं । समयको चक्रमा हामी निरन्तर नथाकी, नआत्तिई यात्रा गर्नुपर्छ, अवश्य लक्ष्यमा पुगिन्छ ।

बिगतलाई सम्झने, बर्तमनमा मेहनत गर्ने र भविस्यमा सफलहुने नै जीवन हो ।

यो जीवन यात्रामा आउने हरेक चुनौतीहरुलाई स्वीकर गर्नै पर्छ । यो यात्राम बिचलित हुनुहुन्न । सगरमाथा झै अडिग हुनुपर्छ ।


तिमी मेरो हौसला र  प्रेरणाको खानी हौ । 

म तिम्रो माया, साथ र  हौसला  र प्रेरणाको डाईहर्ट फ्यान हूँ ।

मैले देखेका सपनामा तिमीले सजाएको हरेक सपनाका फूल फुलाउन  हर कोसिस गर्नेछु। 

संगै देखिएका  सपनाहरु पुरा गर्ने हिम्मत भगवानले हामीलाई प्रदान गरुन ।

तिम्रो हरेक अवस्था र परिस्थितिमा मा संगै रहनेछु धेरै माया र सम्झना मेरो जीवनसाथी ।  पुनः प्रणय दिवसको शुभकामना, डियर मनोज !

https://thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...