jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

खेल

प्रदिप जेसीज दौडको उपाधी सुनारलाई

FB_IMG_1732507715193-1732507733.jpg

पालुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत आज भएको प्रदिप जेसीज दौड प्रतियोगिताको उपाधी बिजन सुनारले जितेका छन।
सुनारले ५ हजार मिटरको निर्धारित दुरी १९ मिनेट ४४.१० सेकेन्डमा पूरा गर्दै उपाधी हात पारेका हुन।
१३ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा निर्धारित दुरी १९ मिनेट ४४.११ सेकेन्डमा पूरा गर्दै हरीकृष्ण बलामी दोस्रो भए भने तेस्रो हुने अभिषेक बलामीले निर्धारित दुरी २० मिनेट १९.३८ सेकेन्डमा पूरा गरे।
प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाइ नगद तीन हजार,दुई हजार र एक हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले बताए।
बिजेताहरुलाइ १५ गते जेसीज सप्ताहको समापनको अवसरमा पुरस्कार प्रदान गरिने छ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको दौड प्रतियोगिताको शुभारम्भ कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, कृष्णमान श्रेष्ठ, जर्मलाल श्रेष्ठ, प्रदिप प्रधान, नवराज लामा, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, उपाध्यक्ष एवम् सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्ट लगायत बोर्डका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
जेसीज सप्ताह अन्तरगात भोलि मंगलबार थाहा नगरपालिकामा न्यानो कपडा बितरण कार्यक्रम रहेको अध्यक्ष रायमाझीले बताए ।

FB_IMG_1732507718193-1732507734.jpg
khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...