pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

पालुङ बहुउद्देश्यीयमा महिला स्वास्थ्य सिविर उद्घाटन ।

IMG_20220308_111830_417-1646719604.jpg

पालुङ बहुउद्देश्यीय सहकारी र विङ्ग युथ को सहकार्यमा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा दुई दिने निशुल्क महिला स्वास्थ्य सिविर ,छाला रोग तथा पाठेघरको मुखको क्यान्सर चेक जाँच स्वास्थ्य सिविर आज बाट पालुङ बहुउद्देश्यीय को प्रागणमा सुरु भएको छ।दुई दिन सम्म चल्ने सिविरको आज प्रमुख अतिथी  जिल्ला सहकारी संघ का कोषाध्यक्ष तथा सस्थाका पुर्व अध्यक्ष बिमल कुमार ढकालले उद्घाटन गर्नुभयो ।
पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्टको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा सिविरका सहकार्य सस्था विङ्ग युथका अध्यक्ष वसन्त कार्की,वडा न २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की,वडा न ३ का वडा सदस्य कबिता कार्की,सस्थाका कोषाध्यक्ष सानुकाजी गोपाली,पुर्व उपाध्यक्ष सानोभाइ कार्की,लेखा समिती सदस्य इच्छापुर्ण कार्की,पुर्व संचालक मधुसूदन रायमाझी ,संचालक सदस्यहरु,नवराज बिष्ट ,आरती श्रेष्ठ ,रजिता ढकाल,सुमित्रा के सी,जर्म श्रेष्ठ ,सस्थाका मुख्य ब्यबस्थापक प्रकाश पौडेल ,सह ब्यवस्थापक राम प्रसाद ढकाल,लगायतका उपस्थिती रहेको थियो।स्वास्थ्य सिविरमा स्त्रीरोग विशेषज्ञ डा रुपा पनेरु,छाला रोग विशेषज्ञ डा  पारस श्रेष्ठ ,जनरल फिजिसियन डा गगन कार्की ,जनरल फिजिसियन डा पवन कार्की ,रेडियोलोजिस्ट अन्जु बज्राचार्य ,लगायतका स्वास्थ्य विशेषज्ञ टोलिले सेवा दिने छन। 
कार्यक्रमको सफलताको शुभकामना दिदै प्रमुख अतिथी बिमल कुमार ढकालले ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा सामाजिक न्याय र लैङ्िगक समानता दिगो बिकासको सुनिश्चितता भन्ने नारालाइ सार्थक बनाउदै नेपाल जस्तो पितृ सत्तात्त्मक समाज भएको देशमा बिस्तारै महिला शसक्तिकरण को क्षेत्रमा उपलब्धि हुँदै गैरहेको बताउदै ,महिला महिला बिचको द्वन्द्व र सामाजिक सस्कारमा परिवर्तन गर्नसके र समान ज्याला समान काम लागू गर्नसके सामाजिक न्यायमा महिलाको पहुँच पुर्याउन सहज हुने धारणा राख्नुभयको थियो।
भोलि २५ गते दिउँसो २ बजेसम्म संचालन हुने स्वास्थ्य सिविरमा आफ्नो स्वास्थ्य चेकजाँच गर्न सकिने आयोजकले जनायको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...