pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबलको उपाधि कुर्दन फुटबल एकेडेमीलाई

FB_IMG_1768567832525-1768568308.jpg

थाहा नगरपालिका वडा नं. ९ चित्लाङमा पौष २७ गतेदेखि सञ्चालन भएको प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिता को उपाधि कुर्दन फुटबल एकेडेमी, चन्द्रागिरी ले हात पारेको छ।
आज सम्पन्न फाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले डाडाबास फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि जित्न सफल भएको हो। प्रतिस्पर्धात्मक फाइनल खेलमा कुर्दनका जर्सी नम्बर १६ का आयुष्मान श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाएका थिए।
उपाधिसँगै विजेता कुर्दन फुटबल एकेडेमीले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता डाडाबास फुटबल क्लबले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा कुर्दन फुटबल एकेडेमीका रोहित थापा उत्कृष्ट खेलाडी घोषित हुँदा अंकित खड्गी उत्कृष्ट गोलरक्षक बन्न सफल भए। यस्तै, शिखर क्लबका विवेक थोकर र कुर्दनका सन्देश श्रेष्ठ संयुक्त रूपमा उत्कृष्ट गोलकर्ता घोषित भए।
विजेता, उपविजेता तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली ले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। सो अवसरमा नगर उपप्रमुख गोपालीले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, स्वास्थ्य र सकारात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नगरपालिकाले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चित्लाङ खेलकुद विकास समितिका अध्यक्ष अमर सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहमा थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजकुमार बलामी, वडा नं. ७ का अध्यक्ष शिवराज थिङ, निर्माण व्यवसायी जयराम लामिछाने, जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
खेल सञ्चालनमा सहयोग पुर्‍याउने विभिन्न संघ–संस्था तथा व्यवसायीहरूलाई समेत सम्मान गरिएको थियो। छ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता नाइन ए साइड फर्म्याटमा खेलाइएको थियो।
फाइनल तथा समापन समारोहलाई अझ आकर्षक बनाउँदै बाबू एडभेन्चर्सको प्याराग्लाइडिङमार्फत प्रतियोगिता स्थलमा आकासबाट पुष्पवृष्टि गर्नुका साथै फुटबल बल हस्तान्तरण गरिएको दृश्य दर्शकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।
प्रथम संस्करणमै सफलतापूर्वक सम्पन्न भएको चित्लाङ गोल्डकपले स्थानीय खेलकुदको विकासमा नयाँ उत्साह थपेको आयोजकहरूले बताएका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg