himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

पुँजीबादकाे चंगुलमा सर्वहारा

294390883_456069739336311-1665834712.jpg

-भाेजराज घिमिरे

माक्स र एङगेल्सले विश्व कम्यूनिस्ट सिद्धान्तलाई विस्तार गर्ने साधनको रुपमा मजदुर आन्दोलनसंग जोड्ने र त्यस बर्गलाई सिद्धान्तद्धारा सुसज्जित पार्ने कोसिस गर्नुभयो । जसको ऐतिहासिक कार्य नै पुँजीवादको उन्मुलन र साम्यवादी समाजको निर्माण हो ।
आर्थिक उत्पादन तथा व्यवहारिक क्रियाकलापहरुको क्रममा भौतिक एवम् सामाजिक जगतलाई आफ्नै विशेष धारणा र नियमहरु मार्फत प्रतिबिम्बित गर्दै जाँदा बिज्ञानको उदय हुन्छ । यसरी समाजसित सम्बद्घ रहेको कारणबाट बर्गीय हितको लागि नै त्यसको पनि उपयोग हुदै आएको छ । जुन कुरा बर्गसंघर्षमा मुछिन पुगेको छ । सर्वहारा वर्गको पार्टीको स्थापना नै मजदुरबर्गको बिजयको लागि सबभन्दा महत्तवपूर्ण शर्त हो भन्ने उहाँहरुको धारणा थियोे ।


यस्तो पार्टी क्रान्तिकारी सिद्धान्तको पर्वतक, सर्वहारा संघर्षको संगठन तथा नेता हुनुपर्छ । आफ्नो दलको कार्यकर्ताहरु तयार गर्न र त्यस्तो भावी पार्टीको जग बसाल्नको लागि र त्यसबेला माक्स र एङगेल्सले विभिन्न देशका समाजवादीहरुसंग सम्बन्ध जोड्ने प्रयास गर्नुभयो ।
माक्सवाद क्रान्तिकारी दर्शन ठानिएकोले क्रान्ति सम्बन्धि दृष्टिकोणबारे स्पष्ट ज्ञान हुनु आवाश्यक छ । क्रान्तिकारी सिद्धान्त अनुसार सामन्ति राज्य व्यवस्था वा संगठन ढालेर सर्वहारा वर्गको ब्यवस्था वा संगठन स्थापना गर्नु नै सामाजिक क्रान्ति हो ।


त्यसैले राज्यसत्ताको प्रश्न कुनै पनि क्रान्तिको केन्द्रीय प्रश्न हुन पुग्दछ । बैज्ञानिक समाजवादका संस्थापक कार्ल माक्सको जन्म ५ मई सन १८१८ मा ट्रिर सहरको एक वकिल परिवारमा भएको थियोे । सन १७८९ देखि १७९४ को महान फ्रान्सेली राज्य क्रान्तिबाट कार्ल माक्सको जन्मभूमि राईन प्रान्त जर्मनीका अन्य भागहरु भन्दा बढी प्रभावित थियोे ।
सन १७९५ मा राईन नदिको देब्रे किनारमा रहेको भुभाग फ्रान्समा बिलय भयो । फ्रान्सकै लियो भन्ने सहरमा सन १८३१ मा ठुलो संख्याका मजदुरहरुले बिद्रोह गरेका थिए । लियोन, रेसम, मखमलका कपडाहरु उत्पादन गर्ने एउटा प्रसिद्ध औद्योगिक नगरीमा कपडा बुन्ने कारखानामा काम गर्ने मजदुरहरुलाई जुलाहा भनिन्थ्यो ।
त्यस नगरीमा काम गर्ने मजदुरहरुको संख्या ३० हजार भन्दा बढी जुलाहाहरु थिए । कपडा कारखानाका मालिकहरुले असाध्यै न्युन तलबले मजदुरहरुलाई खान पनि पुग्दैनथ्यो । त्यसकारण मजदुरहरुले तलब सुबिधाको माग राखि तलब सुबिधा बढाइदेउ भन्ने माग राखे ।


कारखानाका मालिकहरुले न्यायोचित माग पुरा गर्नुभन्दा सरकार गुहारे र सैन्य दमन धरपकट कुटपिट दमन गर्न थाले । त्यसको प्रतिरोधमा मजदुरहरु सडकमा ओर्लाेए र आन्दोलन गरे । त्यस आन्दोलनलाई जुलहा आन्दोलन भनेर पनि चिनिन्छ ।
त्यस्तै आन्दोलन बिश्वको पहिलो औद्योगिक क्रान्ति भएको मुलुक बेलायत थियोे । बेलायतमा सम्पन्न भएको औधौगिक क्रान्तिको प्रभावित मुलुक फ्रान्स थियो । बेलायत फ्रान्सको तुलनामा जर्मनीको अवस्थाबाट गुज्रदैथियो ।


सन १८४४ सम्म जर्मनीमा साना र घरेलु मेसिनबाट कपडाहरु बुन्ने गरिन्थ्यो । बेलायतका आधुनिक मेसिनबाट उत्पादन गरिएका सस्ता कपडाहरुले जर्मनीको बजार छाउन थालेपछि जर्मनीका महगा घरेलु कपडाको बिक्रीवितरणमा रास आउन थाल्यो ।


यसरी जर्मनीमा खुलेका साना घरेलु कारखाना बन्द हुन थालेपछि त्यहाँ कर्यरत हजारौं मजदुरहरु बेरोजगारहुन थाले । जुलाहहरुले घरेलु तथा साना उद्योगमा काम गर्नुको अतिरिक्त जमिनदारका खेतबारीमा कृषि मजदुरका रुपमा काम गर्नुपदथ्यो ।
तिनीहरूले दैनिक न्यून ज्यालादारीमा २० घण्टासम्म काग गर्थे । त्यतिबेलासम्म मजदुरहरुलाई निर्वाचनमा भागलिने अधिकार थिएन ।


दोस्रो चार्टिस आन्दोलन पश्चात मजदुरहरुले मतदानको अधिकार प्राप्त गरेको थिए । मजदुरहरुले संसदको निर्वाचनमा भाग लिने अधिकार प्रप्त गरेपछि आफ्नो लक्ष्य पूरा गर्ने सकिन्छ भन्ने भ्रम पालेका थिए ।
सामन्तवाद बिरोधी आन्दोलनमा युरोपका मजदुरहरुले पुँजीपति बर्गलाई सहयोग नगरेका पनि होईनन् । तर, सामन्तवाद र पुँजीवादका प्रतिनिधिहरुले सत्तामा जानासाथ मजदुरबर्गले गरेको सहयोग भुले ।


मजदुरबर्गलाई प्रयोग गरेर सत्ताको एक्लौटी रसपान गर्ने पल्केका सामन्ती शासकका विरुद्ध माक्स र ऐङगेल्सले तिनै गरिव मदुरको मुक्तिका लागि असाध्य गम्भीरतापूर्वक एउटा इतिहास रच्ने काम गरे ।
माक्स र ऐङगेल्सले सन १८४८ को फेब्रावरीमा कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरे । यसमा संसारका मजदुर एक हौ भन्ने नारा थियो र पुँजी र मजदुरका बीचको बर्गीय भेद र बर्गीय स्वार्थको बैज्ञानिक स्तुति थियो ।


कार्ल माक्सले प्रतिपादन गरेको कम्युनिस्ट विचारधाराले यूरोप तथा एसियाका धेरै देशमा प्रभाव पार्यो । त्यही विचारधाराबाट स्थापित धेरै कम्यूनिष्ट शासकहरुले समय अनुकुल नयाँ विचार धारा विकास गरे । यूरोपका धेरै देशमा मजदुर एंव सर्वहारावर्गको उत्थानका लागि सामन्ती राजसंस्था ढालेर जनताका सरकार गठन गरिए ।


एशियाली देशहरुमा पनि क्रान्ति भए । कतै कम्यूनिस्ट भनिएका नेताहरु सत्ताको रसपान गर्न सफल भए भने कतै सर्वहारवर्गको सत्ता स्थापना गर्न संघर्ष गर्दैछन् । बढ्दो पुँजीबादी व्यवस्थाको प्रभाव र कम्यूनिस्ट भनिएको नेतमा देखिएको सर्वसत्ताबादि व्यवहारका कारण मजदुरवर्ग एंव सर्वहारा बर्गको शासन व्यवस्था आकाशको फल हुदैछ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg