pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबलको उपाधि कुर्दन फुटबल एकेडेमीलाई

FB_IMG_1768567832525-1768568308.jpg

थाहा नगरपालिका वडा नं. ९ चित्लाङमा पौष २७ गतेदेखि सञ्चालन भएको प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिता को उपाधि कुर्दन फुटबल एकेडेमी, चन्द्रागिरी ले हात पारेको छ।
आज सम्पन्न फाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले डाडाबास फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि जित्न सफल भएको हो। प्रतिस्पर्धात्मक फाइनल खेलमा कुर्दनका जर्सी नम्बर १६ का आयुष्मान श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाएका थिए।
उपाधिसँगै विजेता कुर्दन फुटबल एकेडेमीले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता डाडाबास फुटबल क्लबले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा कुर्दन फुटबल एकेडेमीका रोहित थापा उत्कृष्ट खेलाडी घोषित हुँदा अंकित खड्गी उत्कृष्ट गोलरक्षक बन्न सफल भए। यस्तै, शिखर क्लबका विवेक थोकर र कुर्दनका सन्देश श्रेष्ठ संयुक्त रूपमा उत्कृष्ट गोलकर्ता घोषित भए।
विजेता, उपविजेता तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली ले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। सो अवसरमा नगर उपप्रमुख गोपालीले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, स्वास्थ्य र सकारात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नगरपालिकाले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चित्लाङ खेलकुद विकास समितिका अध्यक्ष अमर सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहमा थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजकुमार बलामी, वडा नं. ७ का अध्यक्ष शिवराज थिङ, निर्माण व्यवसायी जयराम लामिछाने, जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
खेल सञ्चालनमा सहयोग पुर्‍याउने विभिन्न संघ–संस्था तथा व्यवसायीहरूलाई समेत सम्मान गरिएको थियो। छ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता नाइन ए साइड फर्म्याटमा खेलाइएको थियो।
फाइनल तथा समापन समारोहलाई अझ आकर्षक बनाउँदै बाबू एडभेन्चर्सको प्याराग्लाइडिङमार्फत प्रतियोगिता स्थलमा आकासबाट पुष्पवृष्टि गर्नुका साथै फुटबल बल हस्तान्तरण गरिएको दृश्य दर्शकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।
प्रथम संस्करणमै सफलतापूर्वक सम्पन्न भएको चित्लाङ गोल्डकपले स्थानीय खेलकुदको विकासमा नयाँ उत्साह थपेको आयोजकहरूले बताएका छन्।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...