Monday, 29 Apr, 2024
खेल

प्रथम २४८८ कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट क्लवलाई

393980867_884218346372654-1697721632.jpg

नव जागरण पौरखी युवा क्लव सिमभन्ज्याङ द्वारा आयोजित प्रथम २४८८ कप खुल्ला नकआउट 8ए साइड फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट युवा विकास क्लवले हात पारेको छ।

सिमभन्ज्याङ थलीको बालुवा चौर खेलमैदानमा भएको फाइनल प्रतियोगितामा डाँडाबास फुटवल क्लव लाई ३-१ को गोल अन्तरले पराजित गर्दै एभरेष्टले उपाधी हात पारेको हो,उपाधी हातपारे संगै बिजेता एभरेष्ट युवा विकास क्लवले नगद ३० हजार सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता डाँडाबास फुटवल क्लवले नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँडाबासका राजन गोले घोषित हुँदा उत्कृष्ट गोलकिपर एभरेष्टका अस्मित मल्ल ठकुरी हुन सफल रहे। प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र बिशिस्ट अतिथि उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए।

क्लवका अध्यक्ष सोमलाल गोलेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा ४ का वडा अध्यक्ष नारायण लामा,कार्यपालिका सदस्य चन्द्रमाया थिङ्ग,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,नगर खेलकुद विकास समिती सदस्य यादवजंग रायमाझी ,क्लवका संस्थापक अध्यक्ष रामकुमार बल,नेकपा एमालेका जित बहादुर थोकर, नेकपा माओवादी केन्द्र थाहाका अध्यक्ष बिनोद कुमार लामा ,मैत्री बगैंचा स्मारक समितिका शिव रुम्बा,भिमफेदी गाउँपालिकाका युवा व्यावसायी सिताराम रुम्बा,भरत रुम्बा,कुन्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री,दिव्यतारा बहुउद्देश्यीय सहकारी थाहा सेवा केन्द्रकि व्यवस्थापक राममाया खत्री ,लगाएतका अतिथिहरुको उपस्तिथि रहेको थियो। प्रतियोगिता असोज २७ गते देखि सुरु भएको थियो।

 

 


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...