Saturday, 18 May, 2024
स्वास्थ्य

पालुङ बहुउद्देश्यीयमा महिला स्वास्थ्य सिविर उद्घाटन ।

IMG_20220308_111830_417-1646719604.jpg

पालुङ बहुउद्देश्यीय सहकारी र विङ्ग युथ को सहकार्यमा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा दुई दिने निशुल्क महिला स्वास्थ्य सिविर ,छाला रोग तथा पाठेघरको मुखको क्यान्सर चेक जाँच स्वास्थ्य सिविर आज बाट पालुङ बहुउद्देश्यीय को प्रागणमा सुरु भएको छ।दुई दिन सम्म चल्ने सिविरको आज प्रमुख अतिथी  जिल्ला सहकारी संघ का कोषाध्यक्ष तथा सस्थाका पुर्व अध्यक्ष बिमल कुमार ढकालले उद्घाटन गर्नुभयो ।
पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्टको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा सिविरका सहकार्य सस्था विङ्ग युथका अध्यक्ष वसन्त कार्की,वडा न २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की,वडा न ३ का वडा सदस्य कबिता कार्की,सस्थाका कोषाध्यक्ष सानुकाजी गोपाली,पुर्व उपाध्यक्ष सानोभाइ कार्की,लेखा समिती सदस्य इच्छापुर्ण कार्की,पुर्व संचालक मधुसूदन रायमाझी ,संचालक सदस्यहरु,नवराज बिष्ट ,आरती श्रेष्ठ ,रजिता ढकाल,सुमित्रा के सी,जर्म श्रेष्ठ ,सस्थाका मुख्य ब्यबस्थापक प्रकाश पौडेल ,सह ब्यवस्थापक राम प्रसाद ढकाल,लगायतका उपस्थिती रहेको थियो।स्वास्थ्य सिविरमा स्त्रीरोग विशेषज्ञ डा रुपा पनेरु,छाला रोग विशेषज्ञ डा  पारस श्रेष्ठ ,जनरल फिजिसियन डा गगन कार्की ,जनरल फिजिसियन डा पवन कार्की ,रेडियोलोजिस्ट अन्जु बज्राचार्य ,लगायतका स्वास्थ्य विशेषज्ञ टोलिले सेवा दिने छन। 
कार्यक्रमको सफलताको शुभकामना दिदै प्रमुख अतिथी बिमल कुमार ढकालले ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा सामाजिक न्याय र लैङ्िगक समानता दिगो बिकासको सुनिश्चितता भन्ने नारालाइ सार्थक बनाउदै नेपाल जस्तो पितृ सत्तात्त्मक समाज भएको देशमा बिस्तारै महिला शसक्तिकरण को क्षेत्रमा उपलब्धि हुँदै गैरहेको बताउदै ,महिला महिला बिचको द्वन्द्व र सामाजिक सस्कारमा परिवर्तन गर्नसके र समान ज्याला समान काम लागू गर्नसके सामाजिक न्यायमा महिलाको पहुँच पुर्याउन सहज हुने धारणा राख्नुभयको थियो।
भोलि २५ गते दिउँसो २ बजेसम्म संचालन हुने स्वास्थ्य सिविरमा आफ्नो स्वास्थ्य चेकजाँच गर्न सकिने आयोजकले जनायको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...