pani-1786865868.jpg
Tuesday, 06 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर ।
पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द कार्की प्रमुख अतिथि रहनु भएको थियो भने सहकारीका अध्यक्ष नवराज कार्कीले सभाको अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा अध्यक्ष नवराज कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विगत १९ वर्षको यात्रामा उल्लेखनीय प्रगति गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थाको आफ्नै भवन निर्माणको कार्य सुरु भइसकेको जानकारी दिँदै सहकारीले यो स्तरमा आइपुग्न संस्थाको मूल्य–मान्यता, सिकाइ र सम्पूर्ण सदस्यहरूको सामूहिक प्रयासको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष कार्कीले सहकारीलाई अझ सुदृढ र गुणस्तरीय बनाउनका लागि संस्थाको सञ्चालक समिति र कर्मचारीहरूको क्षमता विकास, भौतिक संरचना विस्तार तथा प्रविधिमैत्री प्रणाली विकासलाई प्राथमिकता दिने बताउनुभयो। साथै, विभिन्न नीति–नियम तर्जुमा र परिमार्जनमार्फत संस्थालाई आधुनिक सहकारीको रूपमा अगाडि लैजाने योजना रहेको उहाँको भनाइ थियो।
साधारणसभामा संस्थाका सचिव भुपेन्द्र हमाल ठकुरीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षले आर्थिक विवरण सार्वजनिक गर्दै संस्थाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ६ करोड ५१ लाख ३६ हजार रुपैयाँको कारोबार गरेको जानकारी दिनुभयो।
प्रतिवेदन अनुसार हाल संस्थामा १,८४३ जना शेयर सदस्य रहेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको शेयर पूँजी १ करोड १४ लाख रुपैयाँ पुगेको छ। बचत रकम गत वर्षको तुलनामा १० लाख ८३ हजारले वृद्धि भई हाल ३ करोड ५ लाख रुपैयाँ पुगेको छ। यसैगरी सहकारीको कुल कारोबार ४३ लाखले वृद्धि भई ६ करोड ५१ लाख ३६ हजार रुपैयाँ पुगेको, ऋण लगानी ४ करोड ५५ लाख रुपैयाँ रहेको, खराब कर्जा नोक्सानी व्यवस्थामा १९ लाख थप गरि ४० लाख ५५ हजार ९ सय ४५ रुपैयाँ ६८ पैसा पुराइएको र बाह्य ऋण ६१ लाख र चालु आर्थिक वर्षमा सहकारीले २४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरिएको थियो।
साधारणसभाको अवसरमा सहकारीका उत्कृष्ट सदस्यहरूलाई सम्मान पनि गरिएको थियो। उत्कृष्ट दैनिक बचत तर्फ थाहा–३ गोपाली गाउँका नरेश गोपाली र थाहा–२ फाटबजारकी सरिता भ्लोनलाई सम्मान गरिएको थियो। त्यस्तै उत्कृष्ट बचत तथा ऋणी सदस्यतर्फ थाहा–३ बाहुनगाउँका कुमार लामा, थाहा–३ कै साधुराम भुजेल, थाहा–२ अंगारेकी लक्ष्मी ढकाल र थाहा–२ पालुङका भोटे सार्कीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सहकारीका पूर्व पदाधिकारी,संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...