pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

प्रदेश स्तरीय भलिवल प्रतियोगितामा थाहा नगरपालिका उपविजेता

tn-1699185420.jpg

 

दोलखाको जिरीमा १५ कात्तिकदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल च्याम्पियनशिप प्रतियोगितामा थाहा नगरपालिका उपविजेतामा सीमित हुन पुगेको छ । जिरीमा भर्खरै सम्पन्न प्रतियोगिताको फाइनलमा थाहानगर भरतपुर महानगरपालिकासँग पराजित भएको छ । यससँगै थाहा नगरपालिका च्याम्पियनशीपको दोस्रो स्थानमा रहन पुगेको हो ।

प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शनका बावजुद थाहा नगरपालिका उपविजेतामै सीमित हुनुपरेको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । थाहानगरपालिकाको खेलको उच्च प्रशंसा गर्दै जिरीमै रहेका थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले थाहानगरपालिका खेलकुदमा पनि अब्बल रहेको बताए । सो क्रममा नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिका भलिवलमा बागमती प्रदेशकै दोस्रो स्थानमा रहनुको ऐतिहासिक महत्व र प्रतिष्ठा रहेको बताए ।

प्रतियोगितामा सहभागी हुन १४ कात्तिकमा १५ जनाको टोली जिरी पुगेको थियो । खेलाडीहरुलाई हौसला प्रदान गर्न नगर प्रमुख विष्ट, उपप्रमुख गोपाली, खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायत जिरी पुगेका थिए । उपविजेताको रु. १,०१,००० नगद पुरस्कार, पदक र प्रमाणपत्र लिएर थाहानगर टोली आजै फर्किने कार्यक्रम रहेको छ ।

विजेताहरुलाई आजै पुरस्कार वितरण गरिएको छ । जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल अन्तर्गत खुला भलिबल प्रतियोगिताको विजेता भरतपुर महानगरपालिकाका खेलाडीहरुले १ लाख ५१ हजार सहित
शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, द्धितीय हुने थाहा नगरपालिकाले १ लाख १ हजार, तृतीय गोकुलगंगा गाउँपालिकाले ५१ हजार र सान्त्वना लिखु तामाकोशीले २५ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्य गंगा कार्कीले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
प्रदेशसभा सदस्य कुण्दनराज काफ्लेबाट उद्घाटन गरिएको च्याम्पियनसिप प्रतियोगिताको समापन संघीय सभा सदस्य गंगा कार्कीबाट गरिएको आयोजकले जनाएको छ ।

 

 
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg