pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

पालुङ जेसीज कप ब्याडमिन्टन सुरु चार टिमको विजय शुरुवात

FB_IMG_1724945292359-1724945562.jpg

थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिनको खेलमा चार टिमले खेल जितेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्तोष कार्की र सुनिल विष्टको टिमलाई पराजित गर्दै रोशन गोपाली र घनश्याम श्रेष्ठको टिम विजयी भएको छ ।

दोस्रो खेलमा सुशान्त श्रेष्ठ र अनिल विष्टको टिमलाई पराजित गरी नारायण विष्ट र हरि विष्टको विम विजयी भएको छ भने भुवन रायमाझी र कपिल केसीको टिमलाई पराजित गरी नरेन्द्र मोक्तान र देव अर्यालको टिम विजयी भएको छ । त्यस्तै सांगे लामा र कुमार रायमाझीको टिमलाई पराजित गरी इसाक केसी र नरेन्द्र लामाको टिम विजयी भएको पालुङ जेसिज अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

थाहा नगरपालिकाको क्याम्पाडाँडा स्थित कबर्डहलमा १३ भाद्रबाट शुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख भरत गोपाली विशिष्ट अतिथी रहेका थिए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरुलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको हो ।

प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष रायमाझीले जानकारी दिए । पालुङ जेसीजले पहिलो पटक डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको अध्यक्ष रायमाझीले जानकारी दिए । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जेसीजका अध्यक्ष रायमाझीले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजन गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् ।

प्रतियोगिता फरक सोच र थाहानगर ब्याडमिन्टन संघको समन्वयमा भएको हो । प्रतियोगिताको फाइनल खेल भाद्र १५ गते हुने आयोजकले जनाएको छ ।

FB_IMG_1724945303675-1724945562.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg